मुख्य समाचार :


विर्ख खड्का डुवर्सेली,पवन राई नाम्दुङ अनि सुशिल प्रधान पुरस्कृत

नेपाली रङ्गीन मासिक पत्रिका मध्यममार्गले गर्‍यो लेखकहरूको कदर

मनोज वोगटी
कालेबुङ,24अप्रेल।


सिलगढ़ी ग्राफिक प्रिन्टर्सले निरन्तररूपले प्रकाशमा ल्याइरहेको नेपाली रङ्गीन मासिक पत्रिका मध्यममार्ग-मा निरन्तररूपले आफ्ना रचना प्रदान गर्दै आइरहेका अनि समाजलाई सचेत र जागरूक बनाउन लागिपरेका लेखकहरूलाई आज पुरस्कृत गरियो। प्रधाननगरको रोटरी क्लबमा एक कार्यक्रमबीच मध्यममार्ग परिवारले यसवर्षदेखि पत्रकारिताको क्षेत्रमा इमान्दाररूपले योदगान पुर्‍याइरहेका पत्रकार एवं लेखकहरूलाई पुरस्कृत गर्ने परम्पराको थालनी गर्दै डुवर्सका चर्तित लेखक-साहित्यकार विर्ख खड्का डुवर्सेलीलाई मेहरमान थापा स्मृति पुरस्कार, पवन राई नाम्दुङलाई विष्णुमाया थापा स्मृति पुरस्कार अनि सुशिल प्रधानलाई तोया सापकोटा स्मृति पुरस्कारले सम्मानित गर्‍यो।

डुवर्सेलीले निरन्तररूपले राजनैतिक लेखहरू प्रकाशित गरिरहेका छन्‌ भने नाम्दुङ अनि प्रधानले पनि निरन्तररूपले विविध विषयक रचनाहरू मध्यममार्गमा प्रकाशित गर्दै आइरहेका छन्‌। कार्यक्रममा मध्यममार्गका सम्पादक खेम सापकोटाले भने, लेखकहरू समाजको निम्ति आफ्नो विचार सम्प्रेषण गर्दै समाजलाई रचनात्मक सोंच र सही दिशा प्रदान गर्न चहान्छन्‌ तर ती नै लेखकहरू समाजमा उपेक्षित छन्‌। पत्रकार, लेखकहरूले आफ्नो लेखनलाई व्यवसायिक दर्जा दिन सकिरहेका छैनन्‌। त्यो क्षेत्र उनीहरूको निम्ति निर्माण गरिएको छैन्‌। यसैकारण मध्यममार्गले यो परम्पराको थलनी गरिरहेको छ। कार्यक्रमलाई मुख्य आतिथ्य दिएका थिए 55 वटा देशमा आफ्नो व्यवसाय फैलाएर यश कमाइसकेका उद्योगपति जनक बस्नेतले।

भीमकान्त उपाध्यायले कार्यक्रमलाई अध्यक्षता गरेका थिए भने विशिष्ट अतिथि रहेका थिए मोहन.पी दाहाल अनि नव सापकोटा। उनीहरूको बाहुलीबाट नै विर्ख खड्का डुवर्सेली, पवन राई नाम्दुङ अनि सुशिल प्रधानलाई क्रमैले पुस्कार वितरण गरिएको थियो। पुरस्कारदाता एन.पी.थापाले पनि कार्यक्रमलाई सम्बोधन गरेका थिए। यसैबीच मध्यममार्गसित जड़ित 170 जना लेखकहरूलाई पनि सम्मान जनाइएको थियो भने मध्यममार्गका 140 जना शुभचिन्तकहरूलाई पनि सम्मान दिइएको थियो।

कार्यक्रमलाई सम्बोधन गर्दै सम्पादक-पत्रकार अनि साहित्यकार समिरण छेत्री प्रियदर्शीले भने, पत्रिकामा रचना प्रकाशित गरेपछि कुनै पनि पत्रिकाले लेखकहरूलाई पारिश्रमिक दिने चलन छैन। यो चलन मध्यममार्गले थालेको छ, जो स्तुत्य छ। तिनले कोही लेखक पनि व्यवसायिक बन्न नसकेको बताउँदै पत्रिकाहरूले लेखकहरूलाई व्यवसायिक बनाउन अनिवार्य रहेको जनाए। अर्कोतिर पुरस्कार प्रापक विर्ख खड्का डुवर्सेलीले भने, म मात्र यस्तो लेखक हुँ जो लेखेर नै बॉंचिरहेको छ। लेखनलाई व्यसायिकीकरण गर्न सक्षम छु। म हिन्दीमा लेख्छु अनि मेरो एउटा रचनाले चारहजार रुपिया भन्दा अधिक पाइसकेको छ। नेपालीमा निरन्तर लेख्न मध्यममार्गले लगाइरहेको छ अनि म छक्क परिरहेको छु कि मैले नेपालीमा लेखेर यो पुरस्कार पाइरहेको छु। तिनी मुलत्‌ राजनैतिक लेखहरू अहिले लेखिरहेका छन्‌ भने लेखनको क्रममा धेरै धम्कीहरूको समना गर्न परेको पनि तिनले बताए। पवन राई नाम्दुङ अनि सुशिल प्रधानले पनि आफ्नो सम्बोधनमा मध्यमार्गले उत्साहवर्धक कार्यको थलनी गरेको बताए।

मुख्य अतिथि जनक बस्नेतले भने, मध्यमार्ग कुनै पनि दलवादको विज्ञापन बनेको छैन। यसलाई जोगाउनुपर्छ। म पनि यसलाई जीवन प्रदान गर्न सहयोग गर्नेछु। तिनले विचार र मस्तिष्कलाई जहिल्यै पनि तिखार्दै लगे कुनै पनि क्षेत्रमा उसले सफलता प्राप्त गर्ने अनि त्यसको उदाहरण आफू नै रहेको जनाए।

तिनले भने, मस्तिष्क सिसाकलम हो, यसलाई तिखार्न सकेमात्र यसले केही लेख्छ। कुनै पनि क्षेत्रको विकासमा संलग्नहुनेहरूलाई आफ्नो विषयमा चाख लागेको हुनुपर्ने र मात्र सफलता पाइने बताउँदै तिनले अझ भने, कसैले पनि आफ्नो योग्यतालाई पहिले चिन्नुपर्छ। जीवन भनेको बाघचाल हो, बाख्रो बचाउन बुद्धि लगाउन पर्छ। आलस्यको कारण नै हाम्रो विकास हुन सकिरहेको छैन।

1 comments: on "विर्ख खड्का डुवर्सेली,पवन राई नाम्दुङ अनि सुशिल प्रधान पुरस्कृत"

Sudhir Chhetri said...

यो ब्लग खुबै सुन्दर छ। निरन्तर रहोस्। आभार र बधाई जाँगरिलाहरूलाई।