मुख्य समाचार :


ट्रक खसेर घर पूर्ण क्षतिग्रस्त

कालेबुङ,24 अप्रेल।
कालेबुङको आठ माइलमा एउटा ट्‌क गुर्घटनामा पर्‍यो। जानकारी अनुसार ट्रक (डब्ल्युबी 25, बी.2777) कलकत्ता गइरहेको थियो। कालेबुङको आठ माइलमा आइपुगेर यो दुर्घटमा परेको छ। तल सड़कदेखि खसेर सड़कमुनी भएको घरभित्र पस्यो। घटना अनुसार ट्रकले एक वाइगेनरलाई धक्का दिएपछि ट्रकले नियन्त्रण हरायो अनि सड़कदेखि तल खस्यो। ट्रकले गणेश गुरूङकोे घरलाई पूर्णरूपले क्षति पुर्‍याएको छ।
ट्रकका चालकले नशालु पदार्थ सेवन गरेका थिए। नशाकै कारण चालकले दुर्घटना भएको थाहा लागेको छ। घरका मालिक रिता गुरूङले जनाए अनुसार ट्रक अचानक खसेपनि घरमा भएका कुनै सदस्यलाई चोकपटक लागेन। ट्‌क खसेको बेला घरमा परिवारका सदस्यहरू थिए। तर जुन ठाउँमा ट्रक खस्यो त्यो ठाउँमा भने कोही थिएनन्‌। घर पूर्णरूपले क्षतिग्रसत बनेकोले यसको क्षतिपुरण हुनपर्ने रिता गुरूङले जनाएकी छन्‌। तिनले सोझै आरोप लगाउँदै भनिन्‌, मद्पान गरेर गाड़ी चलाएकोले नै यो दर्घटना भएको हो। ट्‌कमा केवल चालक मात्र सवार थिए तर तिनलाई कुनै चोटपटक लागेन। घटना भएको आधा घण्टापछि घटनास्थलमा पुलिस आइपुगेका थिए। स्थानीय मानिसहरूले मद्पान गरेर वाहन चलाउने चालकलाई पक्राउ गरेर राखेका थिए भने घटनाको छानबिनपछि पुलिसले चालकलाई थाना पुर्‍याएको छ।

0 comments: on "ट्रक खसेर घर पूर्ण क्षतिग्रस्त"