१ करोड ४३ लाख गोर्खाहरूलाई मोर्चाले धोका दियो-उत्तम छेत्री
मनोज वोगटी, कालेबुङ, ३० दिसम्बर|
३० वर्षदेखि दिल्लीमा विभिन्न सामाजिक कार्य गर्दै आइरहेका अनि मोर्चाको छुट्टैराज्यको अन्दोलनमा दिल्लीमा सक्रिय रहेका उत्तम छेत्रीले मोर्चाले देशभरिका गोर्खाहरूलाई धोका दिएको दाबी गरेका छन्| तिनले दिल्लीबाट टेलिफोनमा बताए, मैले दिल्लीका मात्र होइन देशभरिका गोर्खाहरूको पक्षमा मोर्चाका नेताहरूलाई देशभरिका १ करोड ४३ लाख गोर्खाहरूलाई धोका दिएर किन दार्जीलिङको ७ लाख गोर्खाहरूको निम्ति व्यवस्था ग्रहण गरियो भनेर प्रश्न गरेको थिएँ| मलाई मोर्चाबाट निकालियो| देशका विभिन्न क्षेत्रहरूमा रहेका सचेत गोर्खाहरू, जसले देशमा गोर्खाहरूको चिह्नारी हुनुपर्छ भनेर आन्दोलन गरिरहेका छन्, उनीहरूलाई मोर्चाले धोका दिएको तिनले स्पष्ट पारेका छन्| तिनले भने, हामीले मोर्चालाई यसकारण समर्थन गरेका हौं किन भने मोर्चाले छुट्टै राज्यबाहेक अरु कुनै कुरा नचाहने बताएको थियो| मैले दिल्लीमा जन्तरमन्तरमा गोर्खाल्याण्डको निम्ति भनेर बसेको त्रिपक्षीय वैठकको दिन भनेको थिएँ, धोका दिँदा सुवास घिसिङले श्रीमती दफ्नाउने ठाउँ पाएनन्, फेरि यस्तै धोका कसैले पनि गरेमा उसको अवस्था अझ खराब हुनेछ| तर मलाई यसरी बोल्न दिइएन| माइक्रोफोन छोडेर म निस्किएको थिएँ| जब गोर्खा मिरजाफर डा. हर्कबहादुर छेत्रीले छुट्टै राज्य हुनै सक्दैन, भए पनि चलाउन सक्दैनौं भने, पैसा नै चिन्हारी भने, गोर्खाल्याण्डको कुरा गर्नेलाई माया लाग्छ भने अनि सबैभन्दा ठूलो कुरा बिजुलीको निम्ति भनेको भए जनता मोर्चामा आउने थिएन, नोकरीको निम्ति भनेको भए विश्वास गर्नेथिएन यसैकारण जनतालाई मोर्चामा ल्याउनको निम्ति छुट्टै राज्य भनिएको हो, भने त्यसैदिनदेखि देशभरिका गोर्खाहरूलाई प्रयोग गरेर दार्जीलिङका नेताहरूले आफ्नो दुनो सोझ्याएको कुरा स्पष्ट भएको छ| तिनले बताए अनुसार उनीहरू देशभरि छुट्टै राज्यको निम्ति गोर्खाहरूलाई एकिकृत गर्ने मूलखॉंबाहरु हुन्, तर मोर्चाले सबैलाई धोका दिएर पैसा र चौकीको निम्ति जाति र मुद्दा बेेचेको दाबी गर्दै तिनले भने, छुट्टै राज्य हुँदैन भन्नेले किन देशभरिका गोर्खाहरूलाई आन्दोलन छुट्टै राज्यको निम्ति गरिएको भने? यसरी ढॉंटेर किन ७ लाख गोर्खाहरूको क्षेत्रीय समस्याको निम्ति मुद्दा बेचे? तिनले मोर्चाले केवल देशभरिका गोर्खाहरूलाई धोका दिएको मात्र होइन देशका विभिन्न जातिसित मिलेर बसिरहेका गोर्खाहरूलाई त्यहॉंका अन्य जातिहरूसित दुश्मनी गराउने कार्य पनि गरिरहेको बताएका छन्| मोर्चाले देशभरि नै भाडामा मान्छे किनेर गोर्खाहरूलाई असुरक्षित पारिरहेको आरोप लगाएका छन्| तिनले भने, तराई र डुवर्समा गोर्खाल्याण्डको नाममा समर्थन बटुलेर जीटीए थाप्ने भएपछि आदिवासी र गोर्खाहरुबीच वैमन्सयता स्थापित गरिसकेको छ, अब देशभरिका गोर्खाहरूलाई विथोेल्ने काम थालिएको छ|तिनी अनुसार यदि मोर्चाले देशभरि नै गोर्खा र त्यहॉंका जातिहरूमा विभेद ल्याउने प्रयास गरे, मोर्चाका नेताहरूले कहिल्यै माफ पाउने छैनन्| किन भने गोर्खाहरू विभिन्न राज्यमा त्यहीँका बस्तुस्थितिमा रहेर केवल चिह्नारीको निम्ति कटिबद्ध छन्| त्यहॉं मोर्चाको झण्डाको रङ छरे अनि स्थानीय राजनीतिमा हस्तक्षेप गरे त्यहीँका गोर्खाहरू असुरक्षित हुने छन्| यो मोर्चाको सबैभन्दा ठूलो भूल हुने छ| छेत्रीले भने,उत्तराखण्डका गोर्खाहरूले ओबीसीको दर्जा पाएर १४ प्रतिशत आरक्षण पाएका छन्| ओबीसी चेयरम्यान बिग्रेडियर पीएस गुरूङ रातो बत्तीमा हिँड्छन्| यही कुरा दार्जीलिङको निम्ति किन विमल गुरूङले गर्न सकेनन्? किन अहिले त्यहॉं आफ्नो क्यान्डिटेड उठाउने भन्दै वैमन्यस्यता फैलाइरहेको छ? मोर्चाले केवल दार्जीलिङका जनतालाई मात्र होइन, तराई र डुवर्सका जनतालाई मात्र होइन देशभरिका गोर्खाहरूलाई राजनैतिकरुपले असुरक्षित गरिरहेको छेत्रीको दाबी रहेको छ| सरकारसित मिलेर आफ्नै जातिलाई असुरक्षित गर्ने अनि मुद्दा र जाति बेच्नेलाई देशभरिका गोर्खाहरूले मिरजाफर र जयचनका उपाधी दिने बताउँदै तिनले भने, मोर्चाका नेताहरूको चिहानमा आउने पुस्ताले पिसाब गर्ने छन्| उनीहरूले कहिल्यै माफ नपाउने भूल गरिरहेका छन्| तिनले बताए अनुसार ममता व्यानर्जीले बङ्गभङ्ग होबेना भन्दा ताली मार्नु नै मोर्चाको शक्ति समाप्त भएको अनि मोर्चा केवल सरकारको कठपुतली भएको प्रमाणित हनु रहेको आशय व्यक्त गर्दै तिनले थपे, जाति बेच्ने, मुद्दा बेच्ने विमल गुरूङ, हर्कबहादुर छेत्री, रोशन गिरीलाई पार्टीबाट ननिकालेर छुट्टैराज्यको निम्ति इमान्दार रहेको उत्तम छेत्री अनि किरण बीकेहरूलाई निकाल्नुले स्पष्ट पारेको छ मोर्चा गोर्खाहरूलाई धोका दिने श्रेष्ठ पार्टी हो| तिनले स्पष्ट पारे,मोर्चाले देशभरिका गोर्खाहरूको समर्थन रहेको बताइरहेको छ, ती सबै झुटा कुरा हुन्| दुइचार भाडामा मान्छे लगाएर प्रेसमा समर्थन रहेको बताउँदैमा देशभरिका गोर्खाहरूले मोर्चालाई समर्थन गरेको हुँदैन| तिनले भने, मोर्चाले अब देशभरिका गोर्खाहरूमा विभेद ल्याउने कार्य रोक्नुपर्छ| अर्कोतिर मदन तामङका हत्याराहरूलाई शीघ्र पक्राउ गर्ने माग पनि तिनले गरेका छन्| सरकार र सीबीआईले दलाली गर्नु हुँदैन, तिनले भने| तिनी अनुसार हत्याराको सूचीमा परेका सबैलाई पक्राउ गरेर दण्ड दिइनुपर्छ| दागोपापको १३० करोड, मिडडे मिल, आइलाको हिसाब पनि मोर्चाले जनतालाई देखाउनुपर्छ| चुनाउ अघि मोर्चाका नेताहरूको सम्पति सार्वजनिक हुनुपर्छ| दार्जीलिङमा डरको राजनीति छ किन भने गान्धीको नक्सापछि खुकुरी लुकाइएको छ| ८० प्रतिशत जनता डराएका छन्| तिनले मोर्चाले धोका दिएपछि देशभरिका गोर्खाहरू बिजुली चम्किँदा डराइरहको बताउँदै तिनले अब गोर्खाल्याण्ड टास्क फोर्स अनि क्रामाकपाले देशभरिका गोर्खाहरूको विश्वसनीयता जित्न सके समर्थन प्राप्त गर्न सक्ने अनि राष्ट्रियस्तरको आन्दोलन शीघ्र हुनुपर्ने पनि बताएका छन्|
अजय दाहालको पुस्तक विमोचन नयॉं शक्ति निर्माणको समिकरण
मनोज वोगटी, कालेबुङ, ३० दिसम्बर|हल्ला चलिरहेको छ, अब नयॉं राजनैतिक शक्तिले मुन्टो उठाउने प्रक्रिया चलिरहेको छ| नयॉं शक्ति स्थापनामा संलग्नहरुको अनुमानित सूचीमा परेका व्यक्तित्वहरूको उत्साहजनक उपस्थिति अजय दाहालको पुस्तक विमोचनमा पाइँदा गॉंजेमाजेरुपमा देखापरेका दार्जीलिङे राजनीतिमा सही समिकरण चहानेहरूको निम्ति पुस्तक विमोचनले ठूलो शंकाको घर स्थापित गरिदिएको छ| लेखक दाहाल लगायत मुख्य अतिथि रहेका सीके श्रेष्ठ, दावा शेर्पा अनि एलएम शर्मासमेतको वक्तव्यले के संकेत गरिरहेको थियो भने अब यी नै व्यक्तित्वहरू हुन्, जो तेस्रो शक्तिकोरुपमा स्थापित हुन सक्छन्| सीके श्रेष्ठले देशले गोर्खाहरूलाई कसरी हेरेको छ? भन्न अघि गोर्खाहरूले देशलाई कसरी हेरेको छ भन्ने कुरा प्रमुख रहेको बताउँदै देशलाई सहीरुपमा देशमा गोर्खाहरूको उपस्थिति अनि उनीहरूलाई देशले हेर्ने मानसिकताबारे बुझाउन नसकिएकोले नै असफल आन्दोलनहरू भइरहेको स्पष्ट पारिरहेका थिए| तिनले त आग्रह नै गरे कि आन्दोलन, इतिहास अनि देशको मानचित्र र भूगोलबारे स्पष्ट नभई कोही पनि आफ्नो मुद्दाप्रति स्पष्ट हुनै सक्दैनन्| सुबास घिसिङ र विमल गुरूङको आन्दोलन मात्र होइन त्यसपछि गोर्खाल्याण्ड टास्क फोर्स समेतको आन्दोलन सही धारमा चलिरहेको छ के त भन्ने शंका पनि विमोचन कार्यक्रमले उपार्जन गरिदिएको छ| राष्ट्रियरुपको आन्दोलनको लेबल लगाएर क्षेत्रीयरुपमा दाबी गरिँदा नै धेरैवटा भूलहरू वृद्धि भइरहेको तिनको दाबी नै थियो| छत्र सुब्बा के कारणले हो उपस्थित थिएनन्| नयॉं पार्टीको कुरामा छत्र सुब्बाको स्पष्ट कुरा के छ भने जनताले आफै तिनलाई आग्रह नगरी तिनी आन्दोलनमा आउने छैनन् तर यता सीके श्रेष्ठले आन्दोलनको परिभाषामाथि नै शंका उपार्जन गरेका छन्| तिनी अनुसार सबैसित (जनतादेखि नेतासम्म)छुट्टै राज्यको आकांक्षा रहेको भए पनि नेतृत्वले राखेको आकांक्षा स्पष्ट नहुनु नै सबैको आकांक्षामाथि कुठराघात हुने अवसर निर्माण हुनु रहेको छ| यसकारण जनताले कसैलाई पनि आह्वान गर्नु भनेको त्यो क्षेत्रीय सवाल मात्र हुने छ| श्रेष्ठको मत अनुसार आन्दोलनलाई यहीँ दुइभागमा बुझिनपर्ने छ| क्षेत्रीय र राष्ट्रिय आन्दोलनमाथिको परिभाषा स्पष्ट हुनुपर्छ| क्षेत्रीयस्तरमा भएको आन्दोलन क्षेत्रीय प्राप्तिको निम्ति हो तर आकांक्षा राष्ट्रिय आन्दोलनको तर काम क्षेत्रीय समाधानको भइरहेको कारण नै भूल भइरहेको छ| अजय दाहालको विमोचनको आकांक्षा पुस्तक विमोचन मात्र नभएर राजनैतिक समीक्षा प्रणालीको शुरुवात पनि मानिएको छ| मुख्य अतिथिहरूको स्वरमा कहॉं एकमत देखापरेको थियो भने सबैको भनाइको निचोड थियो आन्दोलनको प्रणाली परिवर्तन गरिनुपर्छ| मुद्दाप्रति स्पष्ट अवधारणाको विकास गरिनुपर्छ| राष्ट्रिय मानकमा राष्ट्रिय सहभागितामा आन्दोलन हुनुपर्छ| अजय दाहालसम्मको कुरामा पनि यहीँ नेर मेल खाएकोले विमोचनमा सबैको उपस्थिति वैचारिक एकताकै संकेत रहेको पनि देखिएको छ| छत्र सुब्बासित फरक राजनैतिक चेत नरहेकोले नै विमोचनमा उपस्थिति नभएका हुन् कि भन्ने शंका उपार्जन भएको छ| पिपल्स फोरम, गोर्खालिग लगायत यस्ता व्यक्तिहरुले कार्यक्रम भवन भरिएको थियो, जो चलिरहेको आन्दोलनबाट सन्तुष्ट थिएनन्| विमोचनलाई गौण राखेर हेर्दा कार्यक्रमको आकांक्षा तेस्रो शक्तिको निर्माण नै रहेको देखिएको छ| यता आफ्नै कार्यशैलीमा अघि बढिरहेको गोर्खाल्याण्ड टास्क फोर्सले यी सचेत जमातलाई किन आफूसित सामेल गराएन? भन्ने शंका उपार्जन पनि दाहालको विमोचन कार्यक्रमले उत्पन्न गरिएको छ| 'सबै भेला भएर एकसाथ चिया पिउँदैमा र एउटा कार्यक्रममा सबै एकैसाथ जॉंदैमा सामुहिक नेतृत्व हुँदैन' भन्ने सीके श्रेष्ठको टिप्पणी गोर्खाल्याण्ड टास्क फोर्सको निम्ति नै हो कि भन्ने सबैले बुझिरहेका छन्| वैचारिक अनेकताको कारण सामुहिक हुन नसक्ने बताउनेहरूबीच नै मित्रका नहुनु गतिलै विडम्बना त मानिएको छ तर विमोचन भेलाले सबैलाई एकैदिशातिर तानेर सर्वसहमत आन्दोलनको तयार गर्नुपर्छ भन्ने आग्रह भने दिएको छ| मोर्चा, कुनै पनि पार्टी अनि गोर्खाल्याण्ड टास्क फोर्स बाहिर रहेका सचेतहरूको जमात नै अब नयॉं शक्ति हो भन्ने कुराको संकेत त विमोचनले दिएको नै छ, त्यो शक्ति कति वैचारिक सम्पन्न छ भन्ने कुराको ट्रायल पनि यसै कार्यक्रमले देखाएको छ|
कालेबुङमा चिया अनि पर्यटन उत्सव सफल रमाइलोमा झुम्यो कालेबुङ
मनोज वोगटी, कालेबुङ, ३० दिसम्बर| सरकारद्वारा पहाडमा पर्यटकहरूलाई आकर्षित गर्न अनि विश्वबाजरलाई दार्जीलिङको चियाप्रति आकर्षित गर्न सम्पन्न गरेको चिया अनि पर्यटन उत्सवले कालेबुङमा अमिट छाप छोडेको छ| उत्सवले त्यसबेला पूर्णता प्राप्त गरेको थियो जतिबेला मेला ग्राउण्ड राती १० बजीसम्म टम्म भरिएको थियो| उत्सवको अन्तिम दिन मेला ग्राउण्डमा उर्लिएको भीडले केवल उत्सवको सफलताको संकेत मात्र दिएको थिएन आइरहेको नयॉंवर्षलाई पनि हार्दिक स्वागत जनाइरहेको थियो| मेला ग्राउण्डमा बनिएको मञ्चमा इण्डियन आइडल सौरभी अनि कपिल थापा चढ्दा सम्पूर्ण कालेबुङ नै खुशीले झुमेको थियो| सौरभीले नमस्ते कालेबुङ भन्दा तिनको नमस्कार नफर्काउने कोही थिएनन्| सौरभीले भनिन्, तपाईहरूको कपील समित झगडा गरिरहन्थ्यो, त्यसको कारण एउटै थियो त्यो हो मेरो गोर्खे अनुहार| कपीलले यही अनुहारको कारण गोर्खाहरूको भोट सौरभीले खोसेको आरोप तिनलाई लगाएको कुरा तिनले गरिरहेकी थिइन्| कपीलले पनि आफू कालेबुङ आइपुग्दा आफ्नो गाउँ आइपुगेको अनुभव व्यक्त गरे| उनीहरूले कालेबुङको चिसोलाई त्यसै गरम गरेका थिए| कपीलले नेपाली, हिन्दी दुवै किसिमका गीतहरु गाएर कालेबुङलाई नचाएका थिए भने सौरभीले कालेबुङको मायालाई जीवनभर नमेटिने स्मरण हुने बताउँदै उत्साहसाथ गीत गाइरहेकी थिइन्| उत्सव आयोजक समितिले चारदिने कार्यक्रमलाई सफल बनाउन धेरै परिश्रम गरेका थिए सरकारले उत्सव मनाउने भए पनि कालेबुङमा पहिलोपल्ट मनाइएकोले यसलाई यादगार बनाउन आयोजक समितिले विभिन्न नौलो कार्यक्रमहरू प्रस्तुत गरेको थियो| हेलिकप्टरबाट फूलको वर्षा गरेर उत्सवलाई रमाइलो बनाउनको अतिरिक्त भौगोलिकरुपले नितान्तै असम्भव रहेको रिक्सा सेवालाई पनि उपलब्ध गराइएको थियो| यसै उत्सवको बहानामा जनमुक्ति पार्कको कायापलट गर्न फूलहरूको सशुल्क प्रदर्शनी गरिएको थियो, जसबाट जम्मा राशिबाट पार्कको विकास गरिने भएको छ| मेला ग्राउण्डमा नै कलाकारहरूको निम्ति राम्रो आर्थिक आर्जनका स्टलहरू राखिएको थियो| जसको उद्देश्य स्टलमा राखिएका सांस्कृतिक मूल्यका प्रदर्शनी अनि जीवनमा काम लाग्ने घरेलु सामाग्रीहरूको बजार बनाइनु रहेको थियो| यसैबीच आयोजकपक्षले अनावश्यक राशि उठाइएको हल्ला चलेको भए पनि ती केवल अफवाह मात्र रहेको थाहा लागेको छ| राम्रो कार्य गर्दा धरैप्रकारको अफवाह चल्नु कालेबुङमा आम बनेको छ| यसपल्ट पनि भिजन कालेबुङ यस्तै अफवाहको शिकार बन्न पर्यो|आयोजक समितिले लाखौं रुपियॉं उठाएको कुरा झुटो रहेको थाहा लागेको छ| पत्रकारहरूलाई झुटो समाचार दिएर असल कार्यक्रमको बद्नाम गराउन खोजिएको थियो भन्ने कुरा पनि थाहा लागेको छ| भिजन कालेबुङले अहिलेसम्म कालेबुङ नगवासीहरूलाई केही न केही नौलो कुरा दिँदै कार्यक्रमहरूको आयोजना गर्ने गरेको छ| यसपल्ट हेलिकप्टरको जोय राइडिङ उल्लेखयोग्य रहेको थियो भने केवल टीभीमा देखेका सौरभी र कपीललाई सबै सामु साक्षात्कार गरिइएको थियो| चारदिनको उत्सव खुवै मनोयोगले आयोजना गरिएको थियो भने कालेबुङ नगरवासीको सहभागिता पनि उत्साहवर्धक रहेको थियो|

0 comments: on "१ करोड ४३ लाख गोर्खाहरूलाई मोर्चाले धोका दियो-उत्तम छेत्री......अजय दाहालको पुस्तक विमोचन नयॉं शक्ति निर्माणको समिकरण......कालेबुङमा चिया अनि पर्यटन उत्सव सफल रमाइलोमा झुम्यो कालेबुङ"
Post a Comment