नागरिक-बाट
अनलाइन अर्थात् इन्टरनेटमा पुगेर वेबसाइट हेर्न अब कम्प्युटरमा तार जोड्नु आवश्यक रहेन। तार जोडिएको भन्दा तार नजोडिएको कम्प्युटर, ल्यापटप र यस्तै उपकरणहरूको संख्या धेरै गुना बढिसकेको छ। अब त मोबाइल फोनहरूबाट पनि इन्टरनेट हेर्न र आफूले चाहेको सूचना सामग्री वेबसाइटमा राख्न सकिन्छ। नेपालका धेरै नगरक्षेत्र र सदरमुकामहरूमा यो सुविधा उपलब्ध भइसकेको छ भने मोबाइल फोन चलाउने नेपालीहरूको संख्या एक करोड नाघिसकेको छ।
पर्यटकहरूलाई आकर्षित गर्नका लागि होटल, पर्यटकहरू जमघट हुने सार्वजनिक स्थलहरूमा निःशुल्क र पासवर्ड नचाहिने गरी वायरलेस इन्टरनेटको सुविधा राजधानीबाहिर पनि पाइन थालेको छ। कतिपय शैक्षिक र गैरसरकारी संस्थाहरूले सार्वजनिक स्थलमा वायरलेस नेट सुविधा उपलब्ध गराउन थालेका छन्। त्यस्तै विदेशका आफन्तसँग च्याट, इमेल, फेसटाइममा सम्पर्क गर्न वा ब्लग र इमेल राख्न साथै निजी काम र व्यवसायका लागि पनि घरमा वायरलेस इन्टरनेट सुविधा राख्ने चलन सहरी क्षेत्रमा बढिरहेको छ।
अनलाइनमा भएका मिडिया, चाहे मोबाइलफोन होस् चाहे कम्प्युटर, सबैले एकातिर उपभोक्तालाई सूचना, संचार र ज्ञानको अकल्पनीय अवसर र शक्ति उपलब्ध गराएका छन् भने अर्कोतिर इन्टरनेटबाट हुनसक्ने विभिन्न प्रकारका खतरा पनि आइलागेका छन्। इन्टरनेटको सदुपयोग गर्न नजान्ने र यसबाट हुनसक्ने विभिन्न हानी र खतराका बारेमा थाहा नपाउनेहरूका लागि यसले धेरै नोक्सानी गर्नसक्छ। खास गरी आफूले गरेको काम सही हो कि गलत हो भनी विवेक गर्न नसक्ने बालबालिकाका लागि इन्टरनेटले जीवनभरका लागि नमेटिने हानी पुफ्याउन सक्छ। यसैले एक्कइसौँ शताब्दीमा सबै मानिस इन्टरनेटलगायत कम्प्युटर र सूचना प्रविधिका बारेमा शिक्षित हुनु आवश्यक छ। विभिन्न देशका सरकारले आफ्ना नागरिकलाई सूचना साक्षर (इन्फर्मेसन लिटरेट) बनाउने व्यापक कार्यक्रम सुरु गरेका छन्।
केटकेटीलाई अनलाइनबाट विभिन्न प्रकारका खतरा हुन सक्छन्। पहिलो र गम्भीर खतरा वयस्क (एडल्ट) वेबसाइट हो जसमा नांगा, अश्लील चित्र, चलचित्र र वृत्तान्त हुन्छन्। केटाकेटीहरू अनजानमा वा झुक्किएर पनि त्यस्ता वेबसाइट हेर्न पुग्छन्। यसबाट उनीहरूको मानसिक तथा बौद्धिक विकासमा प्रतिकूल प्रभाव पर्न सक्छ। उनीहरूको पढाइ बिग्रन सक्छ। उनीहरूको स्वभाव हिंसक वा आक्रामक बन्न सक्छ।
इन्टरनेटमा आफ्नो परिचय लुकाएर जसले पनि राम्रा, नराम्रा रामग्री राख्न सक्छ। बालबालिकाबाट यौन सन्तुष्टि लिन चाहने अपराधी मनोवृत्ति भएका मानिसहरूले आफूलाई केटाकेटी जस्तै गरी नक्कली परिचय दिएर अरू केटाकेटीलाई फकाउन, फसाउन सक्छन्। केटाकेटीसँग फोटो माग्न सक्छन्। नांगा फोटामा केटाकेटीको अनुहार राखेर बेइजत गर्न, ब्ल्याकमेल गर्न र अरू प्रकारले दुरुपयोग गर्न सक्छन्। उनीहरूको इमेलको पासवर्ड मागेर इमेल ह्याकिङ गर्न सक्छन्। बाबुआमा वा अभिभावकको पासवर्ड मागेर बैँकको खाताबाट पैसा चोर्न पनि सक्छन्।
केटाकेटीले आफ्नो विश्वासिलो साथीलाई इमेल, ब्लग वा वेबसाइटको पासवर्ड दिँदा उसको नामबाट अश्लील चिठी र फोटो अरूको इमेलमा जानसक्छ। यसरी कतिपय विद्यार्थी लाजमर्दो अवस्थामा परेर विद्यालयबाट निस्कनु परेको छ। विश्व दूरसंचार संघले गरेको एउटा अध्ययनअनुसार विश्वमा औसत साठी प्रतिशतभन्दा धेरै केटाकेटी दिनहुँ च्याट गर्छन्। त्यसरी च्याट गर्नेहरू चार जनामध्ये तीन जनाले कुनै सेवा वा सामानको बदलामा आफ्नो र परिवारको निजी जानकारीसमेत साटासाट गर्छन्। अनि पाँच जनामध्ये एक जना बच्चा बाल यौन शोषकको शिकार बन्छ।
नचिनेका मानिससँग अनलाइनमा कुराकानी वा च्याट गर्दा अनेकौँ खतरा आइलाग्न सक्छन्। मानसिक विकारयुक्त व्यक्तिहरूले केटाकेटीसँग फोहोरी कुरा गरेर आनन्द लिन खोज्छन्। त्यस्ता व्यक्ति नक्कली केटाकेटी बनेर च्याटमा आउँछन्। च्याट गर्ने केटाकेटीलाई ऊसँग च्याट गर्ने व्यक्ति केटा हो कि केटी हो, कुन उमेरको हो, कहाँको हो भन्ने थाहा हुँदैन। उसले अर्कैको फोटो पठाउन सक्छ। सबै कुरा ढाँट्न सक्छ। त्यस्ता व्यक्तिले पछि गएर प्रत्यक्ष भेट्न बोलाएर यौन दुर्व्यवहार वा भौतिकरूपले हानि पुर्याउन पनि सक्छ। बाह्र वर्ष नाघेका किशोरहरू अनलाइनमा अरू व्यक्तिबाट अकर्षित हुने, फकाइने र फसाइने सम्भावना धेरै हुन्छ।
अनलाइनमा धेरै समय बिताएर भविष्य बिगार्ने किशोरहरूको संख्या दिनदिनै बढिरहेको छ। यस मामिलामा दक्षिण कोरियाका किशोरहरू संसारमै सबैभन्दा अगाडि छन्। कोरियाली किशोरहरूमा इन्टरनेटको प्रयोगका बारेमा सन् २००८ मा गरिएको सरकारी सर्वेक्षणअनुसार ७७ प्रतिशत कोरियालीहरू इन्टरनेट प्रयोग गर्छन्। त्यसमा पनि इन्टरनेट प्रयोग गर्ने किशोर र युवाको संख्या अत्यधिक थियो। कोरिया इन्टरनेट सेक्युरिटी एजेन्सीको २००८ को सर्भेअनुसार ९९.९ प्रतिशत किशोरहरू इन्टरनेटको पहुँचमा थिए। तिनमा ८५.५ प्रतिशत किशोरहरू हरेक दिन 'लगअन' गर्थे।
संसारमा मोबाइल फोनबाट सबैभन्दा धेरै एसएमएस पठाउनेहरूमा पनि कोरियाली किशोरहरू पर्छन्। एउटा अध्ययनअनुसार १५ देखि १९ वर्षका कोरियाली किशोरहरूले एक दिनमा औसत ६०.१ एसएमएस पठाउँछन्। यसको अर्थ एक महिनामा झन्डै २००० एसएमएस पठाउँछन्। यो प्रवृत्ति निरन्तर बढिरहेको छ।
रक्सी र लागू पदार्थको जस्तै इन्टरनेटको लत (एडिक्सन) पनि ध्वंसात्मक हुन्छ। जुवाडेहरूलाई समयको पर्वाह नभएजस्तै इन्टरनेटका व्यसनीलाई समय गएको मतलब हुँदैन। उनीहरू परिवारका सदस्य, साथीभाइ, होमवर्क, खेलकुद र सामाजिक क्रियाकलापलाई वास्ता गर्दैनन्। ती कुराबाट उनीहरू टाढिन चाहन्छन्। मनोवैज्ञानिकहरूका अनुसार इन्टरनेटको कुलत (एडिक्सन) मा लागेका किशोर अपराधतिर उन्मुख हुन्छन्। उनीहरूको स्वभाव आक्रामक हुन्छ। उनीहरू शारीरिक र मानसिकरूपले कमजोर हुन्छन् र सामाजिक रूपले एकलकाटे हुँदैजान्छन्। पढाइमा कमजोर र असफल हुन्छन्।
किशोरहरू सामाजिक एक्लोपनको सिकार भएपछि धेरै प्रकारका समस्या उत्पन्न हुन्छ। उदाहरणका लागि किशोर र अभिभावक तथा समाजका अन्य व्यक्ति निकायसँग संचार कुराकानी बन्द हुन्छ। उनीहरू कुरा गर्नुभन्दा लिखित च्याट, इमेल र फेसबुकको प्रयोग गर्न रुचाउँछन्। मिलेर काम गर्ने, टिम वर्क गर्ने बानी समाप्त हुन्छ। समाजमा आपसमा गर्नुपर्ने आधारभूत संचार सीप हराउँछ। आमाबाबु र किशोरहरूबीच झगडा, द्वन्द्व हुन्छ। घरमा इन्टरनेट चलाउन नपाए घर छाडेर जान सक्छन्। स्कुल जान भनेर घरबाट निस्के पनि बाहिर बसेर कम्प्युटर चलाउने, स्कुल नजाने गर्छन्। खर्च जुटाउन पैसा चोर्ने र अन्य अपराध गर्न थाल्छन्। उनीहरू बाल यौन शोषकको फन्दामा पनि पर्ने जोखिम पनि धेरै हुन्छ।
हामी कहाँ लागू पदार्थ दुर्व्यसनीको परामर्श (उपचार) केन्द्रहरू खुलेजस्तै कोरियामा इन्टरनेट एडिक्टहरूका लागि चार सयभन्दा धेरै परामर्श केन्द्र खुलेका छन्। चीनमा पनि इन्टरनेट व्यसनीको ठुलो समस्या छ। त्यहाँ चार करोड इन्टरनेट प्रयोगकर्ता छन्। तीमध्ये १० प्रतिशत अर्थात् चार लाख किशोर र युवा इन्टरनेट एडिक्ट छन्। त्यहाँ इन्टरनेट एडिक्टहरूलाई उपचार गर्ने १४० परामर्श केन्द्र छन्।
अमेरिकी न्याय विभागको फेडरल ब्युरो अफ इन्भेस्टिगेसनको प्रकाशनमा उल्लेख भएअनुसार आफ्ना सन्तान अनलाइनको व्यसनमा फस्न लागेको शंका भएमा तलका बुँदाहरूमा ध्यान दिनुपर्छ।
• तपार्इँको सन्तानले अनलाइनमा धेरै समय (खासगरी रातमा) बिताउँछ कि?
• उसको कम्प्युटरमा अश्लील फोटो वा चलचित्र भेटिन्छ कि?
• उसको मोबाइल फोनमा नचिनेको मानिसको फोन आउने जाने गरेको छ कि?
• उसलाई नचिनेका मानिसले चिठी र उपहार पठाउन थालेका छन् कि?
• उसको कोठामा पस्दा उसले हतारहतार कम्प्युटरको मोनिटर बन्द गर्छ कि वा मोनिटरमा देखिने चित्र फेर्छ कि?
• परिवारदेखि ऊ परपर बस्न रुचाउन थालेको छ कि?
• उसले तपाईँको वा उसैको इन्टरनेट एकाउन्ट प्रयोग नगरी अरू कसैको एकाउन्ट प्रयोग गर्छ कि?
तपाईँको सन्तान कुनै बाल यौन दुराचारीको फन्दामा परेको शंका लागेमा के गर्ने?
• ऊसँग खुलारूपमा कुराकानी गर्नुुस् र आफ्नो शंका बताउनुस्। उसलाई अनलाइनबाट यौन दुराचार गर्नेहरूको बारेमा भन्नुस्।
• उसको कम्प्युटरमा के के छ हेर्नुस्। तपाईँले जान्नुहुन्न भने अरूको मद्दत लिनुस्।
• उससँग ककसले सम्पर्क गर्छ भन्ने थाहा पाउन टेलिफोन कम्पनीको सहयोग लिनसक्नु हुन्छ। फोन गर्ने व्यक्तिले आफ्नो कलरआईडी ब्लक गरेको भए पनि टेलिफोन कम्पनीको मद्दतले पत्ता लगाउन सकिन्छ।
• उसले च्याट गर्ने गरेको ठेगाना, धेरै सम्पर्क गर्ने इमेल, हेर्ने गरेको वेबसाइट वा ब्लगहरू पत्ता लगाउनुस्।
आफ्नो सन्तालाई अनलाइनबाट कसैले शोषण गर्दैछ भन्ने निधो भएपछि प्रहरीको सम्बन्धित निकायलाई जानकारी दिनुस्। कम्प्युटरमा भएका अवैध सामग्री प्रमाणका लागि सुरक्षित राख्न कम्प्युटर बन्द गरेर राख्नुपर्छ।
अनलाइन मिडियाबाट आउने हानिकारक सामग्रीलाई रोक्न ब्लक गर्न सफ्टवेयरहरू पनि पाइन्छन्। इन्टरनेट सेवा दाताको मद्दत लिन पनि सकिन्छ। साथै देश र समाजअनुसार अन्य प्राविधिक र वैधानिक उपायहरू पनि उपलब्ध छन्। तैपनि, बालबालिकालाई अनलाइन खतराबाट जोगाउन सबैभन्दा प्रभावकारी उपाय परिवारभित्रै अनलाइनका बारेमा खुला छलफल गर्नु हो। अनलाइन मिडियामात्रै होइन टेलिभिजन तथा अन्य मिडियामा आउने विषयवस्तुका बारेमा पनि परिवारभित्र छलफल हुनुपर्छ। मिडियालाई जस्ताको तस्तै रूपमा नलिई आलोचनात्मक ढंगले हेर्ने र विश्लेषण गर्ने बानी बसाल्यो भने बालबालिका मिडियाको हानीकारक प्रभावबाट आफैँ जोगिन थाल्छन्। आफैँले आफैँलाई जोगाउनु सबैभन्दा उत्तम उपाय हो।

0 comments: on "बालबालिकालाई अनलाइनका खतरा"
Post a Comment