मुख्य समाचार :


भुँइचालोको त्रासदी......ममतासित बिच्किए विमल

ईश्वरले नै अन्याय गरेको मन्दिर र शंखे गाउँमा

कालेबुङ, 23 सितम्बर।
आइतबार गएको भुइँचालोपछि फुर्सदमा बसेका राजनैतिक दलहरूलाई गतिलोे मुद्दा मिलेको छ भने सामाजिक संस्थाहरुलाई असारको पन्द्र भएको छ। समाचारका हेडलाइन खोज्दै शहरमुखी पत्रकारिता उचाल्ने पत्रकारहरू मात्र होइन सरकारकी भीआईपीहरू समेतलाई शहर नजिकका गाउँहरूको विचल्नीले अत्यन्तै सताएको छ। तर त्यस्ता गाउँहरू जसलाई प्रकृतिले पनि ठगेको छ, ती गाउँहरूसम्म न त राजनैतिक दल, न त सामाजिक संस्था न त सरकारी निकायले नै पाइला टेकेको छ। शहरी सभ्यता, शहरी नीति र शहर केन्द्रित निकायले गाउँ र गाउँको दुःखलाई दुःख नै होइन जस्तो, गाउँ बस्तीका मानिसहरू नै होइनन्‌ जस्तो अनि विनाश र संकट भनेको शहरलाई मात्र पर्ने जस्तो गरी राहत र बचाउ कार्यहरू केवल शहर केन्द्रित गरिएकोलेे 21 औं शताब्दीको संघारमा पौराणिक युगको पुल्ठो बालेर बस्न बाध्य छन्‌ गाउँहरू। एक मुठ्ठी राहत, एक मुठ्ठी विकास र बॉंच्नको निम्ति सानो ओतको आशामा आफूले जिताएका जनप्रतिनिधिहरूलाई पर्खेर बसे पनि उनीहरूसम्म कोही पुगेका छैनन्‌। खै कुन्नी कस्तो व्यस्तता छ हाम्रा भीआईपीहरूलाई कि गाउँ टेेक्ने फुर्सद नै छैन। चुनाउको बेला हात जोड्‌दै संघारसम्म आइपुग्नेहरू दुःख पर्दा स्यालको सिङ भएको छ। अहिले यस्तै गुनासो गरिरहेका छन्‌ ग्रामीणबासी भुइँचालो पीडितहरू। शहरमुखी नीति र निकायले सधैँ अवहेलना गर्ने त्यस्ता गाउँहरूको सूची यति लामो छ, जसबारे सबै नै बेखबर छन्‌।
सबैबाट बेखबर अनि सबैभन्दा पीडित कालेबुङको खण्ड 2 का दुइवटा गाउँहरूलाई हेर्दा जति विरक्त लाग्छ, त्यति विरक्त कतै हेर्दा पनि लाग्दैन। नामले नै ईश्वरको बास रहेको ठाउँ जस्तो बुझिने मन्दिर गाउँ र शंखे गाउँलाई प्रकृतिले जति हेपेको छ त्यति कालेबुङ महकुमाको कुनै पनि ठाउँलाई हेपेको छैन। कालेबुङ खण्ड-2 मा पर्ने यी दुइ गाउँलाई भुुइँचालोले उठिबास नै लगाएको छ। सरकारले दिने कुनै पनि बुनियॉंदी सहुलियतको अनुहार कहिल्यै देख्न नपाएका यी गाउँहरूले अहिलेसम्म न त सरकारी अधिकारीहरूलाई नै देखेका छन्‌ न त उनीहरूले भोट दिएर जिताएका प्रतिनिधिहरू नै। भुइँचालोले सर्वस्व लुटेपछि गाउँलेहरूको जुन विचल्नी बनेको छ, त्यसले जो होंचो उसैको मुखमा घोंचो भन्ने उक्तिलाई नै चरितार्थ पारेकोछ। कालेबुङ शहरदेखि 45 किलोमिटर पर रहेको यो खण्डको नोक डॉंडासम्म मात्र गाडी पुग्छ। त्यसउता सात घण्टा पैदल हिँड्‌दा मात्र भेटिने मन्दिर गाउँ र शंखे गाउँमा न त बाटो छ, न त बिजुली। न त प्राथमिक पाठशाला नै छ न त कुनै स्वास्थ्य केन्द्र नै। जति पनि घरहरू छन्‌, खेती किसान गरेर ढुङ्गा र माटोले बनिएका घरहरू छन्‌ जसलाई अहिले भुइँचालोले निमिट्यान्न पारिदिएको छ।
आइतबार भुइँचालो जॉंदा दुइगाउँले जति चिच्याएर गुहार मागे पनि कसैले सुनेन। 21 सेकेण्डमा 100 वटा घर सम्पूर्णरूपले तहस नहस बन्दा गाउँलेहरू अचेत बनिसकेका थिए। घर त गुमाए नै खेती किसान गर्ने उनीहरूको जमीन पनि गुमेको छ। सरकारले कुनै सहुलियत नदिए पनि खेती गरेर जीविकोपार्जन गरिरहेका गाउँलेहरू अहिले घर बिहीन त बनेकै छन्‌ कमाउने आधार नै गुमेकोले सुकुम्बासी पनि बनेका छन्‌। खण्ड दुइका ग्राम पञ्चायत अधिकारीहरूसित नै गाउँ पुग्दा समय दैनिकले नरुने गाउँलेहरू कोही भेटेन्‌, जो मनको पीडा खोल्न चहान्थे। कुनै सरकारी अधिकारी पुगेको ठानेर दुःख बिसाउनेहरूको भीड नै जमेको थियो। ग्राम पञ्चायत एक्ज्युकेटिभ एसिसटेन्ट सामुएल लेप्चासित गएका पञ्चायत टोलीहरूले पीडितहरूलाई नोकडॉंडासम्म बोलाएर बोकेर लगिएका राहत सामाग्री बिरतरण गरे। राहत सामाग्री थाप्नको निम्ति 6 घण्टाको उकालोे हिँडेर पीडितहरू नोेक डॉंडा आइपुगेका थिए। गाडी नोेक डॉंडासम्म पुग्ने अनि त्यस उता गाडीको बाटो नभएकोले राहत सामाग्री राहत शिविरसम्म पुर्‍याउन नसकिएको लेप्चाले जनाए। पीडितहरूले जनाए अनुसार मन्दिर गाउँ र शंखे गाउँ चारैतिर चर्किएकोले जोखिममा छ। समय दैनिकको टोली दुइ गाउँमा पुग्दा पीडितहरूले अधिकारी आएको सम्झिएर विभिन्न गुनासो सुनाए। कोही व्यक्ति यस्ता थिएनन्‌ जसको सर्वस्व नलुटिएको होस्‌। दुइवटै गाउँ जतातै चर्किएको त छँदैछ, जोखिमबाट जुन ठाउँमा राहत लिन उनीहरू बसेका छन्‌ ती क्षेत्र पनि सुरक्षित छैन। मन्दिर गाउँका 14 परिवारलाई शंखे गाउँमा बसाइएको शिविरमा राखिएको छ। तर शिविर जहॉं राखिएको त्यो क्षेत्र नै जोखिममा छ। मन्दिर गाउँ र शंखे गाउँका मोठ 395 परिवार दुइवटा शिविरमा बसेका छन्‌। बाघको मुखबाट फुत्किएर ब्वॉंसाको मुखमा भने जस्तो उनीहरु अहिले पनि जोखिममा नै छन्‌। कुनै पनि अधिकारीहरू दुइवटा गाउँमा पुग्न सक्दैनन्‌ किन भने गाउँसम्म पुग्ने गाडीको बाटो छैन। पञ्चायत कर्मी सामुएल लेप्चाले बताए अनुसार गाउँवासीलाई अन्यत्र नै सारिनुपर्छ। किन भने जुन हिसाबले गाउँ चर्किएर गएको छ, त्यहॉं उप्रान्त बसोबासो गर्न सकिन्न।
तिनले जनाए अनुसार गाउँलेहरूकै प्रयासमा गाउँवासीलाई अन्यत्र जमीन उपलब्ध गराएर त्यहॉं पुनर्वास गराइनुपर्छ। मोठ 395 वटा घरहरू क्षतिग्रस्त छन्‌ भने सम्पूर्ण कृषि भूमि नै पैह्रोले सोहोरिदिएको छ। मन्दिर गाउँकी शीला ठकुरीले रुदै भनिन्‌, घर त गयो गयो, जमीन पनि गयो। सम्पति भनेकै त्यही थियो, अब कसरी बॉंच्नु केही थाहा छैन। यता यशोधा ठकुरीले पनि भनिन्‌, सबैको घर भत्किएको छ, जमीन छैन। गाई बाख्राहरू पनि सहयोगीहरूले सुरक्षित ठाउँमा राखिदिएका छन्‌ रे, हामी क्याम्पमा बसिरहेका छौं। छोराछोरीहरू पनि कालेबुङ पढ्‌दैथिए। सबैलाई घरमा बोलाएँ। कमसेकम मर्न परे सबै परिवार नै मर्छौं भनेर। सबैको पीडा एकै देखिए। कालेबुङको कन्या उच्चतर विद्यालय पढ्‌दै गरेकी पुजा छेत्री, प्रणामी पढ्‌दै गरेकी संगीता ठकुरी, सिलगढीमा फाइनेन्सियल एकाउण्टेन्ट कोर्स गरिरहेकी सुजाता छेत्री पनि घर आएकी छन्‌। उनीहरूले भने, हामी स्कूल जान सकेका छैनौं। जान नै दिँदैनन्‌। घर पनि छैन, बाटो पनि छैन। बारी पनि छैन। सबै नष्ट बनेकोले आमा बाबा नै सङ्‌कटमा छन्‌। कहिले सबै कुरा सामान्य बन्ने हो, केही बुझ्न सकेका छैनौं। विद्यार्थीहरू मात्र होइन, यहॉंबाट देशको विभिन्न ठाउँहरूमा काम गर्न गएकाहरू पनि घर भत्किएको सुनेर गाउँमा आएका छन्‌। सबैले टाउकोमा हात राखेर समाधानको बाटो खोजिरहेका छन्‌ तर अहिलेसम्म कुनै पनि जुक्ति उनीहरूसित छैन। दुइतले घरहरू एक तले बनेका छन्‌। सम्पूर्णरूपले जताततै घरहरू पल्टिएको दृश्यले सवैलाई अवाक बनाइदिएको छ। गाउँमा भएको यो दुर्दसा हेर्न तर न त विधायक पुगेका छन्‌, न त सरकारी अधिकारीहरू। उनीहरू त्यहॉं पुग्न नसकेको एउटै कारण देखिएको छ, त्यो हो बाटो। पैदल हिँड्‌ने बाटोहरू पनि चर्किएको छ भने धेरै ठुँ नै पैह्रोले सोह्रोरेर लगेकोले जङ्गल फॉंड्‌दै गाउँमा पुग्ने आँट न त सरकारी कर्मचारीलाई छ न त शहरमा गाउँको निम्ति भाषण छॉंट्‌ने नेताहरूमा नै छ। यता कालेबुङ शहरको एक किलोमिटर परको भालूखोपमा भने विधायक पनि पुग्छन्‌, वामपन्थी नेताहरू पनि पुग्छन्‌, सङ्घ संस्थाका मानिसहरू पनि पुग्छन्‌ अनि सबैले राहत सामग्री थुपार्छन्‌। भालूखोप अहिले सामाजिक संस्थाहरूलाई काम देखाउने र सामाचारमा नाम छपाउने मेलो भएकोछ भने मन्दिर र शंके गाउँहरू भने मनको घाउ ती नै चर्किएका पखेराहरूलाई मात्र सुनाइरहेका छन्‌। शंखे गाउँकी ठेलीमाया राईलाई हप्तादिन भयो ज्वरो आएको, तर औषधी किन्न जाने नै पाएकी छैनन्‌। त्यत्तिनै ज्वरो बोकेर तिनी पनि शिविरमा नै छन्‌। न त यो गाउँमा स्वास्थ्य केन्द्र नै छ न त बाटो नै छ। मणिकुमार राईले भने, भुइँचालोले यो गाउँलाई नै पल्टाएको भए कसैले पनि थाहा पाउने थिएनन्‌। किन भने यो गाउँसित सम्पर्क गर्ने माध्यम नै केही छैन। गाउँको क्षतिबारे पञ्चायतलाई रिपोर्ट गरिएको छ, यसै कारण शिविर बसाइएको छ। तर शिविरसम्म राहत सामाग्री आइपुग्दैन। नोक डॉंडामा सबै पीडित जान सक्दैनन्‌। दुइवटा गाउँलाई नै भुइँचालोले पुर्‍याएको क्षतिलाई सरकारले देख्ने हो होइन गाउँवासीलाई थाहा छैन। लाभा जोनका युवा मोर्चाका कार्यकर्ताहरू गाउँ पुग्दा पीडितहरूलाई सास आएको बताउँछन्‌ ज्ञानकुमारी छेत्री। तिनले पनि रुँदै भनिन्‌, सरकारी मान्छे र नेताहरू आएर हेरिदिए पनि केही आशा हुन्थ्यो, त्यो पनि छैन। दशैं आइसक्यो, के गर्ने हो के नगर्ने हो केही बुझिएको छैन। राहत सामाग्रीकोरूपमा कम्बल, चामल र लुगाफाटाहरू त पाइरहेको तर पर्याप्त नरहेको बताउँदै मणिकुमार राईले भने, अब हामी कति दिन शिविरमा बस्नुपर्ने हो। हामीलाई कतै लैजाने होकि, फेरि जीवन नयॉंगरी जिउन पर्ने हो कि, केही निश्चित छैन। सबैलाई यही कुराले खाइरहेको छ।

बस्तीमा बिमल
कालेबुङ, 23 सितम्बर।
गोर्खा जनमुक्ति मोर्चाका अध्यक्ष बिमल गुरूङ अहिले भुँइचालो पीडित क्षेत्रको निरीक्षण गर्न बस्ती पसेका छन्‌। हिजोदेखि तिनी 24 नम्बर समष्टीका विभिन्न ठाउँहरूको भ्रमणमा छन्‌। बुधबारे भ्रमण गरिरहेका विमल गुरूङले भने, म मात्र होइन, मोर्चाका सबै नेताहरू अहिले ग्रामीण क्षेत्रमा छन्‌। कहॉं के कस्तो क्षति भयो त्यसको निरीक्षण गरिरहेका छन्‌। तिनले जहिल्यै पनि कुनै पनि आपत केवल बस्तीवासीले नै भोग्नुपर्ने अनि उनीहरू नै सरकारीरुपले अवहेलित हुने गरेको बताउँदै भने, आइलाको बेलामा पनि 250 करोड पीडितहरुको निम्ति सरकारले दिएको घोषणा गरेको थियो तर आयो केवल 44, 45 करोड। त्यो पनि सहीरुपले पीडितसम्म पुगेन। अझ पनि आइलाको चपेटमा परेर सर्वस्व गुमाउनेहरू त्यत्तिकै छन्‌। यसपल्ट जुन भुइँचालोे आयो, यसको निरीक्षण गर्न सरकारी अधिकारीहरू बस्ती पुगेका छैनन्‌। उनीहरूले शहरमा बसेर यहॉंको क्षतिको रिपोर्ट लेख्दैछन्‌। शहर वरिपरि मात्र बस्ती छैन। त्यहॉं मात्र क्षति भएको छैन। जो पनि आउँछन्‌, शहरमा नै थुप्रिनु हुँदैन। दुर्गम बस्तीमा के के भइरहेको छ, कस्तो क्षति भइरहेको छ त्यो बस्तीमा नै पुगेर हेर्नु पर्छ। तिनले पीडितहरू कोही पनि सरकारी सहुलियतबाट बञ्चित नहोस्‌ भनेर आफू सबै क्षेत्रको निरीक्षण गर्दै हिँडिरहेको बताए।

ममतासित बिच्किए विमल
नगरपालिकाको चुनाउ तराई र डुवर्सको अन्तरभुक्ति पहिल्यै हुने
कालेबुङ, 23 सितम्बर।
भुइँचालोले आफ्नै राज्यको दार्जीलिङ जिल्लालाई पनि तहस नहस्‌ पारेको छ तर आफ्नै छोराछोरीलाई परेको दुःख हेर्न नआएर ममता व्यानर्जी सिक्किम बसिन्‌, यसमा हाम्रो मन दुखेको छ- विमल गुरूङले भने। भुइँचालो पछि मुख्यमन्त्री पहाड आएको कुराले मोर्चा हर्षित रहेको भए पनि खरसाङमा पॉंच मिनट पनि नबसेर सिक्किम बस्न जॉंदा भने मोर्चालाई नाकमा लागेको कुरा गर्दै तिनले भने, राज्य हुनु र नहुनुको फरक यस्तो हुँदैरहेछ। राज्य हुनु हो भने उनीहरू दार्जीलिङ बस्थे। आफ्नो छोरा छोरीलाई दुःख परेको छ, त्यसबेला आफ्ना छोराछोरीलाई नहेरेर छिमेकीको छोराछोरीलाई हेर्दा छोराछोरीले के बुझ्छ? यस्तै अनुभव यसपाली मोर्चाले गरेको छ। तिनले अझ भने, ममता व्यानर्जीले नै दार्जीलिङलाई स्वीट्‌जरल्याण्ड बनाउँछु भनिन्‌, पहाड तहस नहस हुँदा भने बस्दा पनि बसेनन्‌। ममता व्यानर्जीलाई हामीले आमा बनाएका हौं, छोराछोरीलाई राम्रो हेरेन भने छोराछोरी बिग्रिन्छन्‌। आमाले राम्रोसित हेर्छ भने हेरुन्‌ नत्र छोराछोरीलाई गोर्खाल्याण्ड राज्य दिउन्‌। तिनले यस प्रकारले छुट्याउने काम भए मोर्चाले गोर्खाल्याण्डको आन्दोलन समेत गर्ने आशय व्यक्त गरे। अर्कोतिर तिनले भने, यसै पनि जीटीएको गठन प्रक्रिया पनि ढिलो हुँदैछ। यसलाई पनि मोर्चाले गम्भीररूपले लिएको छ। तिनले यसै सन्दर्भमा नगरपालिकाको चुनाउ भने हुने अनि ग्राम पञ्चायत र जीटीएको चुनाउ भने तराई र डुवर्सको अन्तरभुक्तिपछि मात्र हुने घोषणा पनि गरे।

छत्र सुब्बालाई बिसाउन देउ-विमल
कालेबुङ, 21 सितम्बर।
गोर्खा जनमुक्ति मोर्चाका अध्यक्ष बिमल गुरूङले जीएलओ नेता छत्र सुब्बाबारेमा पत्रकारहरूले धेरे लेखेको मन पराएनन्‌। किन छत्र सुब्बालाई हाइलाइट गरेको?तिनलाई बिश्राम गर्न दिनु। फेरि छत्र सुब्बालई जेल हाल्ने? तिनलाई कसरी निकाल्यौं त्यो हामीलाई मात्र थाहा छ-तिनले भने। तिनले अझ भने, ममता व्यानर्जीसमेतलाई बिन्ति गरेपछि छत्र सुब्बालाई निकालिएको हो। उनीहरूले त अझ छत्र सुब्बाहरूलाई राख्ने थियो। हामीले रिक्वेष्ट गरेपछि तिनी निस्किएका हुन्‌। तिनले यति भन्दा भन्दै मोर्चाले गोर्खाल्याण्डको मुद्दा नबिसाएको बताउँदै भने, गोर्खाल्याण्डको मुद्दा अघि बढ्‌दैछ। जीटीए त बिसाउने चौतारी मात्र हो। त्यो पनि परमानेन्ट होइन। गोर्खाल्याण्डको निम्ति मेरो गोरूको बाह्रै टक्का पनि त गर्नु हुँदैन। जिउनु पनि पर्‍यो। 54 महिनाको आन्दोलनमा रक्तपात भएन। मानिसहरूलाई दुःख छ, त्यो पनि हेर्नु पर्‍यो। आइला आयो, अहिले भुँइचालो आयो, जनता दुःखमा छन्‌, जबरजस्ती गोर्खाल्याण्ड कि गोर्खाल्याण्ड भनेर पनि भएन। सबैलाई बुझ्न पर्‍यो। हामी गोर्खाल्याण्डको निम्ति नै त लडिरहेका छौं। बिमल गुरूङले छत्र सुब्बालाई लिएर पहिलोपल्ट मुख खोलेका हुन्‌। छत्र सुब्बाले जीटीएलाई अर्को धोकाको संज्ञा दिइसकेका छन्‌ भने मोर्चालाई पनि धोकेबाज बताइसकेका छन्‌। यता बिमल गुरूङलाई मीडियाले छत्र सुब्बालाई उचालेको मन परेको छैन। तिनलाई गोर्खाल्याण्डको आवाज दबाउन छत्र सुब्बाले जीटीए थमाएको हो भनेर लगाएको आरोपबारे प्रश्न गर्दा तिनले उल्टै भने, छत्र सुब्बालाई बिसाउनु दिनुपर्छ। दस वर्षपछि तिनी जेलबाट निस्किएका छन्‌। तिनको केरियर बिगार्नु हुँदैन। तिनको छोराको केरियार पनि बिगार्‍यो। जेल हाल्यो। छत्र सुब्बालाई फेरि जेल हाल्ने? तिनले छत्र सुब्बाको मामिलामा क्रामाकपाको नाम जोडिएको पनि मन पराएनन्‌। तिनले भने, काम गर्ने कालू जस पाउने ढेँडु। छत्र सुब्बा राजनैतिक बन्दी हुन्‌, क्रामाकपा कराएर हुँदैन। लिगल र पोलिटिकल दुवै पक्षमा मोर्चाले काम गरेको छ। हामीले चिफ मिनिष्टरलाई रिक्वेष्ट नगरेको भए तिनी निस्कने थिएनन्‌। धेरै वर्ष षडाउने थियो। पहिले पनि जीएलओलाई मैले साथ दिएको हो तर रक्तपात म नपरेकोले साथमा बसिनँ। मैले त छत्र सुब्बाको श्रीमतिलाई मोर्चा गठन हुनेसाथ भनेको थिएँ। छत्र सुब्बालाई म निकाल्छु भनेर। तिनले क्रामाकपालाई पनि ठाडो दोष लगाउँदै भने, छत्र सुब्बाहरूलाई जेल हाल्ने क्रामाकपा हो। किन भने क्रामाकपा माकपाबाट आएको हो। माकपा र जीएनएलएफले षडयन्त्र गरेर छत्र सुब्बालाई जेल हालेको हो। क्रामाकपा कराएर हुँदैन। क्रामाकपाले गोर्खाल्याण्ड ल्याउने भएदेखि जनताले त्यतिबेला नै साथ दिने थियो। बेसी बोल्नु हुँदैन। नत्र भात पनि खान्छ लात पनि खान्छ।

दुइचारदिन भित्रमा आउने जसवन्त
बिमल गुरूङले दुइचारदिनभित्रमा नै दार्जीलिङका सांसद जसवन्त सिंह दार्जीलिङ आउने बताएका छन्‌। जसवन्त सिंह यस्तो बेला नभएकोले मोर्चालाई पनि अप्ठ्यारो बनिरहेको अहिले देखिएको छ। यस कारण मोर्चाले सांसद जसवन्त सिंहलाई शीघ्र नै बोलाउने भनेर बारम्बार स्पष्टिकरण दिइरहेको छ। आज विमल गुरूङले पनि भने, हामीले जसवन्त सिंहलाई खबर गरिदिएका छौं। तिनलाई तपाईँ आएर हेरिदिनुपर्छ भनेका छौं। सबैतिर भ्रमण गर्नुपर्छ भनिदिएका छौं। तिनी प्रौड पनि भएका छन्‌, यसकारण सबै क्षेत्र घुम्न सक्दैनन्‌। तिनलाई झींजो पनि दिनु भएन। तर तिनी दुइचार दिनमा नै दार्जीलिङ आउने छन्‌।

कालेबुङ महकुमामा 83 करोड 14 लाखको क्षति
कालेबुङ, 23 सितम्बर।
दुइदिन अघि कालेबुङका विधायक डा.हर्कबहादुर छेत्रीले कालेबुङ महकुमामा 52 करोड भन्दा धेरको क्षति भएको जनाएका थिए भने आजको दिनसम्मको रिपोर्ट अनुसार महकुमा कार्यालयले मोठ 83 करोड 14 लाख रुपियॉंको क्षति भएको पुष्टि गरेको छ। डिपुटी म्याजिस्ट्रेड डीकी भोटियाले जनाए अनुसार मोठ 42 वटा ग्राम पचायत अनि नागरपलिकाको 23 वटा वार्ड गरेर यति क्षति भएको हो। उनैले उपलब्ध गरेको जानकारी अनुसार भुइँचालोले मर्नेहरूको संख्या आठ जना पुगेको छ। तीनवटा खण्डमा मोठ 2227 घरहरू पुर्णरूपले नष्ट बनेको छ भने 5571 घर आंशिकरूपले क्षतिग्रस्त छ। सबै क्षेत्रका पीडितहरुलाई राहत उलब्ध गराउनको निम्ति अहिलेसम्म 17 वटा राहत शिविर बसाइएको छ। जति पनि पीडित क्षेत्रका मानिसहरूलाई गाउँ नबस्ने निर्देश दिइसकेको अनि नगरका केही बिल्डिङहरूलाई नै पनि बस्न अयोग्य ठहर गरिसकेको छ।


कालेबुङ कृषक कल्याण सङ्गठनद्वारा
मुख्यमन्त्रीलाई पत्राचार
कालेबुङ, 23 सितम्बर।
कालेबुङ कृषक कल्याण सङ्गठनले जिल्लाभरिमा भुइँचालोले पुर्‍याएको क्षतिबारे अवगत गराउँदै विविध माग लिएर आज महकुमा अधिकारीमार्फत मुख्यमन्त्री ममता ब्यानर्जीलाई पत्रचार गरेको छ। मुख्यमन्त्रीलाई पठाएको पत्रमा मुख्यतः तिनवटा मागहरू उल्लेख गरिएको छ। पीडितहरूको नाम र आवण्टित राशी सरकारले सार्वजनिक गर्नुपर्ने, जिल्लाभरिमा जतिपनि क्षति भएको छ त्यसको सही जॉंच गर्न मोनिटेरिङ टिम गठन हुनुपर्ने अनि राष्ट्रिय आपदा नियन्त्रण अनि प्रशिक्षण केन्द्र दार्जीलिङ जिल्लामा नै हुनपर्ने माग गरिएको छ। कालेबुङ कृषक कल्याण सङ्गठनका महासचिव विष्णु छेत्रीले बताए अनुसार आइलाको समयमा जस्तो धॉंधली यसपल्ट हुन नदिन पीडितहरूको नाम अनि आवण्टित राशि सार्वजनिक गरिनुपर्ने सङ्गठनले माग गरेको हो। भुइँचालोले जिल्लाभरिमा सबैभन्दा धेर कृषकहरूलाई क्षति पुर्‍याएको बताउँदै छेत्रीले भने, झारपाते, सन्दुक, लिङडिङ, पोख्रेबुङ, बोङमा, कागे, मजुवा नोकड़ॉंड़ा, सिटोङ भालूखोप आदि कृषिप्रधान क्षेत्रहरूमा भुँइचालोले ब्यापक क्षति पुर्‍याएको छ। कतिपय दुर्गम क्षेत्रहरूमा अहिलेसम्म पञ्चायत कर्मीहरू पुग्न सकेका छैनन्‌। राहत केन्द्रहरू पनि राखिएको छैन। सही ढङ्गमा निरिक्षण हुनसकेको छैन। यसर्थ मोनिटेरिङ कमिटि गठन हुन आवश्यक छ। तिनले पीडितहरूको नामावाली अनि आवण्टित राशि प्रत्येक ग्राम पञ्चायतहरूमा झुण्डाएर विभागले सार्वजनिक गरे मात्र पीडितहरूले न्याय पाउने बताएका छन्‌।

इन्द्रणी सिन्हालाई सम्वर्द्धना
कालेबुङ, 23 सितम्बर।
तीन दशक अधिदेखि मानव तस्करीमाथि कार्य गर्दै आइरहेकी सन्लापकी निर्देशिका इन्द्रणी सिन्हालाई आज एक कार्यक्रमबीच हिल सोसियल वेलफेयर सोसाइटीले सम्बर्द्धना जनायो। सोसाइटीले इन्द्रणीलाई दोसल्ला ओडाएर सम्मान जनाउँदै प्रशस्ति पत्र अनि स्मृति चिन्ह प्रदान गर्‍यो। सोसाइटीले आयोजना गरेको सम्बर्द्धना कार्यक्रम एवं मानव तस्करीमाथिको अन्तरक्रियामा सिस्टर टेरेजा, डा. एनोस दास प्रधान, कञ्चनजङ्घा उद्दार केन्द्र सिलगड़ीका सचिव रङ्‌गु सौरिया, गोर्खा ह्युमेन फोरम दार्जीलिङका कविता प्रधान, एआईडब्ल्यूसीका यूडेन पेम्पा हिस्से, पूर्व विधायिका रेणुलिना सुब्बा आदिको विशेष उपस्थिति रहेको थियो। सिलगड़ी रेडलाइट एरियाहरूबाट धेरैचोटि फँसेका चेलीहरूलाई उद्दार गरिसकेकी अनि मानव तस्कर अभियानको निम्ति कञ्चजङ्गा उद्दार केन्दको माध्यमबाट विविध कार्य गर्दै आइरहेकी रङ्‌गुु सौरियाले भनिन्‌, मानव तस्कर रोक्न जरूरी छ। उनीहरूको समाजमा पुनर्वासको निम्ति सबै मिलेर पहल गर्न आवश्यक छ। प्रलोभनमा फसेर देहब्यापार जस्तो पेशामा लाग्न बाध्य हुने चेलीहरू हाम्रै कालेबुङकी पनि हुुनक्छन्‌। उनीहरू वाध्यतावश गलत दिशामा छन्‌ भने यसको रोकथाम र नियन्त्रणमा सबै सचेत हुन आवश्यक छ। गोर्खा हुमेन फोरमकी कविता प्रधानले पनि भनिन्‌, कल सेन्टरहरूमा काम गर्ने हाम्रा नानीहरू सुरक्षित छैनन्‌। यस्ता केन्द्रहरूमा काम गर्ने धेरै चेलीहरूको आफ्नै कथा र व्यथा छ। आर्थिक र शैक्षिक आधार बलियो नहुँदा हाम्रा चेलीहरू यस्ता ठुँहरूमा काम गर्न बाध्य भइरहेका छन्‌। यदि राजनैतिक परिवेश ठीक भए हाम्रा चेलीहरू पनि आफ्नै ठाउँमा सम्मानपूर्वक बॉंच्न सक्छन्‌ भन्दै उनले सामाजिक परिवर्तनको निम्ति राजनैतिक परिवर्तन हुन अनिवार्य रहेको बताइन्‌। सोसाइटीका सचिव शोभा छेत्रीले सञ्चालन गरेको कार्यक्रमलाई मानव तस्करीबारे अन्य अतिथिहरूले पनि सम्बोधन गरे।


मानव तस्करहरू समाजका भाइरस हुन्‌-इन्द्रणी सिन्हा
हिल सोसियल वेलफेयर सोसाइटीले आयोजना गरेको मानव बेचविखन विषयको कार्यशालामा मुख्य अथितिकोरूपमा कालेबुङ आइपुगेकी सन्लापकी निर्देशिकाले इन्द्रेणी सिन्हाले आफ्नो सम्बोधनमा मानव तस्करी रोक्न आफ्नो समाजभित्र नै रहेका भाइरसहरूलाई चिनेर हटाउनुपर्ने बताइन्‌। तिनले भनिन्‌, जसरी कम्प्युटरमा पसेको भाइरसले यसको सम्पूर्ण संरचनालाई नै ध्वस्त पारे जस्तै हाम्रो समाजभित्र भएको मानव दलाल जस्ता भाइरसले सामाजिक संरचनालाई नै लथालिङ्गै पार्छ। कम्प्युटरमा राखिएको सामानहरू जोगाउन हो भने कम्प्युटरमा लागेको भाइरस हटाउनु जरूरी छ। ठीक त्यसरीनै समाज अनि देशबाट नै मानव तस्कर रोक्न हो भने हाम्रो समाजमा रहेको भाइरसलाई हटाउनु जरूरी छ। तर सामाजमा रहेका भाइरसहरूलाई चिन्न जरूरी रहेको बताउँदै तिनले भनिन्‌, गाउँ शहरहरूबाट चलीहरू लेैजान कोही पनि बाहिरबाट सोझै आउँदैनन्‌। हाम्रै मान्छेहरूले दुइचार पैसाको निम्ति एजेन्टको काम गर्ने गर्छन्‌। एजेन्टहरूलाई चिन्न जरूरी छ। यदि हामीले एजेन्टहरूलाई चिनेर कम्प्युटरको भाइरस जस्तै हटाइदियौं भने मानव तस्करमा बिराम लाग्छ। गाउँका सोझा चेलीहरू अनि शहरका बेरोजगार युवतीहरूलाई प्रलोभनमा फँसाएर बाहिर लानेहरूमाथि प्रशासनले कडा निगरानी राख्नुपर्ने बताउँद गाउँशहरका चेलीहरूलाई कसले कहॉं लाउँदैछन्‌ निगरानी राख्न पञ्चायत र नगरपालिकाले मुभमेन्ट रेजिस्टर बनाओस्‌। कसले लाउँदैछ, कहॉं लॉंदैछ, किन लाउँदैछ रेजिस्टरमा उल्लेख गरिनुपर्छ। यसो भयो भने बाहिर लगेर चेलीहरू असुरक्षित भए सहजै कार्वाही गर्न सकिन्छ। विस्थापन प्रत्येक मानिसहरूको नैतिक अधिकार रहेको अनि त्यसलाई रोक्न नसकिने बताउँदै तिनले भनिन्‌, कसैलाई पनि घरमै बसेर काम गर भनी हामी भन्न सक्तैनौं। परिवारको आर्थिक स्तर बढाएर स्वनिर्भर भइ आरामदायक जीवन बिताउने रहर सबैलाई हुन्छ तर बाहिर जॉंदा त्यहॉंको नियम कानून जान्न आवश्क छ। यदि आफू असुरक्षित भए के उपाय गर्न सकिन्छ जान्न जरूरी हुन्छ। अहिले मानव तस्करीलाई सरकारले पनि गम्भिरतापूर्वक लिएकोले नै एनजीओ मार्फत धेरै कार्यहरू गराएको पनि बताइन्‌। भारतको जनसंख्याको आधारमा यस्ता योजनाहरूलाई कार्यान्वयन नगरिएको भए पनि प्रशासन, सङ्घ-संस्था राजनैतिक दल आदिले यसलाई प्रमुख मुद्दा बनाएर जनचेतना फैलाउन आवश्यक रहेको पनि बताइन्‌।

0 comments: on "भुँइचालोको त्रासदी......ममतासित बिच्किए विमल"