मनोज वोगटी
कालेबुङ, 1 अगस्त।
उत्तरबङ्गाल राष्ट्रिय परिवहन निगमको सरकारी बसमा 27 जुलाई तथा शहिद दिवसको अघिल्लोदिन स्टोभ बम पड्किएको ठीक 6 दिनपछि यसै काण्डमा संलग्न रहेको आरोपमा सन्तोष सुब्बालाई कालेबुङ पुलिसले

सुबास घिसिङले गोर्खाल्याण्डको आन्दोलन गर्दै दागोपाप थापेपछि असन्तुष्ट बनेको छत्र सुब्बाले जीभीसीलाई नै गोर्खा लिवरेशन अर्गनाइजेशन वा जीएलओ नामकरण गर्दै छुट्टैराज्यको निम्ति अघि बढ्ने घोषणा गरिएको थियो। दागोपापसित असन्तुष्ट रहेकोले नै जीएलओको गठन गरिएको थियो अनि यसको लक्ष्य गोर्खाल्याण्ड थियो।
गोर्खा जनमुक्ति मोर्चाले गोर्खाल्याण्डको आन्दोलन गर्दै दागोपाप जस्तै जीटीएमा हस्ताक्षर गरेको ठीक 9 दिनपछि अथवा शहीद दिवसको अघिल्लोदिन 26 जुलाईको दिन कालेबुङको मोटर स्ट्याण्डमा स्टेट बस उडाउन स्टोभ बम पड्काइएको थियो। पुलिसले विस्फोटकलाई स्टोभ बम हुन सक्ने शंका गरेपछि अहिलेसम्म स्टोभ बमकोरूपले नै चिनिएको त्यो काण्डले सनसनी मच्चाएपछि बम पड्किएको ठीक दुइदिनपछि अथवा 28 जुलाईको दिन 23 दिसम्बर 2010 को दिन प्रिन्ट मीडियामा विज्ञप्ती जारी गर्दै गठन गरिएको भनिएको तथाकथित भुमिगत सङ्गठन अन्डरग्राउण्ड लिबरेशन एशोसिएसनका तथाकथित चिफ एम. थेगिमले बसमा बम आफूहरूले पड्काएको स्वीकार गर्दै मोर्चाले थापेको जीटीएको विरोध गरेको थियो। जीटीएको विरोध मात्र होइन यूएलएले सार्वभौम गोर्खा राष्ट्रको दाबी पनि गरेको थियो। यसै पनि बम काण्डले चारैतिर सनसनी फैलाइरहेको बेला थेगिमको वयानले अझ सनसनी थपेको थियो।
उता सुबास घिसिङको बेला जीएलओ गठन गर्नै छत्र सुब्बा रहेका थिए भने यता बम काण्डमा पक्रा परेकोले छत्र सुब्बाको छोरा सन्तोष सुब्बा कथाकथित जीएलए प्रमुख रहेको कुरातिर सुई घुमेको छ।
एसपी डी.पी सिंहले बताए अनुसार सूत्रद्वारा पुलिसले धेरै जानकारी उपलब्ध गरेको छ। पुलिसको सूत्रले बम विस्फोट भएको दिन मोटर स्ट्याण्डमा जुन कद र वर्णका मान्छे घुमिरहेको देखेको थियो त्यो सन्तोष सुब्बासित मिल्यो। तिनलाई शंका गरेर नै पक्राउ गरिएको हो। सन्तोष सुब्बा मात्र होइन यसै मामिलामा केरकार गर्न कालेबुङ पुलिसले आज तोपखानाका राजु गहतराज पनि पक्राउ गरेको छ। राजुलाई पनि सोधखोज जारी छ। सन्तोष सुब्बाको पक्राउपछि सन्तोषको परिवार थाना धाइरहेका छन् तर मीडियामा केही बोलेका छैनन्।
सुबास घिसिङलाई सातघुम्तीमा 10 फरवरी 2002को दिन प्राणघातक आक्रमण गरेको आरोपमा 23 फरवरीको दिन छत्र सुब्बालाई भारत नेपालको सीमानाबाट पुलिसले पक्राउ गरेको थियो। तर तिनको दोष सुबास घिसिङ आफै उभिएर पनि न्यायलयमा प्रमाणित गर्न सकेनन्। कुनै दोष बिना नै छत्र सुब्बा बङ्गालको जलपाइगढी जेलमा 11 वर्षदेखि बसिरहेका छन्।
ममता व्यानर्जीले बङ्गालमा सरकार गठन गरेपछि तिनले बङ्गालभरिका राजनैतिक बन्दीहरूलाई मुक्त गर्न बन्दीमुक्ति कमिटी गठन गरेकी थिइन्। यसै कमिटीको जॉंच-रिपोर्ट अनुसार पहिलो चरणमा 52 जना बन्दीहरूलाई मुक्त गर्ने हल्ला चलिरहेको भए पनि यस चरणमा छत्र सुब्बाहरूको नाम आएन। छत्र सुब्बाहरूको निम्ति खटिरहेका सङ्गठन बन्दीमुक्ति कमिटी अनि क्रामाकपाले दोस्रो चरणमा छत्र सुब्बाहरूको मुक्ति हुने आशा गरेको छापामा आइसकेको छ। सूत्रले बताए अनुसार छत्र सुब्बाहरूको रिहाइको निम्ति हुनुपर्ने कानूनी प्रक्रियाहरू सकिएको छ अनि अब केवल मुक्त गर्न मात्र बॉंकी छ। यता छत्र सुब्बाको मुक्तिको करा छिनाफाना भइरहेको अवस्थामा नै तिनको छोरा सन्तोष सुब्बा पक्राउ परेको छ। यससघटनाले अनेकौं शंकाहरूलाई अघि ल्याउने देखिएको छ।
मोटर स्ट्याण्डमा सरकारी बसमा स्टोभ बम पड्किएपछि पुलिसले घटनालाई निक्कै गम्भीररूपमा लिएको थियो। सॉंच्ची नै बम नै पड्किएको कि पटेका? भन्ने कुरा जॉंच्न तीन सदस्यीय सेन्ट्रल फोरेन्सिक साइन्स लेबोराटोरीका सदस्यहरूले बसको क्षतिग्रस्त भागहरूको जॉंच गरिसकेको छ। तर ती टोलीले बम हो कि पटेका हो भन्ने कुराको रिपोर्ट सार्बजनिक गरेको छैन। अहिलेसम्म घटनाबारे छानबिन गर्न सीआईडीको टोली पनि आइसकेको छ भने एसपी डीपी सिंह, आईजी रणबीर कुमार, स्पेशल आईजी एन रमेश बाबु अनि जलपाइगुड़ी डिभिजन कमिश्नर एके सिंह पनि आइसकेका छन्। घटनाको दुइदिन पछि यूएलए चिफ एम. थेगिमले बम आफूहरूले पड्काएको बताएर पुलिस र खुफिया विभागको टाउको दुखाइदिएको थियो भने थेगिमले घोषणा गरेको तीनदिनपछि बम काण्डमा संलग्न रहेको शंकामा पुलिसले सन्तोष सुब्बा अनि राजु गहतराजलाई पक्राउ गरिसकेको छ। यता एसपी डीपी सिंहले अझ केही व्यक्तिलाई यस काण्डमा संलग्न रहेको शंका गरिएको बताएका छन्। सन्तोष सुब्बालाई पक्राउ गरिएको दिन नै एक हिन्दी समाचार पत्रमा अर्को संगठन गोर्खा अन्डरग्राउण्ड लिबरेशन एसोसिएसन अनि यसको चिफ पी. सियागनले जीटीएको विरूद्धमा टिप्पणी दिएको छापामा आएको छ। थेगिमको सङ्गठनको नाम अन्डरग्राउण्ड लिबरेशन एसोसिएसन छ भने सियागनको सङ्गठनको नाम गोर्खा अन्डरग्राउण्ड लिबरेशन एसोसिएसन छ।
यता सन्तोष सुब्बालाई कालेबुङ कोर्टमा उभ्याउन प्रास्थान गरेको समय कालेबुङको मीडियाले सन्तोष सुब्बालाई पक्राउबारे प्रश्न गर्दा तिनले आफूलाई किन पक्राउ गरियो त्यसबारे केही थाहा नभएको बताए। तिनले भने, मलाई केही थाहा छैन, किन पक्राउ गरिएको हो। म निर्दोष छु। मेरो बा

उता पिता 11 वर्षदेखि जेलमा छन् भने यता स्टोभ बम पड्काएर स्टेट बस उडाउन खोजेको दोषमा शंका गर्दै छोरा सन्तोष सुब्बालाई पनि पक्राउ गरिएको छ। अहिलेसम्म यो घटनाले कुन परिणतितिर संकेत गरिरहेको छ भन्ने कुरा किटेर भन्न नसकिने स्थिति छ। यता सन्तोष सुब्बाको रेकर्ड पनि राम्रो छैन। तिनलाई तिनको पिताको सङ्गठन जीएलओको जङ्गी ट्रेनिङ तिनकटहरेमा गरेको शंका गरेर पक्राउ गरिएको थियो तर तिनी पछि बेलमा छुटेका थिए। यसपछि आफन्तको बन्दुक (लाइसेन्स धारक) चोरेर बेचेको आरोपमा पनि पक्राउ परेर 5 वर्ष जेल बसेका थिए भने त्यसपछि बाइक चोरेको आरोपमा 1 वर्ष जेल परेका थिए। यसबाहेक पनि तिनले घरमा एके-47 राखेको आरोपमा पक्राउ गरिएको भए पनि पुलिसले न्यायलयमा प्रमाणित गर्न नसकेकोले तिनी छुटेका थिए।
0 comments: on "स्टोभबम घटनाको सुई कतातिर?"
Post a Comment