कालिम्न्युज।
३.मई, कालेबुङ।
सर्व भारतीय परिप्रेक्ष्यमा 84 प्रतिशत गोर्खाहरुले काँग्रेस पार्टीलाई नै भोट दिएको तथ्यलाई आधार मानेर नेशनल गोर्खा फोरम फर काँग्रेसले यस पालिको विधानसभा चुनाउमा प्रत्यक्ष रुपमा भाग लिएको छ । नेगोफोले यही आँकडाको आधारमा काँग्रेस पार्टीलाई गोर्खाको सहज राजनैतिक पार्टी भनी घोषणा गरेको छ । नेगोफोको भनाई छ यति धेरै गोर्खा मतदाताहरुले काँग्रेसलाई समर्थन दिएर आए पनि यो मतदान असंगठित र अघोषित तौरमा भएकोले गोर्खा मतदाताहरुको यो समर्थन महत्वहीन मात्र नभएर अर्थहीन पनि हुनगएको छ ।
आफ्नो जातीय सोचसित मेल खाने राष्ट्रिय स्तरको राजनैतिक दललाई समर्थन गर्ने गोर्खाको निर्णय त सही छ तर जाहेरै नगरी दिएको समर्थन भएकोले व्यर्थ हुनगएको छ ।

यही कार्यक्रम अन्तर्गत नेगोफोको प्रतिनिधि दलले राष्ट्रिय कन्भेनर सी.के.श्रेष्ठको नेतृत्वमा आसाम राज्यका अनि उत्तर बंगालका विभिन्न स्थानहरुमा भ्रमण गरेर त्यहाँका काँग्रेस अनि काँग्रेस समर्थित उम्मेद्वारहरुलाई भेटेर गोर्खा मतदाताहरुको समर्थन औपचारिक रुपमा जनाउँदै नेपाली भाषामा प्रकाशित अपील पर्चा त्यहीँकै उम्मेद्वारहरुको हातबाट वितरण गराइएको छ । यसरी प्राप्त अप्रत्याशित समर्थनले ती उम्मेद्वारहरु कृतज्ञ मात्र भएका छैनन् तर धेरैले चुनाउपछि पनि यो सम्बन्धलाई कायम राखेर साथमा काम गर्ने इच्छा जाहेर गरेका छन् । राष्ट्रिय स्तरमा गोर्खा राजनीतिका नयाँ समीकरणहरुको स्वरुप बनिंदै गएको आभास अनि चुनाउपछि यो स्वरुप अझ स्पष्ट हुने सम्भावना प्रबल देखिंदो छ ।
पश्चिम बंगाल चुनाउको अन्तिम चरणमा नेगोफोले खडगपुरका काँग्रेस समर्थित तृणमूल उम्मेद्वार श्रीमति बिलकिस खानमलाई समर्थन जनाएर नेपाली भाषामा तयारी गरिएको भोट अपील पर्चा पनि सहयोग स्वरुप वितरणको निम्ति प्रदान गरेको छ । सलुवा अनि छेउछाउका इलाकाहरुमा भएका धेरै गोर्खा मतदाताहरुलाई बिचारेर नै गोर्खा फोरमले यो कदम उठाएको छ । भविष्यमा भारतको जुनै राज्यमा चुनाउ भए पनि ती राज्यहरुमा पनि गएर गोर्खा मतदाताहरुलाई काँग्रेसको पक्षमा भोट दिने अपील गर्ने सिद्धान्त नेगोफोले लिएको छ भन्ने जानकारी राष्ट्रिय संयोजक श्री श्रेष्ठले दिएका छन्
0 comments: on "नेशनल गोर्खा फोरमद्वारा"
Post a Comment