मुख्य समाचार :


चुनाउ परिणाम आउन दुइदिन बॉंकी बढ्‌न थाल्यो उम्मेद्वारहरूको ढुकढुकी


मनोज वोगटी
11 मई, कालेबुङ।
बङ्गाल विधानसभाको विधायक बन्नको निम्ति उम्मेद्वारहरूको भाग्य दुइदिनपछि मात्र खोलिने छ। उम्मेद्वारहरूको सपना अहिले व्यालेटबक्सभित्र नै छ, जो 13 मईको दिन विपना बन्ने छ। यसपल्टको चुनाउमा पॉंच दलले पॉंच उम्मेद्वार दिएको थियो। भीडन्त गोर्खा जनमुक्ति मोर्चा, गोर्खा राष्ट्रिय मुक्ति मोर्चा, गोर्खालीग र कंग्रेसबीच चलेको थियो। भाकपाले मन दिएर चुनाउ प्रचार गरेन अनि भाकपा समर्थकहरू पहाड़मा थोरै मात्र छन्‌। राजनैतिक चलखेलहरूबीच उत्पन्न अन्तरविरोधहरूलाई अघि राखेर सबै दलले आफ्नो पक्षको मुद्दा राख्दै जनविश्वास कमाउने जुक्ति चलाएको थियो। गोर्खा जनमुक्ति मोर्चाले गोर्खाल्याण्ड भन्दाभन्दै अन्तरिम प्राधिकरणको कुरा पहाड़मा हुलेदेखि घुमेको राजनैतिक राजनैतिक दिशाले व्यापक अन्तरविरोध र अन्योलता ल्यायो। यसबीच भन्ने बाटो राख्दै गोर्खा राष्ट्रिय मुक्ति मोर्चाले पहाड़ प्रवेश गर्‍यो। गोरामुमो पहाड़ चड़ेपछि चुनाउले चाखलाग्दो परिवेश निर्माण गरेको थियो। मोर्चाले प्राधिकरणलाई फेरि त्यागेर गोर्खाल्याण्डकै पुच्छर समातेर चुनाउको सागर तर्‍यो भने गोरामुमोले केन्द्र र राज्य गोर्खाल्याण्ड राज्य दिनेपक्षमा नरहेको स्पष्ट पार्दै हस्ताक्षर भइसकेकै मुद्दालाई सदनमा बौराउन छैटौं अनुसूचीको वकालती गर्दै भोट माग्यो। गोरामुमोले अस्तित्व गुमाइसकेको भनेर गरिएको दाबीलाई मात खुवाउँदै भटाभट गोरामुमो समर्थकहरू सड़कमा भीड लाग्न थालेपछि चुनाउको माहौल निक्कै गरम बन्यो। मोर्चाले उपार्जन गरेको अन्योलताको फाइदा लिँदै यता कंग्रेसले गोर्खाल्याण्ड हुँदैन भने, छैटौं अनुसूचीलाई दुत्कारिएको हो भने अब युटी नै दिनुपर्छ भन्दै गाउँबस्ती पसेपछि उता अलगै परिस्थिति पनि बनेको थियो भने गोर्खालीग मुद्दालाई भन्दा बढ्‌ता मदन तामङ हत्याकाण्डको न्याय र पहाड़मा गणतन्त्र स्थापित गर्न लीगलाई सहयोग गर्नुहोस्‌ भन्दै जनतामा गयो। गोजमुमोले चुनाउभरि नै जनता केवल मोर्चासित मात्र रहेको किटान गरिरह्यो। उता क्रामाकपा र लेप्चा समुदायले आ-आफ्नो दाबीलाई अघि राख्दै भोट नै हालेन। तरैपनि पहाड़मा 80 प्रतिशत भोट भएको सरकारी चुनाउ कार्यालयले रिपोर्ट निकाल्यो। कतै पनि अशान्ति भएन तर दलहरूबीच वाक युद्ध भने चलिरह्यो। अब 13 मईको दिन दलहरूले गरेको कार्यको फलाफल निस्कने छ। चुनाउको मेनिफेस्टोमा गरेको बाचा पुरा गर्ने कार्यसूची विजेता उम्मेद्वारको निम्ति त्यही दिनदेखि निर्माण हुनेछ। चुनाउको परिणामसम्म कतै पनि दलहरूबीच झड़प देखिएन। किन भने चुनाउ आचार संहिताले बदमास्‌देखि सोझो सबैवर्गका दलहरूको हात बॉंधिएको छ। आचार संहिता हटेको दिनदेखि कुन दलले कति र कसरी बद्मासी देखाउने हो, त्यसैको कल्पना गर्दै धेरै नै आतङि्‌कत भइरहेको छापा माध्यमले जनाइरहेको छ। खेदेको घिसिङ पहाड़ पसेको मात्र होइन पसेर पनि आफ्नो दललाई सुगठित गर्ने कार्य तीब्र राखेकोले रिसाउने दलहरू प्राय नै छ। थोरैले मात्र राजनीति गर्ने अधिकार सबैमा छ भन्दै गोरामुमोप्रति सहानुभुति देखाइरहेको छ। परिणामपछि यही विषयलाई लिएर सचेत अनि जनसाधरण चिन्तित छन्‌। दलीय स्वार्थ पुरा गर्नको निम्ति जनतालाई पिरोल्ने घटनाहरू नहोस्‌-सबैले यही चाहेका छन्‌।

0 comments: on "चुनाउ परिणाम आउन दुइदिन बॉंकी बढ्‌न थाल्यो उम्मेद्वारहरूको ढुकढुकी"