12 मई, कालेबुङ।
कालेबुङ महाविद्यालयमा 13 मईको दिन विहान आठ बजीदेखि मत गणना शुरू हुने छ। गणना हुँदाहुँदै बिल्डिङमा झुण्डाइएको मार्कीले परिणाम भन्ने छ।
कालेबुङ प्रेस क्लबले यहॉंको डम्बरचोकमा स्क्रोलिङ ब्रेकिङ न्यूज डिस्प्ले शुरू गरेको छ। यसैको उद्धाटन कार्यक्रममा आइपुगेका डा.हर्कबहादुर छेत्रीले प्रेस क्लबको पहलमा खुशी व्यक्त गर्दै भनिरहेका थिए, कुनै पनि क्षेत्रलाई कालेबुङले प्रतिनिधित्व गरिरहेको छ।
मीडियाको क्षेत्रमा पनि कालेबुङ जति गरेको उन्नति अन्यत्र छैन।
कालिम्पोङ प्रेस क्लबले जनहीतलाई नारा बनाउँदै आज जुन उपलब्धी लिएर आयो त्यो स्तुत्य छ। डम्बरचोक नजिकको एउटा विल्डिङमा मार्की बोर्ड झुण्डाएपछि कालेबुङ प्रेस क्लबका सदस्यहरू सबै खुशी देखिन्थे। डा.छेत्रीले थपे, कालेबुङबाट अरू महकुमाले सिक्नुपर्ने बेला भएको छ। तिनले यसो त्यसै भनेका थिएनन्। जब आम नागरिकहरूलाई सबैप्रकारको जानकारी शीघ्र प्रदान गर्न प्रेस क्लबले इलेक्ट्रोनिक न्यूज बोर्ड वा मार्की झुण्डाएपछि तिनले यसो भनेका थिए।
कम्प्युटर मार्फत प्रेसक्लबको कार्यालयबाट नै बिल्डिङमा झुण्डाएको मार्की वा स्क्रोलिङ बोर्डमा दिनभरि समाचार हेडलाइन र अन्य जानकारीहरू प्रसारण हुनेछ। बोर्डमा ठूल्ठूलो अक्षरमा जानकारी कुद्ने छ जसलाई पढ़ेर नगरवासीले डम्बरचोकबाटनै तात्तातो समाचार र जानकारी पाउने छन्। यसलाई विधिवत उद्घाटन गर्न ल्यापटपको स्वीचमा हात राखेर थिचेपछि मुख्य अतिथि डी.के.खालिङले भने, अब डम्बरचोकमा नै उभिएर नगरवासीले सूचना लाभ गर्न पाउनेछन्। यो भन्दा सुखद कुरा अर्के के हुनसक्छ? प्रेस क्लबका सचिव अरूणकुमार राईले भेला भएका शुभचिन्तकहरूलाई भनिरहेका थिए, प्रेस क्लबले एसएमएस हेडलाइन, दैनन्दिनी समाचार लगायत एउटा ब्लगसाइट अनि अर्को वेभसाइटबाट ताजा जानकारीहरू उपलब्ध गर्ने काम गर्दै आइरहेको छ। हामी कालेबुङ नगरका मानिसहरूले कुनै पनि घटनाको जानकारी शीघ्र नै पाओस् अनि यसको फाइदा लिन सकोस् भन्ने चहान्छौं। यसै सोंचले यो आजको पहललाई पनि निर्माण गरेको हो।
माकपाका तारा सुन्दास, कालेबुङ कृषक कल्याण सङ्गठनका विष्णु छेत्री, स्थानीय पत्रकारहरू, कथाकार सञ्जय विष्ट, समशेर अली लगायतका धेरै शुभचिन्तकहरूले डम्बरचोकमा भएको स्क्रोलिङ न्यूजको उद्घाटन कार्यक्रममा उपस्थिति दिएका थिए। सचिव अरूणकुमार राई तथा पत्रकार तथुराले भने,13 मईको दिन विधानसभा चुनाउको परिणाम घोषणा हुनेछ। गणना हुँदाहुँदैको जानकारी यो स्क्रोलिङ बोर्डमा कुद्न थाल्नेछ। चुनाउको परिणाम यसै मार्कीले गर्नेछ। तिनले भने अनुसार कालेबुङ महाविद्यालयमा 13 मईको दिन विहान आठ बजीदेखि मत गणना शुरू हुने छ। गणना हुँदाहुँदै बिल्डिङमा झुण्डाइएको मार्कीले परिणाम भन्ने छ।
0 comments: on "१३ मा मार्कीले चुनाउ परिणामको घोषणा गर्ने"
Post a Comment