मनोज वोगटी
कालेबुङ,6मई।
भारतको स्पोट्र्स एण्ड युथ अफियर्स अनि स्पोट्र्स अथरिटी इण्डियाले अरूणाचलप्रदेशको दिराङमा आयोजना गरेको खेलखूद प्रकतियोगितामा ताइक्वाण्डो खेल्न गएका सिक्किम ताइक्वाण्डो टीमले पॉंच वटा स्वर्ण पदक अनि छवटा रजत पदक हत्याएको छ। यसको जानकारी त्रिलोक सुब्बाले दिएका छन्।
तिनले बताए अनुसार अरूणाचलप्रदेशको दिराङमा भएको विभिन्न खेलहरूमध्ये ताइक्वाण्डो प्रतियोगिता पनि एक थियो, जहॉं सिक्किमलाई प्रतिनिधित्व गर्दै सिक्किम ताइक्वाण्डो टीमले अंशग्रहण गरेको थियो। सुब्बाले जनाए अनुसार खेलमा सिक्किम पहिलो, मिजोराम दोस्रो अनि मणिपुर अनि अरूणाचल तेस्रो स्थानमा आएको थियो। पुम्से सिनियर इभेन्टमा त्रिलोक सुब्बा अनि रबिन राईले स्वर्ण पदक हत्याए भने ख्योरोगी इभेन्टमा परमेश्वर बुढ़ाथोकी,अविनाश प्रधान,बेनुका मगरले स्वर्ण पदक हत्याएका छन् ।
यसैगरी पेम्बा डोल्मा तामङ, विनि तामङ, भुवनप्रसाद लिम्बु,नाक्सुम भोटिया, रविन राई, अनि मिङमा लमु शर्पाले रजक पदक हत्याएका छन्। मोठ बाह्र जना प्रतियोगीहरूले जम्मा 11 वटा पदक हत्याएको सुब्बाले जनाएका छन्। सिक्किमलाई प्रतिनिधित्व गरेर जाने टोलीमा टिम कोच कुमार वर्देवा, रेफरी साङ्गेेडिकी भोटिया रहेका थिए।
0 comments: on "सिक्किम ताइक्वाण्डो टीमले हत्यायो 5 स्वर्ण अनि 6 रजत पदक"
Post a Comment