मुख्य समाचार :


23 मईमा भूतपूर्व सैनिक मोर्चाले जुलूस निकाल्ने

प्रज्जवल वोगटी
कालेबुङ, 21 मई। भूतपूर्व सैनिकहरूमाथि भएको लाट्ठीचार्ज, सिप्सु हत्याकाण्डको सीबीआईद्वारा न्यायिक जॉंज अनि गोजमुमो समर्थक रविन राईको हत्याराहरूको पक्राउको मागमा आगामी 23 मईको दिन पहाड़को तीनै महकुमा, मिरिक अनि सिलगड़ीमा भूतपूर्व सैनिक मोर्चाले जुलूस अनि जनसभा गर्ने भएको छ।
आज एक पत्रकार सम्मेलनको आयोजना गर्दै भूतपूर्व सैनिक मोर्चाका अध्यक्ष कर्णल रमेश आलेले भने, 9 अप्रेल 2008 मा सिलगड़ीमा भएको घटनाको आजसम्म हामीले न्याय पाएका छैनौं, सिप्सु हत्याकाण्डको पनि आजसम्म सुनुवाइ भएको छैन अनि गोजमुमोे समर्थक रविन राईको पनि निर्मम रूपले हत्या भयो, प्रशासन आजसम्म मौन छ। यसैको विरोधमा हामी गोजमुमो अध्यक्ष विमल गुरूङको निर्देशमा सड़कमा ओर्लिएका हौं।

सिलगड़ीमा भूतपूर्व सैनिकहरूमाथि भएको लाट्ठीचार्जको प्रसंग झिक्दै तिनले भने, कुनै पक्षबाट पनि आजसम्म हाम्रो न्याय भएन माकपा सरकारले हाम्रो सबै फाइलहरू बन्द राख्यो। अन्तमा ममता ब्यानर्जीसँगको भटेमा तिनले केवल माकपा सरकारको विरोधमा उच्च न्यायलयमा मुद्दा दर्ता गर्ने सुझाउ दिइन्‌।

त्यसैको आधारमा हामीले उच्च न्यायलयमा दर्ता गरेको मद्दाको पहिलो पेशी भइसकेको छ। दोस्रोपल्टमा केश फाइल हुन्छ। तिनले जुलूस निकालेकै समय उक्त विषयहरूमा महकुमा अधिकारी, जिल्ला अधिकारी आदिलाई ज्ञापन चड़ाउने पनि जनाए।

0 comments: on "23 मईमा भूतपूर्व सैनिक मोर्चाले जुलूस निकाल्ने"