मुख्य समाचार :


24 मा विमल-ममताको बैठक एकै सुता पनि मोर्चा पछि नसर्ने

kalimpong(24 march) गोर्खा जनमुक्ति मोर्चा आफ्नो अडानबाट एक सुता पछि नसर्ने भएको छ। मुख्यमन्त्री ममता व्यानर्जीले गोर्खा जनमुक्ति मोर्चाका अध्यक्ष विमल गुरूङलाई टेलिफोन गरेर कोलकाता बोलाएकी छन्‌। दिल्लीबाट फर्किने वित्तिकै मुख्यमन्त्रीले विमल गुरूङलाई फोन गरेर मोर्चाको समस्या बुझ्न चाहेकी छन्‌। मुख्यमन्त्री ममता व्यानर्जी अहिलेसम्मको सहमति अनुसार सबै ठीकठाक चलिरहेको अनि मोर्चाको हरेक माग पुरा गरिसकेपछि पनि मोर्चाको पक्षबाट आएको अडचन बुझ्न चहान्छिन्‌। सम्झौता र कानून अनुसार हो भने र भइरहेको जीटीए चुनाउको पहल ठीकै हो भन्नेपक्षमा राज्य सरकार रहेको छ। तर मोर्चालाई भने राज्य सरकारको नियतमा शंका लागेको छ। शंका भएकोले नै हाइपावर कमिटीको रिपोर्ट आएपछि र तराई र डुवर्सको अन्तरभुक्ति भएपछि मात्र जीटीएको चुनाउ हुनुपर्छ भन्ने मोर्चाको अहिले अडान हो। तर जीटीए कानूनको धारा 6 अनुसार जीटीएको चुनाउ क्षेत्र दागोपाप नै रहेको छ। सम्झौतामा जीटीए चुनाउ र सीमाङ्‌कन समानन्तर रहने बताइएकोले मोर्चाले हस्ताक्षर गरेको थियो। मोर्चा हाइपावर कमिटीले 6 महिनामा रिपोर्ट बुझाउने विश्वासमा थियो तर हाइपावर कमिटीले रिपोर्ट बुझाएन अनि ढिल्याईको कारण पनि खोलेन। हाइपावर कमिटीका सदस्य एलबी परियार अनुसार 6 महिनाभित्र कमिटीले काम नै गरेन किन भने 6 महिना कार्यालय व्यवस्थापनमा नै ठीक्क भयो। कमिटीले काम केवल दुइ महिना मात्र भयो गरेको। जसमा सबैभन्दा प्रमुख काम भनेको कमिटीले आग्रह गरेको आवेदन मात्र हो। 7 सय भन्दा अधिक आएको पत्रको वास्तविकता बुझ्न दार्जीलिङ र जलपाइगढीका जिल्ला शासकहरूलाई स्थलगत निरीक्षणको जिम्मा दिइएको छ। तर अहिले तराई र डुवर्समा विरोध शुरु भइसकेको छ। जिल्लापालहरूले बुझाएको रिपोर्टको आधारमा नै कमिटीले चुडान्त रिपोर्ट तयार पार्न सक्नेछन्‌। तर मोर्चाले हाइपावर कमिटीमाथि पनि शंका गरेको छ। मोर्चाले दाबी गरेको मौजा अनुसारको रिपोर्ट हुँदैन कि भन्ने शंका गरेको छ। यहॉंसम्म कि हाइपावर कमिटीले रिपोर्ट ढिलो बुझाउनुमा पनि राज्य सरकार कै चलाकी लुकेको हुन सक्ने शंका पनि गरिएको छ। मङ्‌पूमा भएको मोर्चाको बैठकलाई सम्बोधन गर्न अघि विमल गुरूङलाई भइरहेको कार्य विकासबारे मोर्चा महासचिव अनि तीन विधायकहरूले पूर्णरुपले अवगत गराएका थिए। यसको निम्ति अलग्गै बैठक भएको थियो। जतिसक्दो अध्यक्षलाई बुझाउने कोशिश गरिए पनि अध्यक्ष विमल गुरूङले तराई डुवर्सको अन्तरभुक्ति अघि चुनाउ नगर्ने अडान लिएपछि नै विभिन्न कार्यक्रमहरुको घोषणा गरिएको थियो। मुख्यगरी राज्यसभा चुनाउमा मोर्चा विधायकहरूले भाग नलिने भएपछि नै मुख्यमन्त्रीले मोर्चा प्रतिनिधिहरूलाई कोलकाता बोलाइएको छ। विमल गुरूङ, रोशन गिरी, एलबी परियार भोली कोलकाता जानेछन्‌। सूत्रले बताए अनुसार यता हिजो नै मोर्चा प्रवक्ता डा. हर्कबहादुर छेत्री कोलकाता गएका छन्‌। सूत्रले बताए अनुसार तिनले कोलकाता जानूको कारण कतिपय सामानहरू ल्याउनु रहेको छ।
सम्भवत डा. छेत्रीले मुख्यमन्त्रीसित वैठकको परिस्थिति तयार गर्ने छन्‌। जहॉं मुख्यमन्त्रीले कएानूनी अडचनहरूको देखाएर विमल गुरूङलाई मनाउने सक्ने सम्भावना सूत्रले व्यक्त गरेको छ। तर आज मिरिकमा पत्रकारहरूसित कुराकानी गर्दै विमल गुरूङले आफ्नो अडान यथावत रहने बताएका छन्‌। जस्तै बाह्रबखडाको कुरा गरेपनि तराई र डुवर्सको अन्तरभुक्ति नभइ जीटीएको चुनाउ मोर्चाले मान्ने छैन। मनोनित सदस्यहरूबाट पनि जीटीए सञ्चालन हुने छैन। मङपूमा नै तिनले यस्तो घोषणा गरेका छन्‌, यो कुरा आज पनि तिनले दोहोर्‍याए। सरकार चुनाउ नै गर्ने इच्छामा छ भने त्रिस्तरीय ग्राम पञ्चायत चुनाउ हुनुपर्ने पक्षमा छन्‌ गुरुङ। 24 मार्चको दिन यही कुरा गुरूङले राख्ने भएका छन्‌। तर मुख्यमन्त्रीले तिनलाई राज्यको कानून अनुसार नै जीटीए चल्ने भएकोले अहिलेको परिस्थितिमा धेरै कुराहरूको सुझबुझ हुनु अनिवार्य रहेको कुरा बुझाउन सक्ने अनि मोर्चालाई आफ्नो अडानबाट पछि सार्ने पक्षमा नै सहमति निकाल्न सक्ने सम्भावना रहेको अनुमान गरिएको छ।

0 comments: on "24 मा विमल-ममताको बैठक एकै सुता पनि मोर्चा पछि नसर्ने"