मुख्य समाचार :


अन्डरग्राउण्ड ट्रेनिङ टास्क फोर्सले होइन छत्रले गर्दैछ-विमल

मनोज वोगटी
कालेबुङ,8 फरवरी।
5 तारिक दार्जीलिङबाट टास्क फोर्सले अन्टरग्राउण्ड ट्रेनिङ गरेको बताउने गोजमुमो अध्यक्ष विमल गुरूङले दुइदिनपछि त्यो ट्रेनिङ टास्क फोर्सले होइन छत्र सुब्बाले गरेको बताएका छन्‌।

दार्जीलिङको सभाबाट 6 तारिक कालेबुङमा छत्र सुब्बाबारे बोल्ने घोषणा गरेपछि तिनले कालेबुङ आएर कालेबुङमा 15-20 जना माओवादी पसेको कुरा गरेका थिए। तिनले सिब्सुमा आज आफ्नो टिप्पणीलाई संशोधन गर्दै भने, मैले अण्डर ग्राउण्ड ट्रेनिङ र माओवादीबारे लगाएको आरोप टास्क फोर्सलाई होइन छत्र सुब्बालाई भनेको हुँ। छत्र सुब्बाले कालेबुङको जङ्गलमा ट्रेनिङ गराउँदैछन्‌। छत्र सुब्बाले जङ्गलमा 15-20 जना केटाहरू लुकाएका छन्‌। मैले अरुलाई कलङ्‌क लगाएको होइन। टास्क फोर्सलाई भनेको कदापी होइन।


विमल गुरूङले टास्क फोर्सलाई अन्डरग्राउण्ड ट्रेनिङ गरेको बताएर विमल गुरूङले आफ्नो हतासा प्रकट गरेको अनि यस्तो टिप्पणी विनाशकाले विपरित बुद्धि रहेको टास्क फोर्सका अध्यक्ष डा. एनोसदास प्रधानले बताएपछि आज विमल गुरूङले सिब्सुमा टास्क फोर्सलाई कलङ्‌क नलगाएको स्पष्टिकरण दिएका हुन्‌। विमल गुरूङले टास्क फोर्सलाई यस्तो आरोप लगाएपछि हिजो टास्क फोर्समा रहेका गोर्खालिग नेता प्रताप खातीले पुलिस प्रशासनले थाहा नपाएको अन्डरग्राउण्ड ट्रेनिङ गरेको र माओवादी पसेको कुरा कसरी विमल गुरूङले थाहा पाए? तिनलाई गुप्तचर विभागले शीघ्र नै केरकार गर्नुपर्ने अनि विमल गुरूङले टास्क फोर्सलाई लगाएको आरोप 15 दिनभित्रमा नै फिर्ता गर्नुपर्ने बताएका थिए। तर विमलले 15 दिनभित्रमा होइन दुइदिनभित्रमा नै टास्क फोर्सलाई लगाएको आरोप फिर्ता लिएका छन्‌।

तिनले टास्क फोर्सबाट आरोप पिर्ता लिए पनि त्यो आरोप छत्र सुब्बामाथि खन्याएका छन्‌। तिनले भने, छत्र सुब्बाले आन्दोलनको नाममा बन्दुक समात्छ। पहाडमा अब अशान्ति हुने देखिएको छ। हामीले अहिलेसम्म शान्ति कायम गरेका छौं। छत्र सुब्बाले जङ्गलमा ट्रेनिङ दिइरहेका छन्‌। पुलिसले तिनलाई शीघ्र्र नै पर्काउ गर्नुपर्छ। गृह विभागलाई पनि यो कुरा भनेका छौं। तिनले छत्र सुब्बालाई चुनौती दिँदै भने, छत्र सुब्बाले अशान्ति नफैल्याओस्‌। चिङ्‌ना टिपेको जस्तो टिपेर सरकारलाई हेण्डओभर गरिदिनेछौं। तिनले मोर्चाले जनताको दुःखसुख बुझ्दै आएको अनि जनताको विश्वास जितेको बताउँदै 21 वर्षको शासनलाई अन्त गरेर जनताको राज स्थापित गरेको बताउँदै भने, छत्र सुब्बाले गोर्खाल्याण्डको आन्दोलन नै गर्छ भने कहीँ पनि 1 लाख जनता थुपारिदिन्छु। बुझाओस्‌ त गोर्खाल्याण्डको बारेमा। तिनले आन्दोलन गर्न सक्दैन। बन्दुकले आन्दोलन हुँदैन।

1 comments: on "अन्डरग्राउण्ड ट्रेनिङ टास्क फोर्सले होइन छत्रले गर्दैछ-विमल"

RAJESH PRADHAN said...

Anta ko Bela ma Sabai Yesta ho...Aafule ke bole ko Thaha Hundaina......