मुख्य समाचार :


डाकघरको आर्थिक लेनदेन क्षमता वृद्धि गर्नुपर्ने माकपाको माग

कालेबुङ, 3 फरवरी।
माकपा नेता तारा सुन्दासले मुख्य डाकघरहरूलाई दिइएको सिमित आर्थिक लेनदेन क्षमताको कारण दार्जीलिङ जिल्लाका नागरिकहरूले व्यापक समस्या भोग्नु परिरहेको जनाएका छन्‌।
तारा सुन्दास
तिनले डाक घरहरूले गर्ने आर्थिक लेनदेन क्षमता वृद्धि गर्नुपर्ने मागमा दार्जीलिङ मुख्य डाकघरका अधिक्षकलाई पत्र पठाएका छन्‌। यसै सम्बन्धमा आज सुन्दासले कालेबुङ मुख्य डाकघरका पोष्टमास्टर पारष थापासित भेेटघाट गर्दै समस्या निदानको निम्ति ज्ञापन दिए। पारष शर्माले सुन्दासले उठाएको समस्या सही रहेको अनि धेरैवटा असुविधा डाकघरमा रहेको जनाउँदै सन्दासले माग गरे अनुसारको व्यवस्थापन हुनुपर्ने सम्बन्धमा उच्चनिकायमा शीघ्र नै कुरा राखिने बताएका छन्‌। सुन्दासले भने, मुख्य डाकघरलाई दैनिकरुपले केवल 6 लाख रुपियॉं मात्र ट्रान्जेक्सन गर्ने क्षमता दिइएको छ तर समस्यालाई हेर्नु हो भने यतिले नागरिकहरूलाई डाकघरहरूले सही सेवा दिन सक्दैन। तिनको भनाइ अनुसार कालेबुङको  42 वटा ग्राम पञ्चायतमा नरेगाको कार्य चलिरहेको छ। यसको निम्ति पनि डाकघरबाट नै आर्थिक कारोबार हुने गर्छ। तर डाकघरको क्षमता दैनिक 6 लाख मात्र लेनदेनको निम्ति रहेकोले नरेगाको काम पनि सहीरुपले भइरहेको छैन। यो लगायत विधवा भत्ता, बुढौली भत्ता तथा यसै प्रकारका अनैकौं भत्ताहरू पनि डाक घरबाट नै दिइने गरेको छ। दायित्व धेर तर ट्रान्जेक्सनको क्षमता भने कम्ति रहेकोले नागरिकहरूले पाउनुपर्ने सहुलियतहरू पनि सही समयमा नपाएको सुन्दासको गुनासो रहेको छ। 6 लाखसम्मको मात्र लेनदेनको क्षमता रहेकोले विकासको कार्यमा त असुविधा त भयो नै जनतलेे पाउनु पर्ने भत्ताहरू पनि पाइरहेका छैनन्‌। सुन्दासको दाबी अनुसार अन्य जिल्लाहरूको तुलनामा दार्जीलिङ जिल्लाको भौगोलिक स्थिति अलग छ। यस कारण दार्जीलिङको निम्ति अलग नीति तय गरिनुपर्छ। यता कालेबुङ पोष्ट मास्टरले अहिले डाकघरको क्षमता वृद्धि गरेर 12 लाख पुर्‍याइएको बताएका छन्‌ तर सुन्दास अनुसार वृद्दि गरे पनि दार्जीलिङलेखि कालेबुङ आउने डाकघरको वाहन नरहेकोले दार्जीलिङबाट कागजपत्र सोझै सिलगढी पुग्ने अनि सिलगढीबाट मात्र कालेबुङ आउने भएकोले समस्या जस्ताको त्यस्तै रहेेको बताए। सुन्दासले भने, ग्रामीण डाकघरमा आर्थिक लेनदेनको क्षमता केवल दैनिक 20 हजार रुपियॉं रहेकोमा पनि माकपाको आपत्ति छ। तिनी अनुसार ग्रामीण क्षेत्रका डाकघरहरूको आर्थिक लेनदेन क्षमता पनि वृद्धि गरिनुपर्छ। अर्कोतिर आइला, भुइँचालो प्रभावितहरूको निम्ति आएको राशिको प्रयोग नभइरहेको पनि तिनले बताए। तिनले भने, डाकघरको आर्थिक क्षमता कम्ति अनि त्यहीँमाथि जनताको निम्ति आएको राशिको पनि प्रयोग भइरहेको छैन। 31 मार्चसम्म ती राशिहरूको प्रयोग नगरिए फर्किएर जानेछ, यस्तो भयो भने को दायी बन्ने छ। यसकारण सबैले नागरिकहरूले पाइरहेका समस्या र त्यसको निदानको निम्ति सम्बन्धित विभागसित लडाई गर्न सडकमा उत्रिनुपर्छ।

0 comments: on "डाकघरको आर्थिक लेनदेन क्षमता वृद्धि गर्नुपर्ने माकपाको माग"