मुख्य समाचार :


जम्मै प्राथमिक पाठशालाहरूलाई अंग्रेजी माध्यम बनाइनुपर्ने माग

कालेबुङ, 31 जनवरी।
शितकालीन विदापछि विद्यालयहरूको नयॉं शत्र शुरुहुनअघि नै गार्जियन फोरम फर एडुकेशनले विद्यार्थीहरूको विविध समस्याहरूमाथि प्रतिक्रिया जाहेर गरेको छ। गार्जीयन फोरम फर एडुकेशनका मूल संयोजक डीके प्रधानले भने, प्राथमिक पाठशालाहरूमा निःशुल्क पुस्तक दिइने प्रावधान छ। नयॉं सत्रको प्रथम महिनामा नै दिइनपर्ने ति पुस्तकहरू पहाडमा जुलाई महिनातिर मात्र बॉंडिन्छ। त्यही पनि धेरै प्रथमिक पाठशालाहरूमा अंग्रेजी माध्यममा पठन-पाठन गरिने भएकोले शिक्षकहरूले सरकारी नेपाली पुस्तकहरू लिन नमान्ने गरेको आरोप छ। यदि पहाडका जम्मै विद्यार्थीहरू अंग्रेजी स्कूल पढ्‌न चाहन्छन्‌ भने जम्मै प्राथमिक पाठशालाहरूलाई अंग्रेजी माध्यम घोषित गरिनुपर्छ। यसरी नै, तिनले यदि विद्यार्थीहरूलाई निशुल्क युनिफर्म बॉंडिन्छ भने समानन्तर रुपमा हुनुपर्ने माग गरे।  धरै समय अघिदेखि आफूहरूले मीड डे मिल सम्बन्धी आवाज उठाउँदै आइरहेको भएपनि कतिपय विद्यालयहरूले नियमित रूपमा विद्यार्थीहरूलार्ई मीड डे मिल वितरण नगरेको आरोप लगाउँदै सातामा पॉंच दिन वितरण गरेको हुनुपर्ने बताए। यी जम्मै विषयहरूमाथि आज फोरमले दोगोपाप सञ्चाल समितिका सदस्यहरू, विधायक डा. हर्कबहादुर छेत्री, त्रिलोक देवान अनि प्रशासक अनिल वर्मालाई पनि पत्रचार गरेको जनाए। यसरी नै गार्जीयन फोरमको सहल्लाकारको पक्षबाट बोल्दै तारा सुन्दासले भने, नेपाली स्कूल पढेर पनि केही बन्नसकिन्छ भन्ने उदाहरण हामीमा लछेप्रै रहेको छ। तर यहॉं प्राथमिक पठाशलाका शिक्षकहरूले नै आफ्ना विद्यार्थीहरूलाई अंग्रेजी स्कूल पठाउने गर्छन्‌। अंग्रेजी पढ्‌नेहरू एकापट्टि अनि नेपाली पढ्‌नेहरू अर्कोपट्टि भएर यहॉं विद्यार्थीहरू दुइभागमा छुट्टिएको छ। तिनले गरीबका नानीहरूले अहिले अंग्रेजी पुस्तकहरू बजारबाट किन्न परिहको आरोप लगाउँदै यदि अंग्रेजी नै लागु गर्नु छ भने जम्मै प्राथमिक पाठशालाहरूलाई अंग्रेजी माध्यम घोषित गरेर निशुल्क अंग्रेजी पुस्तक समयमा नै बॉंड्‌नुपर्ने बताए। प्रथमिक पाठशाला बोर्डको सचिवको पदमा अझपनि एलबी परियार रहेको बताउँदै एडहक, भोलेन्टिर शिक्षकहरूलाई स्थायीकरणसँगै नयॉं शिक्षकहरू नियुक्ति गर्नुपर्ने माग गरे। यसबाहक अहिले पुलिसको निम्ति फारम बुझाउने कार्य भइरहेको समय डाकघरमा टिकट नभएको बताउँदै तिनले भने, नोकरी पाउनु परको कुरा तर नोकरीको निम्ति आवोदन गर्नसम्म त देऊ। डाकघरमा टिकट  छैन। पोस्टमास्टरसित कुरा गर्दा डाक पठाउने दार्जीलिङ मेल नभएकोले समस्या उत्पन्न भएको भन्छ। 9 महिना बितिसक्यो मेल बन्द भएको तर किन खोलिन्दैन? तिनले प्रश्न तेस्राए। अहिले 35 हजारको टिकट डाकघरले ल्याएको भएपनि खुतरा टिकट नभएकोले मानिसहरूले धेर पैसा खर्च गर्न परिरहेकोमा तिनले आपत्ति जनाए।

0 comments: on "जम्मै प्राथमिक पाठशालाहरूलाई अंग्रेजी माध्यम बनाइनुपर्ने माग"