मुख्य समाचार :


आधा रातमा युवकको हत्या शंकाको आधारमा दुइ युवक पक्राउ


कालेबुङ,१८ जनवरी|
दार्जीलिङ पहाडमा हत्या हुनु अहिले सामान्य विषय बन्दै गइरहेको छ| जाहे त्यो राजनैैतिक हत्या होस् अथवा सामान्य अनि नितान्त व्यक्तिगत नै किन नहोस् एकपछि अर्को हत्या हुने क्रम दहोरिरहेको छ| कालेबुङमा आज फेरि एक ३१ वर्षिय युवकको हत्या भयो| मंगलबार राती १० देखि ११.३० बजी भित्रमा स्थानीय १० माइल आरसी मिन्तिरी रोड सुन्तलेकोठि निवासी सोनाम ग्याछो उर्फ एलिस डलरको अज्ञात समुहद्वारा हत्या भयो| पुलिसले रातीको पेट्रोलिङअवधी घरदेखि नजिकै आरसी मिन्त्री रोडकै एक दोकानअघी मृतको शव भेट्टाएपछि पुलिस त्यैसमयदेखि आरोपीहरूको खोजतलाशमा जुटेको छ| थाना पक्षले बताएअनुसार स्थानीय दुइ युवकलाई शंकाको आधारमा आज पक्राउ गरिएको छ तर घटनाको मूल कारण भने अहिलेसम्म थाहा लाग्न सकेको छैन| परिवरारपक्षबाट युवकका बोज्युले बताएअनुसार घरमा दुइ बोज्यु नाती मात्र बस्ने गर्थे| बेलुकी ६ बजे निस्केका नाती घर नफर्केको   तिनले बताइन्| युवकलाई कुनै एक व्यक्तिद्वारा नभएर समुहद्वारा नै हत्या गरिएको हुनसक्ने अनुमानहरू अघि आइरहेको छ| मतृक युवक थुप्रै अपराधिक मामिलाहरूले जेलसम्म बसिसकेको थाहा लागेको छ भने  कसैसँगको दुश्मनीकै कारण उनको हत्या गरिएको बताइँदैछ| शंकाको आधारमा पक्रा परेका दुइ युवकलाई अहिले पुसिलले हत्याको यथार्थ खोलाउन केरकार गरिरहेको अनि हत्याको कढा रूपमा छानबीन भइरहेको थाना पक्षले बताएको छ|  

1 comments: on "आधा रातमा युवकको हत्या शंकाको आधारमा दुइ युवक पक्राउ"

Anonymous said...

kati sharam ko kura.k huna thali sakyo hamro peaceful kalimpong..kasari prevent garnu yashlai?