मुख्य समाचार :


1 फरवरीदेखि गोटाफोको उत्तरपूर्वीय राज्यहरूमा कार्यक्रम

‘बङ्गालबाहिर चुनाउ लड्‌दा त्यहॉंका गोर्खाहरूलाई असुविधा नहोस’
प्रज्ज्वल छेत्री
कालेबुङ,29 जनवरी।
भागोपको नेतृत्वमा गोर्खालीग, क्रामाकपा, गोरानिमो, अनि गोरामुमो सी. सँग मिलेर बनेको गोर्खाल्याण्ड टास्क फोर्स राष्ट्रिय स्तरको कार्यक्रमले नै छुट्टै राज्य हुनसक्ने ठान्छ। छुट्टै राज्य प्राप्तीको निम्ति क्षेत्रीय स्तरको आन्दोलनको आवश्यकता नरहेको ठान्ने टास्क फोर्सले 1 फरवदेखि   मार्च महिनासम्मको कार्यक्रको रूपरेखा तय गरिसकेको छ। गोर्खाल्याण्ड टास्क फोर्सका राष्ट्रिय संयोजक आर. मोक्तानले बताएअनुसार उत्तर-पूर्विय राज्यहरूमा टास्क फोर्सले गोर्खाहरूको छुट्टै राज्यको माग अनि औचित्यबारेे सम्बन्धित राज्यका मुख्यमत्री अनि सासंदहरूलाई बुझाउने कार्य गर्नेछ। छुट्टै राज्य प्राप्तीको निम्ति ‘कोलकाता धाइरहने आवश्यकता छैन, संसदमा जबपनि गोर्खाल्याण्डको माग उठ्‌छ, त्यसबेला विभिन्न राज्यका सासंदहरूले हाम्रो मागलाई समर्थन गरोस्‌ भन्ने हामी चाहन्छौं’-आर. मोक्तानले भने। त्रिपुराबाहेक, असम, मिजोराम, मणिपूर, अरुणाचल प्रदेश अनि नागाल्याण्डमा गोटाफोले महिनाभरि नै मन्त्री अनि सांसदहरूसँग भेट गरी गोर्खाल्याण्डमाथि प्रकाशित पुस्तिका पनि थमाउनेे भएको छ। फरवरीसम्म मन्त्री अनि सासंदहरूसितको भेटघाट सकेपछि  गोटाफो प्रतिनिधिहरूले 3 मार्चमा कोलकातामा सङ्गोष्टि गर्नेे अनि  8 मार्चमा लोकसभा फरमर स्पीकर पीए साङ्गमासित पनि भेटघाटको कार्यक्रम बनाएको बताइएको छ भने 12 मार्चमा दिल्ली जन्तमन्तमा जनसभा गर्ने भएको छ। पहाडको शक्तिशाली दलको रूपमा रहेको गोर्खा जनमुक्ति मोर्चाले अहिले अन्य राज्यहरूमा पनि चुनाउ लड्‌ने निर्णयले फेरि गोरामुमोको समयको झैं इतिहास नदोरियोस्‌ भन्ने गोर्खाल्याण्ड टाक्स फोर्सले चाहेको छ। कुनै पनि राज्यमा गएर चुनाउमा प्रतिद्वन्द्विता गर्नु  जम्मै राजनैतिक दलहरूको संविधानिक हक रहेको र मोर्चाको अन्य राज्यमा चुनाउ लड्‌ने निर्णयमा  गोर्खाल्याण्ड टास्क फोर्सको आपत्ति नरहेपनि मोर्चाले चुनाउ लड्‌ने राज्यका गोर्खाहरूको भने टास्क फोर्सले अहिलेदिखि नै सुर्ता गर्न थालेको छ। आर. मोक्तानले भने, जुन राज्यहरूबाट मोर्चाले चुनाउ लड्‌दैछ त्यहॉंका गोर्खाहरूलाई कुनै पनि हालतमा असुविधा नहोस्‌।  मोर्चाको चुनाउ लड्‌ने निर्णयले त्यस राज्यहरूका गोर्खाहरूमा बाधाहरू आइनपरोस्‌। किनभने, गोरोमुमोको समयमा पनि त्यही इतिहास दोहिरिएकै हो। 80 को दशकमा पहाडमा आन्दोलन शुरू भएपछि मेघालयमा पनि गोरामुमो नामको पार्टी गठन भएको थियो। त्यसबेला त्यहॉंका 34 हजार गोर्खाहरूलाई हटाइने कामे भयो। फेरि त्यस्तो नहोस्‌। उत्तराखण्डमा अघिबाटै दुइवटा गोर्खाहरूको पार्टी हुँदाहुँदै पनि त्यहॉं गएर मोर्चाले चुनाउ लड्‌नुपर्ने आवश्यकता नरहेको पनि तिनले बताए।  दार्जीलिङ पहाडको राजनैतिक हावाले अहिले कुन दिशा मोडिरहेको छ भन्ने  राजनीतिको हावा नाप्ने‘  विण्ड भेन’ भएको भएपनि अहिले नाप्न नसिकने स्थिति देखापरेको छ।  गोर्खाल्याण्ड टाक्स फोर्सको राष्ट्रिय स्तरको कार्यक्रम, गोरामुमोे अल्झिरहेको छटौं अनुसूचि, मोर्चाको जीटीए, अहिले फेरि मोर्चाले अन्य राज्यहरूमा बढाइरहेको चुनावी अभियान, हाइपावर कमिटीले बढाइमागेको 6 महिने मियाद, जीटीलाई 27 मार्चसम्म मात्र पर्खने विमल गुरूङको निर्णय,  तातिएर सेलाएको युवा मोर्चाको आन्दोलन,   यी जम्मै विषयहरूबीच अन्य दलहरूको आरोप-प्रत्यारोपको क्रम आदि विषयहरूले छुट्टै राज्यको सपना बोकेर बसेका गोर्खाहरूमा भने केवल अन्योलता नै अन्योलता नै मात्र सृजना गरिदिएको छ। 

0 comments: on "1 फरवरीदेखि गोटाफोको उत्तरपूर्वीय राज्यहरूमा कार्यक्रम"