मुख्य समाचार :


राज्य कमिटी मान्दिन, जनताको कुरा मान्छु-बारला

कालेबुङ, ७ दिसम्बर|
आदिवासी विकास परिषदका तराई डुवर्स क्षेत्रीय समितिका निस्कासित अध्यक्ष जोन बारलाले राज्य कमिटीलाई पत्तो नदिने स्पष्ट पारेका छन्| कुरा के हो भने यी तिनै जोन बारला हुन् जसलाई मोर्चासित जीएण्डएटीएको निम्ति हात मिलाएको दोषमा आदिवासी विकास परिषदको राज्य कमिटिले दलबाट नै निस्कासित गरिदिएको छ|बारलालाई आविपबाट निस्कासन गर्दै राज्य कमिटीले भनेको छ, अबदेखि बारलाले सङ्गठनको नामको दुरुपयोग गर्न पाउने छैनन्| यहॉं सम्मकी तिनले आविपको नाम र पदमा रहेर कुनै कार्य गर्न पाउने छैनन्| तर बारलाले राज्य कमिटीको यस्तो निर्देशनालाई खुल्लमखुल्ला चुनौती दिँदै आदिवासी विकास परिषद कै नाममा अनि त्यसैको क्षेत्रीय अध्यक्षको पदमा रहेर नै जीएण्डएटीएको निम्ति तराई र डुवर्समा राजनैतिक कार्यक्रम गर्न शुरू गरिसकेका छन्| बारलाको यस्तो चालाले राज्य कमिटी भने चुर भएको छ| बिरसा तिर्कीले शीध्र नै बारलालाई कार्वाही गरिने बताएका छन्| १७ दिसम्बर राज्य कमिटीको बैठक छ, यसैदिन जीएण्डएटीएमाथि छलफल हुने छ अनि सङ्गठनको विरोधमा कार्य गर्ने पदाधिकारीहरूलाई कार्वाही गर्नेबारे पनि छलफल गरिने भएको छ|
 सङ्गठन र पदबाटै निस्कासन गरिए पनि जोन बारलाले आफ्नो सङ्गठन र पदको क्षमतालाई तराई र डुवर्सको विकासको निम्ति प्रयोग गरिरहेकोले राज्य समिति भने असाहय देखिएको छ| १७ तारिकको बैठकमा जोन बारलाको मुद्दालाई कि त स्वीकृति दिइने देखिएको छ कि त आविप क्षेत्रीय कमिटीलाई अहिलेको निम्ति निष्क्रिय राख्ने र नयॉं समिति गठन गर्ने सम्भावना बढेको छ| के राज्य कमिटीले कार्वाही गरिए र सङ्गठनबाट पूर्णरुपले बदखल गरिएमा अर्को पार्टी गठन गरिने हो त भन्ने प्रश्‍न गर्दा जोन बारलाले भने, अर्को पार्टी र सङ्गठन कुनै पनि परिस्थितिमा गठन हुने छैन| आविपबाट नै जीएण्डएटीएको निम्ति जनताको साथ लिएर अघि बढिने छ| उसो भए राज्य कमिटीको कार्वाही र निस्कासनको अर्थ के रहन्छ त? भन्ने प्रश्‍न गर्दा तनले ठाडै भने, मलाई राज्य कमिटीले चुनाउ गरेर बनाएको प्रतिनिधि होइन| मलाई जनताले बनाएको हो| मैले राज्य कमिटीको फाइदाको कुरा गरेको होइन, तराई र डुवर्सका जनताको फाइदाको र विकासको कुरा गरेको हो|
 यो मैले गरेको कुरा होइन, जनताले गरेको कुरा हो| जनता विकास चहान्छन्, बेरोजगारहरू रोजगार चहान्छन्| शिक्षा राम्रो चहान्छन्| उनीहरूले नै मलाई विकासको कुरा गर्न लगाएका हुन्|
 यसकारण जनताको कुरा लत्याएर राज्य कमिटीको कुरा सुन्ने कुरा आएन| राज्य कमिटीलाई डुवर्सको दुःखबारे थाहा छैन, सरोकार पनि छैन| हामी क्षेत्रीय समितिका पदाधकारीहरूले क्षेत्रीय समस्याको उठान र समाधान गर्नुपर्छ| यसकारण राज्य  कमिटीको कार्वाही र निस्कासनको कुनै अर्थ रहेछैन|
 


0 comments: on "राज्य कमिटी मान्दिन, जनताको कुरा मान्छु-बारला"