मुख्य समाचार :


नशालु पदार्थसहित दुइजना पक्राउ

प्रज्ज्वल वोगटी कालेबुङ,5 जुलाई।
सिक्किम अनि पश्चिम बङ्गाल सिमाना क्षेत्र मल्लिबाट आज दुइजनालाई मल्लि पुलिस प्रशासनले पक्राउ गरि कालेबुङ महकुमा थानालाई सुम्पिएको छ। ड्रग्स सेवन गर्ने व्यक्ति कैलास दर्जी (18) अनि विक्रेता नजाम मन्सारी(28) दुवै मल्ली निवासी हुन्‌। स्थानीय युवा मोर्चा कार्यकर्ताहरूले कैलाश दर्जीले ड्रग्स सेवन गर्ने गरेको थाहा पाएर छानविन गर्दा नशालु पदार्थहरू पनि साथमा भेटाइएपछि आरोपीलाई थानामा सुम्पिएको थियो। पुसिलले आरोपीमाथि गरेको सोधपुछपछि त्यसैको आधारमा स्थानीय युवा कार्यकर्ता अनि प्रशासनले मल्ली पुल मुनिबाट नशालु पदार्थ वेचविखन गर्ने व्यक्ति नजाम मन्सारीलाई पनि पक्राउ गर्न सक्षम बन्यो। पुलिस प्रशासन अनि युवा कार्यकर्ताहरूको सक्रियतामा पक्रा परेका नजाम अन्सारीबाट 17 फाइल प्रोक्सिवन अनि 25 बोतल रेकोडेक्स फेला परेको छ। आज ति दुवै आरोपीहरूलाई 2.30 बजेतिर महकुमा थाना ल्याइएको थियो। मल्ली थानाका प्रभारी एनसी वर्मनले दिएको जानकारी अनुसार दुवै आरोपीहरूमाथि ड्रग अनि कसमेटिक एक्ट अनुसार मुद्दा दर्ता गरिएको छ। मल्ली युवा कार्यकर्ताहरूको विशेष सक्रियतामा ड्रग्सखोरहरूलाई प्रशासनले पक्राउ गरेपछि आज मल्ली युवा मोर्चाका उपसभापति विष्णु राईले मल्ली क्षेत्रमा दिनोदिनको बढ्‌दो ड्रग्स सेवन अनि वेचबिखन कार्य रोक्न अनिवार्य रहेको बताउँदै धेरै अघिदेखिनै क्षेत्रमा ड्रग्स बेच विखन कार्य भएरहेको थाहा लागेको भएपनि आज पक्रन सक्षम बनेको बताएका छन्‌।

0 comments: on "नशालु पदार्थसहित दुइजना पक्राउ"