मुख्य समाचार :


चिह्नारीको संकट 50 प्रतिशत समाधान-डा. हर्कबहादुर छेत्री

मनोज वोगटी
कालेबुङ,9 जुलाई।
गोर्खाल्याण्डको आन्दोलन चिह्नारीको निम्ति हो कि विकासको निम्ति? अहिले गोर्खा जनमुक्ति मोर्चाले नयॉं व्यवस्था थाप्ने भएपछि यही प्रश्न निक्कै गम्भीररूपले उठिरहेको छ। दार्जीलिङ जिल्लाको निम्ति भनेर नयॉं व्यवस्थामा सम्झौता हुने भएपछि देशभरिबाट नै व्यवस्थाले चिह्नारी नबन्ने अनि गाखार्र् जनमुक्ति मोर्चाले धोका दिएको टिप्पणीहरू आइरहेको छ। यस्तो बेला नै मोर्चाले ग्रहण गर्ने व्यवस्थाको नाम गोर्खाल्याण्ड टेरिटोरी एड्‌मिनिष्ट्रेशन हुने अनि गोर्खाल्याण्ड नामसित बङ्गालको मुख्यमन्त्री ममता व्यानर्जीलाई कुनै आपत्ति नभएको छापामा आएपछि आज गोर्खा जनमुक्ति मोर्चाका प्रवक्ता तथा कालेबुङका विधायक डा.हर्कबहादुर छेत्रीले चिह्नारीको समस्याको 50 प्रतिशत समाधान भइसकेको जनाए। तिनले भने, यो व्यवस्थामा गोर्खाल्याण्ड पुग्ने ढोका खुल्ला राखिएको छ। आन्दोलनलाई यो व्यवस्थाले कुनै बाधा गर्नेछैन। यो व्यवस्थाको नाममा अहिलेसम्म चर्चा भएको थिएन। हिजो नाम पनि तय भयो। व्यवस्थाको नाममा गोर्खाल्याण्ड लगाइएको छ। अब यो व्यवस्था भन्ने वित्तिकै गोर्खाहरू बस्ने इलाका भनेर जानिनेछ। सरकारले पनि स्वीकार गर्‍यो कि यो व्यवस्था भनेको गोर्खाहरू बस्ने इलाका हो। तिनले मोर्चाले यो व्यवस्था जनतालाई आत्मनिर्भर बनाउने आधार रहेको जनाउँदै सॉंचोरूपमा नै खुशी मनाउनुपर्ने विषय आएको बताए। तिनले गोर्खाल्याण्डको निम्ति पुर्वाधार निर्माणको निम्ति नै गोर्खाल्याण्ड टेरिटोरी एड्‌मिनिष्ट्रेशन ग्रहण गरिएको पनि जनाए। तिनले भने, गोर्खाल्याण्ड हुँदैगर्छ जनताले भात पनि खानुपर्छ। गोर्खाल्याण्डको आन्दोलन हुँदैगर्छ विकास पनि जनताले गर्दै गर्छ। यो व्यवस्थाको निम्ति जुन कानून बनिन्छ, त्यो सही हो होइन छुट्याउने र जॉंच गर्ने अधिकार पनि हामीलाई हुनुपर्छ भनेर माग गरेका छौं। चिह्नारीको समस्याको 50 प्रतिशत समाधान भइसकेको छ। यो व्यवस्थापछि मोर्चाले व्यवस्थामा नभएका अधिकारहरू जस्तै जुडिसेरी अनि होम डिपार्टमेन्टको निम्ति आन्दोलन गर्ने छ।

0 comments: on "चिह्नारीको संकट 50 प्रतिशत समाधान-डा. हर्कबहादुर छेत्री"