मुख्य समाचार :


परिषदमा दाबी मौजा पसेर मात्र हस्ताक्षर हुने

मनोज वोगटी
कालेबुङ,27जून।

विभिन्न विरोधको परिस्थितिलाई सामना गरिरहेको भए पनि मोर्चाले दाबी मौजा नपसिञ्जेल परिषदमा हस्ताक्षर नगर्ने कुरा अघि आएको छ। गोर्खा जनमुक्ति मोर्चाले गोर्खाल्याण्डको मुद्दालाई केही समयको निम्ति विश्राम दिँदै अहिलेको निम्ति पहाड़को विकासको मुद्दालाई प्राथमिकता दिँदै पहाड़ विकासको निम्ति मोर्चाले बङ्गाल सरकारसित चुक्ति गरिसकेको छ।

अहिले गोर्खाल्याण्ड अटोनोमस अथोरिटी परिषद्को नाम हुन सक्ने छॉंटकॉंट देखापरेको छ। मोर्चाले परिषद् थाप्ने भएपनि परिषद्मा डवर्सको अन्तर्भुक्तिको कुरा अस्पष्ट रहेकोले डुवर्सका मानिसहरूले मोर्चाले डुवर्सलाई गोर्खाल्याण्डको नाममा परिषद् थापेर धोका दिइरहेको आरोप लगाइरहेका थिए। यता मोर्चाले परिषद्मा हस्ताक्षर गर्दै गर्ने अनि सीमाङ्‌कनको काम सकिएपछि परिषद्लाई क्षमतामा ल्याइने सम्झौतामा मोर्चा सचिव रोशन गिरीले हस्ताक्षर गरिसकेको समाचार अघि आइसकेको छ।

सूत्र अनुसार तराई र डुवर्सलाई परिषदमा अन्तर्भुक्त गर्दा त्यस क्षेत्रका मानिसहरूको मन्तव्यलाई पनि पहिलो प्राथमिकता दिइने कुरामा सहमति भएको छ। जहॉं विरोध हुन्छ, त्यसक्षेत्रलाई परिषद्मा अन्तर्भुक्त गर्न सम्भव हुन नसक्ने स्पष्ट छ। अहिले आदिवासी विकास परिषदले छैटौं अनुसूचीको दाबी गर्दै परिषदको विरोध गर्न शुरू गरिसकेको छ।

अर्कोतिर मोर्चाले 27 फरवरीको दिन नै चिदम्बरमलाई विरोध गरिएका क्षेत्रहरूलाई सेटअपमा सामेल नगर्ने कुरामा सहमति दिइसकेको समाचार पनि अघिबाट नै आइसकेको छ। तर मोर्चाले डुवर्सका जनतालाई पूर्ण आश्वस्त गराउँदै तराई र डुवर्सका दाबी मौजाहरू सामेल नभइ कुनै पनि कुरामा सम्झौता नगरिने बताइसकेको छ। आज तराई-डुवर्सका साङ्गाठानिक सचिव सामुएल गुरूङले डुवर्सका जनतालाई सम्पूर्णरूपले बुझाइकेको बताएका छन्‌। तिनले गोर्खाल्याण्डको निम्ति सीमाना तय गर्नु पहिलो आवश्यकता रहेको बताउँदै डुवर्सले कुरा नबुझेकोले नै विरोध गरेको जनाए।

अहिले मोर्चाले सबै कुरा बुझाइसकेको अनि डुवर्सका जनता मोर्चाले गोर्खाल्याण्डको निम्ति अप्नाएको नीतिबारे स्पष्ट भइसकेको जनाए। तिनले दाबी मौजा पसेर मात्र हस्ताक्षर गर्ने कुरा डुवर्सका प्रतिनिधिहरूले बुझिसकेको कुरा जनाएका छन्‌। परिषद् ग्रहण गर्नु गोर्खाल्याण्ड कै निम्ति अनिवार्य रहेको बताउँदै मोर्चाले संविधानले दिएको अधिकारलाई नभुलेको पनि जनाए। तिनको यता क्रामाकपाले मोर्चाको परिषदको विरोधमा गरिरहेको कार्यक्रमले मोर्चालाई केही फरक नपर्ने कुरा पनि बताएका छन्‌।

0 comments: on "परिषदमा दाबी मौजा पसेर मात्र हस्ताक्षर हुने"