मुख्य समाचार :


मजदुर-1

विनम रनपहेंली

चियाको कलिलो पत्ताले
नअघाएका भुँड़ीहरू
ताँत लागेर
हिमाल चड़िरहेका छन्‌
हिज आज।

समतलका कार्वन-मोनो-अक्साइड
धसिएका अनुहारहरू
सफा हुन चाहन्छन्‌
पहाड़को मटीतेलले अनुहार धोएर।

प्रमात्रा थान्त्रिकीको सिद्धान्तलाई
अलि अलि फलाक्ने मुखहरूवाट
साईवेरियन हुण्डी
निस्केर
बत्याईरहेछ
यी तातो धुलोहरूलाई
एउटा झ्यालदेखि अर्को तर्फ।

कालो कात्रो ओडडेको बिहान
तीन बजे नैं ढोका ढक्ढकाउछ
कचेरा पुच्छदै फाटेका पत्लुनहरू
जिजीविशाको महाग्रन्थ पल्टाउछ।

0 comments: on "मजदुर-1"