मुख्य समाचार :


जनजातिको मागमा आन्दोलन शुरू सडकमा ओर्लिए हजारौं खम्बु राईहरू


कालेबुङ,१६ जनवरी|
प्रकृति पूजक खम्बु राई जाति, यसैले पाउनुपर्छ जनजाति-यही नारा लिएर आज हजारौं खम्बु राईहरू सडकमा ओर्लिए| खम्बु राईको नयॉं वर्ष यालम सम्वत् ५०७२ कै अवसरमा किरॉंती खम्बु राईहरूले जनजातिको मागमा आजदेखि आन्दोलन शुरू गरे| खम्बु राईहरूको पहिलो चरणको आन्दोलन कालेबुङ खण्ड १ बाट शुरू भयो| किरॉंती खम्बु राई सांस्कृतिक संस्थान कालेबुङ खण्ड १ का समाभापति मेघराज राईले भनेअनुसार यो आन्दोलनको शुरूवात हो| अब खम्बु राईहरूले जनजातिको मागमा एकपछि अर्को कार्यक्रमहरू गर्दै जानेछ| आज खण्ड १ को जुलूसपछि खण्ड २, खण्ड ३ ले जुलूस निकाल्ने अनि त्यसपछि महकुमा समितिले सामुहिक रूपमा  जुलूसहरू निकाल्दै आन्दोलन अघि बढाउने राईले बताए| गोजमुमोले अहिले गोर्खाहरूलाई जनजातिको मर्यादा दिनपर्छ भन्ने गरेको मागलाई  संस्थानको  समर्थन रहेको बताउँदै खम्बु राईहरूको यस आन्दोलनले गोजमुमोलाई थप टेवा पुग्ने पनि मेघराज राईले बताए| ज-जसले पनि जनजातिको निम्ति आन्दोलन गरिरहका छन् उनीहरूले पनि आन्दोलन चर्काउनुपर्ने पनि तिनले सुझाउ राखे| आज खण्ड १ बाट मात्र पनि हजारौं खम्बु राईहरू जुलूसमा सहभागी बनेका थिए| आज नगरमा खम्बु राईहरूको हजारौं स्वरहरू जनजातिको मागमा उठ्यो| मेलाटारबाट पूजा-प्रार्थना गरी निस्किएका हजौरौं राईहरूको जुलूसले व्यापक नाराबाजी गर्दै नगर परिक्रमा गर्‍यो|  खम्बु राईहरू आज जातीय भेषभूसा पहिरिएर, साजबाजसहित, हा-हातमा प्लाकार्डहरू बोकेर वृद्ध, युवा-युवती, नानीहरू जम्मै जनजातिको मागमा  सडकमा निस्किएका थिए|   नगरमा व्यपाक नाराबाजी गर्दै जुलूस महकुमा अधिकारी कायार्र्लयअघि पुगेर थामियो| किरॉंती खम्बु राई सांस्कृतिक संंस्थान खण्ड १ को आयोजनामा निस्किएको जुलूसमा  संस्थान महकुमा समितिका शीर्ष प्रतिनिधिहरू पनि जुलूसमा सामेल थिए| संस्थानका प्रतिनिधिहरूको एक टोलीले महकुमा अधिकारी एलएन शेर्पासँग भेट गरी खम्बु राईहरूलाई जनजातिकोे मर्यादा दिनुपर्ने मागमा एक ज्ञापन पनि चडायो| संस्थान महकुमा समितिका  सचिव अरूण कुमार राईले भनेअनुसार, १९९४ सालदेखि नै खम्बु राईहरूलाई जनजातिको मर्यादा दिनुपर्ने मागमा आन्दोलन शुरू भएको थियो| त्यसताक बङ्गाल सांस्कृतिक अनुसन्धान केन्द्र अनि रेजिस्टर्ड जेनरल अफ इण्डियासम्मलाई पत्रचार अनि दस्तावेजहरू बुझाउने कार्य भएको भएपनि आजसम्म कुनै पहल नभएको सचिव राईले बताए| त्यसबेला देखि नै खम्बु राईलाई भारतको संविधानको आधारमा जनजातिको मर्यादा दिनुपर्ने माग उठेको भएपनि आजम्म सरकारले देखाएको उदासीनताको कारण नै खम्बु राईमा असन्तुष्टिको लहर छाएर अन्तमा वृहत आन्दोलन नै चर्काउने निर्णय लिएको पनि राईको भनाइ रहेको छ| अब किरॉंती खम्बु राईले पनि जनजातिको निम्ति आन्दोलन शुरू गरिसकेकोले अनि मोर्चाले पनि सम्पूर्ण गोर्खाहरूलाई जनजाति घोषित गर्नुपर्ने गरेको मागले गोर्खाहरूको एक अंश खम्बु राई अनि मोर्चामा सामानन्तर विचारधारा  उत्पन्न भएको छ| जसको कारण नै खम्बु राईहरूको आन्दोलनले मोर्चाको मागलाई टेवा पुर्‍याउने किरॉंती खम्बु राई सांस्कृतिक संस्थानका प्रतिनिधिहरू ठान्छन्| अर्कोतिर दार्जीलिङ पहाडको आदिम जाति मानिनेने लेप्चाहरूमा भने अन्य गोर्खा जातिहरूलाई जनजाति बनाएकोमा होइन तर जनजाति घोषित भएपनि जनजातिहरूको निम्ति सिट आरक्षण भने नबढाइएकोमा असन्तुष्टि रहेको छ| लेप्चाहरू अनुसार अन्य गोर्खे जातिलाई जनजातिको मर्यादा दिनु राम्रो हो तर योसितै हेरक विषयमा जनजातिहरूको सिट आरक्षण वृद्धि हुनेपर्ने लेप्चाहरूले बताइरहेको छ| जनजातिको संख्या धेर बढाइँदैछ तर आरक्षण भने समिति रहँदा लेप्चाहरूलाई धेरै हानी हुने गरेको  कुरा महशुश गर्छन्| यसोस्ले पनि  जनजातिको मर्यादासँगै उनीहरूको निम्ति सिट आरक्षण पनि महत्पूर्ण विषय बनेको देखिएको छ| 

0 comments: on "जनजातिको मागमा आन्दोलन शुरू सडकमा ओर्लिए हजारौं खम्बु राईहरू"