मुख्य समाचार :


महाविद्यालय पुस्तकालय भवनको टेण्डर पारदर्शी नभएको माकपाको आरोप

 

कालेबुङ,१७ जनवरी|
कालेबुङ महाविद्यालयमा निर्माण हुनलागेको पुस्तकालय भवनको टेण्डरलाई लिएर शुरूदेखि नै माकपाले आपत्ती जनाउँदै आइरहेको थियो| महाविद्यालय भवनमा आएको ४२ लाख रूपिँया डेढ वर्षसम्म महाविद्यालयले ब्याङ्कमा राखेर सुत खाइरहेको अभियोग लगाउँदै टेण्डर नभए उच्च न्यायलयसम्म जाने माकपा नेता तारा सुन्दासले अघिबाटै चेतावनी दिएका थिए| पुस्तकालय भवनको निम्ति सर-सामानको टेण्डरको नोटिस २८ दिसम्बरमा महाविद्यालयले जारी गरेको कागज देखाउँदै आज सुन्दासले टेण्डर पारदर्शी नभएको आरोप लगाए| तिनले भने, नोटिस नगपालिका खण्ड विकास कार्यालय महुकुमा अधिकारी कार्यालय, पोस्ट अफिस आदिमा झुण्डाइनपर्ने तर कुनै कार्यलयमा पनि झुण्डाइएको छैन| यहॉंसम्म कि कुनै पनि क्षेत्रीय अथवा राष्ट्रिय पत्रिकाहरूसम्ममा टेण्डरको निम्ति विज्ञापन दिएको छैन| किन दिएन विज्ञापन? किन नोटिश लुकाइने कार्य हुँदैछ? महाविद्यालयले किन नोटिस सार्वजनिक गर्न चाहँदैन?  यहॉं महाविद्यालले भित्रभित्रै मिलाएर आफैहरूले काम गर्न चाहिरहेको छ-सुन्दासले महाविद्यालयलाई सोझो आरोप लगाए| भवन निर्माणमा तारहरू किन्न अघिबाटै २ लाख ८० हजार जति खर्ज गरिसकेको बताउँदै तर यसको निम्ति पनि कुनै विज्ञापन नगरी कार्य गरेको सुन्दासले अझ थपे| तिनले अझ भने, पुस्तकालय भवन मात्र होइन तर महाविद्यालयकै अन्य निर्माण भइसकेको भवनहरूको आरटीआई मार्फत मैले जानकारी मागेको थिएँ| तर एकजना मान्छेले बाटोमा मलाई सरकारी पत्र दिँदा   सरकारी पत्र निमयअनुसार बाटोमा होइन घरमा सठिक ठेगानामा पुर्‍याउनुपर्छ भनि घरमा पुर्‍याउनुपर्ने आग्रह गरेको थिएँ| आज आरटीआईले यही बाहनामा   रिपोर्ट दिएको छैन| बरू यस सम्बन्धी मैले पत्र स्वीकार नगरेको अनि मलाई यससम्ब्धी चासो नगरहेको हॉंसउठ्दो पत्र पठाएको छ| सरकारी पत्र भनेको बाटो भेटेर दिने होइन तर पक्का ठेगानामा घरमा नै पुर्‍याउनुपर्ने तिनले बताए| तिनले अझ भने, यहॉं विद्यार्थीहरूको भविष्यसँग खेलवाड गर्ने काम हुँदैछ| महकुमा अधिकारीको एकजना इन्जिनियर लगाएर महाविद्यालय विल्डिङ कमिटीले काम गर्न खोज्दैछ, जो हुनै सक्तैन| यससम्बधी मुख्यमन्त्री अनि बङ्गालका मुख्य सचिवसम्मलाई पत्रचार गरिसकेको बताउँदै टेण्डर र काम सही ढङ्गमा नभए महाविद्यालयलाई अपठ्यारो पर्ने पनि सुन्दासले चेतावनी दिएका छन्| राम्रो काम गर्दागर्दै मदन तामाङको टाउको काटियो भने त्यही न्यायकै मागमा तारा सुन्दासको टाउको काटिएपनि आफूलाई पर्वाह नरहेको बताउँदै यहॉं हजारौं तारा सुन्दासहरू जन्मने पनि तिनले बताए|

0 comments: on "महाविद्यालय पुस्तकालय भवनको टेण्डर पारदर्शी नभएको माकपाको आरोप"