![]() |
स्व. खिरोदा खड्काको तस्वीरअघि खदा अर्पण गर्दै सानुमति राई |
कालेबुङ,28 जनवरी।
भारतीय नेपाली साहित्यमा बाल साहित्यमा अथक सेवा पुर्याउने बाल साहित्यकार स्व. खिरोदा खड्कालाईनेपाली साहित्यकाशमा दिगो राख्न स्व. खिरोदा खड्का स्मारक गुढी गठन गरिएको छ। यसै गुठीले स्व. खिरोदा खड्काको संस्थापनमा दार्जीलिङबाट प्रकाशन शुरू भएको बाल पत्रिका ‘बाल-बगैँचा’ लाई निरन्तरता दिने योजना बनाएको छ। निरन्तरता दिने गुठीको भविष्यको योजना भएपनि अहिलेलाई समसमायिक रूपमा प्रकाशित ‘बाल-बगैँचा’ को आठौं अङ्क आज एक कार्यक्रमबीच लोकार्पण गरियो। आज गुठिले गरेको लोकापण कार्यक्रमअवधी स्व. खिरोदा खड्काका पति एवं पत्रिकाका संरक्षक भीम प्रसाद खड्का, साहित्यकार सानुमति राई, विवेक केशर पाण्डे, प्राध्यापक रुक्मणी छेत्री, बीटी कलेजका पूर्व प्राचार्य बीआर छेत्री लगायत स्थानीय साहित्यकारहरूको कार्यक्रममा सहभागिता रहेको थियो। नवगठित स्व. खिरोदा खड्का स्मारक गुठीमा सहल्लाहकारको रूपमा रुक्मणी छेत्री, संरक्षक भीम प्रसाद खड्का, प्रबन्धक हीरा छेत्री लगायत अन्य रहेका छन्। सरस्वती पूजाको अवसर पारी गुठीले आज बाल साहित्यकारहरूलाई साहित्य लेखनप्रति अझ प्रोत्याहित गर्न तोपखनास्थित हिरा कटेजमा वाचनालायको को उद्घाटन गर्यो। यस वचानलायमा नेपाली लगयात अन्य भाषाका पुस्तकहरू, पत्र-पत्रिकाहरू, आदि उपलब्ध रहने बताइएको छ।
0 comments: on "स्व. खिरोदा खड्का स्मृति गुठले बाल बगैँचा लाई निरन्तरता दिने"
Post a Comment