कालेबुङ,29 जनवरी।
आम्री अत्पताल अग्निकाण्डमा प्रवीण डाक्टर 93 वर्षीय मणिकुमार छेत्रीको पक्राउपछि अहिले विभिन्न दलहरूले छेत्रीको यथाशीघ्र रिहाइ हुनुपर्ने माग गरिरहेको छ। आज अखिल भारतीय गोर्खालीगले पनि छेत्रीको पक्राउमा घोर भर्त्सना जनाएको छ। जुन पक्राउमा मुख्यमन्त्री ममता व्यानर्जीको गोर्खाहरूप्रतिको साम्प्रादायीक गन्ध आइरहेको लीग महासचिव प्रताप खातीले बताए। जीवनभरि नै बङ्गालको निम्ति कार्य गर्ने मणिकुमार छेत्री ज्योति बसुको निजी डाक्टरसम्म रहिसकेको बताउँदै छेत्रीलाई अहिले बङ्गालले मैकै खाएर खोया फ्यॉंकेको झै गरिरहेको तिनले आरोप लगाए। छेत्रीको पक्राउ नितान्त राजनैतिक अनि ममताको साम्प्रादायिक भावनाको कारण रहेकालेे छेत्रीलाई यथाशिघ्र रिहाइ गर्नुपर्र्नेे गोर्खालीगले माग गरेको छ।
पग्ला कुकुर
13 years ago
0 comments: on "मणिकुमार छेत्रीको पक्राउमा साम्प्रादायीक गन्ध-गोर्खालीग"
Post a Comment