मुख्य समाचार :


पर्यटन उत्सवमा डुब्यो कालेबुङ पवनहंशको फूल बर्साइ अनि मधिसे रिक्सा बन्यो मुख्य आकर्षण




कालेबुङ, 26 दिसम्बर।
आजदेखि कालेबुङमा शुरू भएको चारदिने चिया अनि पर्यटन उत्सवको प्रथम दिन कार्यक्रममा हवाइजहाज पवनहंशको फूल बर्साइ अनि मधिसे रिक्सा मुख्य आकर्षण बन्यो। पहाडमा मधिसे रिक्सामा चडेर नानीहरूले नगर परिक्रमा गर्नु कालेबुङवासीको निम्ति नौलो अनुभव रह्यो। कार्यक्रम अवधी हवाइजहाज पवनहंशले आकाशबाट फूल बर्साउदा झनै कार्यक्रमको रौनकता बढेको थियो। यसबाहेक पनि आज सोही पवनहंशमा नै धेरैले 10 मिनटको कालेबुङ नगर परिक्रमा गर्ने सुयोग पाए। जिल्ला प्रशासनको तत्परतामा दार्जीलिङमा 20 देखि 5 दिसम्बरसम्म चल्ने यस चिया अनि पर्यटन उत्सव आजदेखि कालेबुङमा शुरू भएर 29 दिसम्बरमा समापन हुने भएको छ। आज प्रथम दिनको कार्यक्रममा मुख्य अतिथि 27 माउण्टेन डिभिजनका मेजर जेनरल बबी म्येथ्यु रहेका थिए भने जिल्लापाल सौमित्र मोहन विशिष्ट अतिथिको रूपमा उपस्थित थिए। स्थानीय थाना डॉंडा परिसरमा मख्य अतिथिले झण्डा फहराएपछि नगरमा विभिन्न प्रदर्शनीहरूको आयोजना गरिएको थियो।  प्रदर्शनीमा झॉंकीसँगै जादुगर, रिक्सा, घोडा, शान्ताक्लज, इस्नो लायन, चार्ली च्याप्लिन, लम्बु, मिक्की माउस आदि रहेको थियो। सोही प्रदर्शनीअवधी विभिन्न सम्प्रदायका मानिसहरूले आ-आफ्ने वेशभूसा, बाजागाजाहरूसँगै नॉंच्दै-गाउँदै निस्केको झॉंकी प्रदर्शनीसँगै आर्मी पेरेडले अझ कार्यक्रमलाई आकर्षक बनाएको थियो। पर्यटन उत्सवकोे निम्ति श्रृंगारिएको जनमुक्ति पार्क अनि कुरकुटी हाउसको आयोजनामा रोरिकको चित्रकला प्रदर्शनीको पनि आज मुख्य अतिथिले उद्घाटन गरे। यसरी नै मेलाटारमा गुन्द्रिबजार, फोटो अनि कला प्रदर्शनी, बन विभागको प्रदर्शनी, हस्तकला, सांस्कृतिक खानपान आदि पनि राखिएको छ। आज अपह्रान्न मेलाटारमा विभिन्न सम्प्रदायहरूले सांस्कृतिक कार्यक्रम प्रस्तुत गरे भने बेलुकी स्थानीय रिभुलेशनरी व्याण्डले साङ्गीतिक कार्यक्रम प्रस्तुत गरे। मेलाटारमा सम्पन्न कार्यक्रमअवधी सम्बोधन गर्दै मुख्य अतिथि मेजर जेनरल बबी म्येथ्युले भने, कालेबुङ एक सुन्दर हिल स्टेशन रहेछ। यहॉं हेर्न लायकको धेरै ठाउँहरू रहेको छ, मानिसहरू राम्रा रहेछन्‌, स्त्रीहरू  औधी सुन्दर छन्‌, कालेबुङमा पर्यटकहरू आउनसक्ने थुप्रै सम्भावना रहेको छ। यति हुँदाहुँदै पनि कालेबुङलाई किन  पर्यटनको मुख्य केन्द्र बनाउन सकिरहेको छैन। विभागसँगै जनताले पनि जागरूकता देखाए कालेबुङ अवश्य पनि एक सुन्दर पर्यटकीय स्थलको रूपमा स्थापित हुने पनि तिनले बताए। तिनले अन्तमा भने, यदि कालेबुङलाई प्रशिद्ध पर्यटकीय स्थलको रूपमा स्थापित गर्न नसके, भगवानले भन्नेछ, मेलै कालेबुङलाई यति सुन्दर बनाएर पनि त्यसको कदर भएन। गोवामा जस्तो पर्यटक उत्सव आगामी दिनमा कालेबुङले पनि गर्नसक्नुपर्छ भन्ने तिनले सुझाउ राख्दै आजदेखि कालेबुङमा पर्यटक उत्सव शुरू भएको औपचारिक घोषणा गरे। यसरी नै आयोजक पक्षको सभापतिको पक्षबाट बोल्दै महकुमा अधिकारी एलएन शेर्पाले कोशिशले नै समाजमा परिवर्तन ल्याउन सकिने बताउँदै भने, पर्यटकहरूलाई पहाड भित्राउन जेसुकै होस्‌ कोशिश अवश्य गर्नुपर्छ विभागले मात्र गरेर हुँदैन  सर्वसाधरणले पनि साथ दिनु जरूरी छ। चित्त ठूलो राख्नुपर्छ, पर्यटन भित्राउने बलिया प्रस्तावहरू मानिसहरूले हामीलाई दिनपर्छ। पर्यटकहरू पहाड भित्रिँदा विभागलाई मात्र फाइदा नहुने बताउँदै होटल मालिक, व्यवसाय, चालक लगायत सर्वसाधरणलाई प्रत्यक्ष अथवा परोक्ष रूपमा लाभ हुने पनि अधिकारीले बताउँदै कार्यक्रम सफलिभूत भएकोमा तिनले सबैप्रति आभार प्रकट गरे। 
 


0 comments: on "पर्यटन उत्सवमा डुब्यो कालेबुङ पवनहंशको फूल बर्साइ अनि मधिसे रिक्सा बन्यो मुख्य आकर्षण"