मनोज वोगटी
कालेबुङ, 17 दिसम्बर।
'गोर्खा जनमुक्ति मोर्चाका अध्यक्ष विमल गुरूङले आफ्नो घरको खिर्की खोल्ने बित्ति कै देख्ने चियाबारी बन्द छन्। टी एण्ड टुरिज्म फेस्ट हुँदै गर्दा ती बन्द चियाबारीका श्रमिकहरूले कस्तो अनुभव गर्ला, यसरी सोंच्ने कोही छैनन्। यस्तोमा टी एण्ड टुरिज्म फेस्टिबल चियाबारीका मालिकहरूलाई पोस्याउने खेल बाहेक केही पनि हुन सक्दैन' श्रमिकहरूको हितमा कार्य गर्दै आइरहेका एक सचेत व्यक्ति जनम राई कमाने यसो भन्छन्। करोडौं रुपियॉं खर्च गरेर सरकारले दार्जीलिङ जिल्लाभरि नै टी एण्ड टुरिज्म फेस्टिबल मनाइरहेको छ। श्रमिकहरू गाउँमा आफ्नै हजारौं समस्याहरूसित जुझिरहेका छन् भने विभागले शहरमा फेस्टिबल मनाइरहेको छ। जुन फेस्टिबलले वास्तवमा नै श्रमिकहरूले यो फेस्टिबलबाट केही पाइरहेका छैनन्। पाइरहेका छन् भने चियाबारीका मालिकहरूले दार्जीलिङ चियाको ब्राण्ड-देखाएर आफ्नो बजार तयार पार्ने अवसर। पाइरहेको छ भने सरकारले राम्रो राजस्वको बाटो खोलिरहेको छ तर श्रमिकको निम्ति भने जम्मै प्रयासले कुनै फाइदा दिइरहेको छैन। मोर्चाले जीटीए थापेपछि पहाडमा गणतान्त्रिक माहौल देखाउने सरकारको यो राम्रो अवसर भने बनेको छ तर यही मौकामा सरकारले सुरक्षाको नाममा फोर्स पनि हुलिरहेको छ। यता आन्दोलनको तयारी उता फेस्टिबलको नाममा हुलिँदैछ अर्ध सैनिक बल। फेस्टिबलको उद्देश्य पर्यटकहरूलाई चिया चुस्कीसित नै पहाडी सुन्दरताले आकर्षित गर्नु। यसो गर्दा कम्पनीहरूले अन्तराष्ट्रिय बजारको बाटो त बनाउन सक्छ तर त्यसमा श्रमिकहरूलाई कुनै फाइदा छैन। केवल मालिक अनि सरकारलाई फाइदा हुने यो कार्यक्रमको प्रचार अहिले तीब्र भइरहेको छ। श्रमिकहरूले आफ्नो पाउनुपर्ने अधिकारहरूसम्म नपाइरहेकको बेला भइरहेको यो फेस्ट घाउ टाउकोमा तर मल्हम भने नाइटोमा भने झैं देखापरेको छ। अहिलेघडी विमल गुरूङको छिमेकी गाउँ रिङटाङ र रङनित चियाबारी बन्दावस्थामा छ। यसलाई खोल्नुपर्ने कसैले कुनै प्रकारको प्रयास गरिरहेको छैन। अर्कोतिर मोर्चाले चियाश्रमिकहरूको रोज 90 रुपियॉं गरेको छ तर अर्कोतिर कसैको दवाब नभइ तराई र डुवर्समा 95 रुपियॉं रोज बनाइएको छ। पहाड र समतलमा यहीँ अन्तर छ, यसले पनि सरकार पहाडका श्रमिकहरूको हीतमा कतै नरहेको स्पष्ट छ। जुन रोज 90 रुपियॉं बनाइएको छ, त्यही रोज रङमुक, सिडर, पाण्डाम अनि रागेरुङ चियाबारीका श्रमिकहरूले पाइरहेका छैनन्। श्रमिकहरूलाई लिएर तय गरिएको रोज किन समानान्तर छैन? कसैले आवाज उठाइरहेको छैन। पहाडले टी एण्ड टुरिष्ट फेस्ट त मनाइरहेको छ तर त्यही पहाडलाई अधिकारहरूबाट मालिक र सरकार दुवैले बराबर बञ्चित गरेको छ। सिलगढी जहॉं केवल 42 चियाबारी छ, त्यहॉं भने चिया अक्सन सेन्टर छ तर दार्जीलिङ जहॉं 87 वटा चियाबारी छ, त्यहा भने अक्सन सेन्टर छैन। अक्सन सेन्टर बनाइएमा प्याकेजिङ, ट्रान्सपोर्टिङ अनि वेयर हाउसमा रोजगारको अवसर निर्माण हुन्छ तर सरकारले यसदिशामा आँखा चिम्लिएको छ। टुरिज्म फेस्ट त मनाइरहेको छ तर टी इको टुरिज्म गर्न केवल मालिकका सन्तानले मात्र पाइरहेको छ। यसको उदाहरण ग्लेनवर्ण र तामसाङ रहेको छ, जहॉं टी इको टुरिज्म मालिकका सन्तानले गरिरहेका छन्। त्यहॉं वेरोजगारहरू हेरेको हेरेकै छन्। न त श्रमिकहरूको भविष्यनिधि कोष नै सुनिश्चित छ न त आधारभुत सहुलियतहरू नै उपलब्ध छ। प्लान्टेशन एक्ट अनुसार आधारभुत सहुलियतहरू प्रदान गरिनुपर्ने हो तर कुनै पनि चियाबारी यस्तो छैन जसले त्यो सुविधा पाएको होस्। एक मालिकको 15 वटासम्म चियाबारी छ तर कहीं ग्रुप हस्पिटलको सुविधा छैन। श्रमिकहरूले न पानी पाइरहेका छन् न उपयुक्त राशिन नै। इण्डियन टी एसोसिएसनले श्रमिकहरूको घर निर्माण र मरम्मतिको कार्य गर्नु पर्ने हो तर घर बनाउने र मरम्मतिको कार्य 2000 देखि नै बन्द गरिएको छ। एउटा अचम्म लाग्दो कुरा के छ भने चिया श्रमिकहरूको रोजबाट मरदहरूको पनि सुत्केरी भत्ता काटिने कार्य चलिरहेको छ, मरद श्रमिक जो कहिल्यै न त सुत्केरी हुन्छन् न त उनीहरूले काटिएको त्यो सुत्केरी भत्ता नै पाउँछन्। अहिलेसम्म पनि छिमेकी अस्पतालबाट ल्याइएका प्यारासिटेमल नै श्रमिकहरूले औषधीकोरुपमा पाइरहेका छन्। अवकास लिएपछि श्रमिकहरूले 45 दिनभित्रमा ग्राजुएटी पाउने ऐन छ तर दार्जीलिङका श्रमिकहरू बितेर गइरहेका छन् तर ग्राजुएटी पाइरहेका छैनन्, यस्ताको संख्या अनगन्ती रहेको छ। 'यसकारण नै टी एण्ट टुरिष्ट फेस्ट श्रमिकहरूको आत्मसम्मानमा चोट पुर्याउने कार्य मात्र होइन शोषकहरूको शोषणशक्तिको परिचय पनि हो'-भन्छन् जनम राई कमाने। श्रमिकहरूको हितमा सचेत रहेर कार्य गर्नेहरूले यो फेस्टलाई सकरात्मक लिनै सकिरहेका छैनन्। किन भने फेस्टले श्रमिकहरूको हितमा कुनै लाभ पुर्याउँदैन। यो फेस्टमा करोडौ खर्च गरिरहेको छ, त्यही खर्च श्रमिकहरुको हितमा गरिए चिया उन्नत हुनसक्छ भन्ने विचार धेरैमा रहेको छ। यसै पनि मालिकहरूले दार्जीलिङ टी अहिले विश्व बजारमा बद्नाम रहेको छ, यसको कारण छ कि चियाको स्वादमा दार्जीलिङको सुगन्ध छैन। 'कसरी सुगन्ध हुनसक्छ, जब कि दार्जीलिङ चियाको अक्सन सेन्टर सिलगढी, जलपाइगुढी र कोलकातामा छ। घस्यौडाहरू मिसाएर दार्जीलिङ चियाको नाममा कम्पिनीहरूले बेच्न थालेपछि बद्नाम बाहेक केही हुँदैन। दार्जीलिङमा अक्सन सेन्टर बनाएर हेरोस्, विश्व बजारले दार्जीलिङ सुगन्ध चियामा पाउने छ। तर यसो गर्दा ठेकेदारहरूलाई नोक्सान हुन्छ यसकारण अक्सन दार्जीलिङमा छैन। फेस्ट गर्ने शक्ति अक्सन सेन्टर दार्जीलिङमा ल्याउन खर्च गरिएको भए राम्रो काम हुने थियो'-जनम राईले भने। व्रिटिशकालीन चियालाई उखेलेर नयॉं तक्निकीमा नयॉं गाछ लगाउने कार्य कतैबाट भइरहेको छैन। न त व्रिटिशकालीन बङ्गलोहरूलाई विश्व धरोहर बनाएर इको टुरिज्म विस्तार गर्ने कार्य नै भइरहेको छ। टी बोर्ड अफ इण्डियाले श्रमिकका नानीहरूलाई मेडिकल र तक्निकीय शिक्षा प्रदान गर्न भत्ता दिइनुपर्छ ऐन अनुसार तर अहिलेसम्म यो भत्ता पाएर कुनै पनि श्रमिकका नानीहरूले तक्निकीय शिक्षा आर्जन गरेको रेकर्ड न कम्पनीसित छ न सरकारसित। यस्ता धेरै अधिकारहरू छन् जो श्रमिकहरूले पाइरहेका छैनन्। तराई र डुवर्सका होटल व्यवसायी अनि शिक्षाविद राजेन प्रधान अनुसार केवल फेस्ट मनाएर श्रमिकको हित नहुने दाबी गर्छन्। 'अहिले विश्वभरि होमस्टे चलिरहेको छ, खै त, यसको विकास कहॉं गरिएको छ?'-प्रधानको प्रश्न यस्तो छ। 'जहॉं पर्यटक आउँछन्, जहॉं पर्यटन चल्छ त्यहॉं भने केही गरिरहेको छैन, शहरमा फेस्ट मनाएर के हुन्छ?' लाभा होटल एसोसिएसनका ध्रुब राई पनि यसो भन्छन्। तिनले लाभामा फेस्ट मनाउनुपर्ने सम्बन्धमा धेरै दौडधुप गरेको तर कसैले नसुनेको पनि बताएका छन्। अर्कोतिर दागोपाप पर्यटन विभाग कालेबुङका विमल गजमेरले भने धेरै कोशिषपछि फेस्ट भइरहेको जसले पर्यटकहरूलाई आकर्षित गर्ने बताउँछन्। अर्कोतिर स्पष्ट छ कि यसपाली चारैतिर करोडौं खर्च गरेर गरिरहेको टी एण्ड टुरिज्म फेस्टिबल वास्तवमा नै घाउ टाउकोमा मल्हम नाइटोमा बाहेक केही भइरहेको छैन। फेस्टमा नै खचर्र् गर्ने कि श्रमिकको हीत गर्ने? कसले सोध्ने यस्तो प्रश्न कम्पनी र सरकारलाई।

0 comments: on "टी एण्ड टुरिज्म फेस्ट-2011 घाउ टाउकोमा मल्हम नाइटोमा"
Post a Comment