कालेबुङ, 12 नोभेम्बर।
 |
भागोपद्वारा आयोजित सर्वदलीय बैठक |
भारतीय गोर्खा परिसङ्घले डाकेको सवर्र्दलीय बैठकमा राष्ट्रियस्तरको गोर्खाल्याण्ड आन्दोलन गर्न एउटा टास्क फोर्सको गठन गरिएको छ। भागोपका राष्ट्रिय कार्यकारी अध्यक्ष डा. एनोस दास प्रधानले एक पत्रकार सम्मेलन डाक्दै बैठकको निचोड स्पष्ट पारे। तिनी अनुसार बैठकमा क्रान्तिकारी मार्क्सवादी कम्युनिष्ट पार्टी, अखिल भारतीय गोर्खालीग, युुजीआरएफ, केग्रेस, गोर्खा राष्ट्रिय कंग्रेस, गोर्खा शहीद समिति लगायत अन्य धेरै अराजनैतिक सङ्गठन अनि बुद्धिजीवीहरूको उपस्थिति बैठकमा थियो। सबै प्रतिनिधिहरूले राष्ट्रियस्तरमा छुट्टैराज्यको आन्दोलन कसरी गर्न सकिन्छ भन्ने कुरामा छलफल गरे। उपस्थिति सङ्गठनका प्रतिनिधिहरूले भागोपले नै सबैलाई प्रतिनिधित्व गर्नु पर्ने बताएपछि अब राष्ट्रियस्तरमा हुने आन्दोलनलाई भागोपले नै नेतृत्व गर्ने भएको छ। प्रधानले भने, सर्वसम्मतिमा गोर्खाल्याण्ड टास्क फोर्सको गठन गरिएको छ। यसैको छत्रछायामा रहेर सबै दल, बुद्धिजीवी, संस्थाहरूले दिल्लीमा आन्दोलन गर्ने कार्यरुप तयार पार्ने छ। तिनले अझ भने,आन्दोलनको रुपरेखा आगामी बैठकहरूले तय गर्ने छ। यति स्पष्ट छ कि अबको आन्दोलन दिल्लीमुखी हुनेछ। भागोपको पक्षबाट यसको निम्ति तयार पारिनु पर्ने दस्तावेजहरूको तयारी गरिसकेको छ। तिनले अब सबै सङ्गठनहरूले राष्ट्रियस्तरमा विभिन्न राजनैतिक दल, सङ्गठन, बुद्धिजीवी, सांसद. विधायक, नेता तथा सहयोगी शक्तिसित सम्पर्क स्थापित गर्ने कार्य शुरू गर्ने पनि जनाए।तिनले भने, भागोपको 22 वटा राज्यमा सङ्गठन रहेको छ। गोर्खा क्षेत्र तथा देशभरिका गोर्खाहरूको संघसंस्था तथा बुद्धिजीवीहरूसित सम्पर्क स्थापित गरिनेछ। टास्क फोर्सले आन्दोलनको कार्यनीति तयार पार्ने छ। सरसल्लाह अनुसार दिसम्बरको शीतकालीन संसदसत्रदेखि नै टास्क फोर्सको आन्दोलन शुरू हुनेछ। टास्क फोर्सले अघिल्ला आन्दोलनहरूको ढङ्ग, कार्यशैली र नीतिको कारण नै आन्दोलन विफल भएको कुरालाई नजिकबाट अनुभूत गरेको बताउँदै ती नै असफलताहरूबाट नै उर्जा टिपेर देशका विभिन्न स्तरमा, उच्चस्थ प्रशासनिक स्तर, नीति निर्धारक, राजनैतिक दलहरू, केन्द्र सरकार तथा सांसदहरूलाई मुद्दाबारे बुझाइने प्रधानले बताए। आजको बैठकमा गोर्खा जनमुक्ति मोर्चा अनुपस्थित थियो। यसबारे प्रधानले भने, मोर्चाले गोर्खाल्याण्डको मुद्दा ड्रप गरेको छैन भनिरहेको छ। यसो भन्नुको अर्थ मोर्चा गोर्खाल्याण्डको पक्षमा छ। राष्ट्रियस्तरमा देशभरिका गोर्खाहरूको सहभागितामा भइरहेको यो आन्दोलनमा मोर्चाको सहभागिता पनि हुने हामीले आशा गरेका छौं। आर मोक्तानले बताए अनुसार टास्क फोर्सको माग बङ्गालदेखिको मुक्ति हुनेछ। किनभने प्रस्तावित क्षेत्रमा नै छुट्टैराज्य हुनुपर्ने टास्कफोर्सको दाबी हुने छ। भारतभरिका गोर्खाहरूको राजनैतिक सुरक्षासित नै चिह्नारीलाई निश्चित गर्न अहिलेसम्मको प्रस्तावित क्षेत्रमा नै छुट्टै राज्य हुनुपर्ने छ। यसको ऐतिहासिक महत्वबारे पनि फोर्सले दास्तावेज तयार पार्नेछ। बङ्गालको भूमि नरहेकोले अनि यसको ऐतिहासिक पक्ष दह्रिलो भएकोले छुट्टैराज्य यही क्षेत्रमा हुनुपर्ने सम्बन्धमा नै फोर्सले बुजाउने कार्य गर्नेछ।
0 comments: on "गोर्खाल्याण्ड टास्क फोर्सको गठन राष्ट्रिय स्तरमा गरिने आन्दोलनको प्रारुप तयार पारिने"
Post a Comment