कालेबुङ,27जून।
बजारदेखि केही टाड़ो, जङ्गलभित्र रहेको बनविभागको ऋषि बङि्कमचन्द्र पार्क अहिले युवा जोड़ीको यौन खेल मैदानकोरूपमा रुपान्तार भएको छ। विहानदेखि बे

कलेजमाथिको खुल्ला चउर र बेञ्चहरूमा जुन रङ्गिलो दृश्य देख्न पाइन्छ, जसलाई अलिकति पनि लोकलाज र मान मर्यादाको चिन्ता छ, उसलाई मरिकॉंट्टे पचाउने हुँदैन। सामाजिक मर्यादा र लोक लाजदेखि कोषौं टाड़ो रहेका आजका मोड्रन रोमियो जुलियटहरूले यो पार्कमा जुन तमासा खड़ा गर्छ यसको विरोधमा बोल्ने कुनै पनि सामाजिक संस्था अहिलेसम्म देखिएको छैन।
स्थानीय एक व्यक्तिको भनाइ अनुसार पार्क बनविभागको हो, यसकारण यहॉं कसैले कुनै पनि हस्तक्षेप गर्न मिल्दैन। प्रशासनलाई यसबारे अवगत गराइएको छ तर कुनै पहल छैन। आज नै पनि यहॉंको पार्कमा युगल जोड़ीहरू एकार्कामा हेर्नै नसकिने अवस्थामा देखिएका थिए। कलेजका एक विद्यार्थीले भने, आज त यस्ता दृश्यहरू कम्ति छ। छुट्टीको बेला रमितै हुनेगरी यस्ता दृश्यहरू दे

भन्नलाई कलेज पार्क भनिए पनि कलेज र पार्कको कुनै सम्बन्ध नभएकोले जोड़ीहरूलाई हस्तक्षेप गर्न पनि नमिलेको तिनी जनाउँछन्। यहॉं दिइएको तस्विर नै हेर्दा हुन्छ,एक जोड़ी निक्कै आपत्तिजनक स्थितिमा छन्। यस्ता मोठ पॉंच जोड़ी आज पार्क छेउछाउका झाड़ीहरूमा देखिएको थियो। जति पनि जोड़ी देखिए सबै टिनेजर थिए।
चिन्नेहरू अनुसार उनीहरू 14 देखि 18 वर्षभित्रका ठिटाठिटी हुन्। युगल जोड़ीहरू स्कूलका विद्यार्थीहरू रहेकोले एउटा कुरा छर्लङ्ग बनेको छ, यी विद्यार्थीहरू आमाबाबूको आँखा छलेर यहॉं प्रेमालाप गर्न आएका हुन्। बजार जाने निहूमा, साथीकोमा जाने निहूमा अनि स्कूल गएको निहूमा युगल जोड़ीहरू यो पार्कमा आइपुग्छन् अनि चाहेजस्तो प्रेमालाप निर्धक्करूपले गर्छन्। गर्व निरोधका सामाग्रीहरू यत्रतत्र छरिएको दृश्य त अहिले सामान्य भइसेकोको छ। जोड़ीहरूलाई आपत्तिजनक स्थितिमा देखिनु पनि उत्तिकै सामान्य

0 comments: on "पार्कमा यौन खेल"
Post a Comment