मनोज वोगटी
कालेबुङ,26जून।
कि त सीबीआईको रिपोर्ट झुटो हुनुपर्छ कि त निकोल तामङको परिवारको वयान। सीबीआईले परिवारसित निकोलको फोन सम्प

मदन तामङको हत्याकाण्डको जॉंच सीआईडीले गर्यो तर हत्याको मूल आरोपी निकोल तामङलाई हातैबाट उम्काएको घटना देखाइएपछि जिम्मा सीबीआईले लिएको छ। तर भर्खर नै सीआईडीले 23 जुनको दिन हाइकोर्टमा बुझाएको रिपोर्टले निकोल तामङ जिउँदो रहेको सूचना त सार्वजनिक गर्यो तर सीबीआईको रिपोर्टमाथि निकोल तामङ परिवारले लगाएको आरोपले सीबीआर्ई समेतलाई शंकाको घेरोमा हालिदिएको छ।
सीबीआई अनुसार निकोल तामङ नेपालमा छन्। परिवारले यसैकुरामा ठाड़ो प्रतिक्रिया जनाउँदै भनियो, नेपालमा छ भने के हेरिरहेको छ, पक्राउ गर, कमसेकम छोरो र लोग्ने जिउँदै रहेकोमा सन्तोक गर्न त सकिन्छ। परिवारबाट आएको यसप्रकारको मन्तव्यले निकोल तामङ जिउँदो नरहेको कुरालाई इङ्गित गरेको छ। के सॉंच्चै निकोल तामङ जिउँदै छन् त? अहिले यो प्रश्न सबैतिर मडारिरहेको छ। पिन्टेल भिलेजबाट सजिलैसित भागेको घोषणा सीआईडीले गरेर आफ्नो कार्यक्षमताको लाजस्पद् परिचय त दियो नै तर यसप्रकारको घटनाबाट षड़यन्त्रको गन्ध आएको नै धेरैले अनुमान गरिरहेका छन्। कुनै पनि गम्भीर मुद्दासित संलग्न वा आरोपी यति सजिलै सीआईडी र बङ्गाल पुलिसको हातबाट उम्किनु पचाउन सकिने कुरा थिएन। यतिबेला निकोल तामङ जिउँदो नरहेको कारण भगौडेको संज्ञा दिएको मात्र हुनसक्ने शंका मोर्चाले नै गरेको थियो। यसै शंकाको भरमा मोर्चाले निकोल निकाल आन्दोलन नै मच्चाएको थियो। पुलिसले न त निकोल निकाल्यो न त जिउँदो वा मृत केही रहेको सूचना नै दियो तरै पनि निकोल निकाल आन्दोलन मोर्चाले थन्काइदियो।
सीआईडी कस्टडीबाट हराएको निकोल आखिर कहॉं छन्? यही प्रश्नको उत्तर खोज्न आएको सीबीआईले निकोल नेपालमा रहेको रिपोर्ट हाइकोर्टलाई दिएपछि शंका अझ चर्किएर गएको छ। सीबीआई अनुसार निकोल जिउँदै छन् अनि नेपालमा आफन्तकोमा छन्। तर परिवारले निकोलले सम्पर्क गरेको कुरालाई सोझै नकारीदिएको छ। यदि परिवारले सही कुरा गरेको हो भने सीबीआईको रिपोर्ट झुटो हो अनि यदि सीबीआईको रिपोर्ट सही हो भने परिवारको वयान झुटो हो। परिवार सॉंचो हो कि सीबीआई?अब यही कुराबाट पर्दा उठेपछि नै सबै कुरा छर्लङ्ग बन्नेछ। यसै पनि पहाड़मा सीबीआई बद्नाम नै छ। किन भने कुनै पनि मुद्दालाई सीबीआईले चुडान्त गरेको छैन। सीआईडी होस् कि सीबीआई सबै राजनैतिक शक्तिको कठपुतली रहेको अहिलेसम्मको इतिहास ममता सरकारले पनि दोहोर्याउने हो होइन, दुइ महिनाभित्र नै पत्तो पाइने देखिएको छ।
0 comments: on "सीबीआई झुटो कि परिवार?"
Post a Comment