
पाँचसय जनालाई निम्तो दिएपनि झन्डै नौसय निम्तालु विहेमा थिए। आफू निकटका आफन्त र साथीभाईलाई मात्र डाकिएको थियो। थरीथरीका परिकारहरु भोजमा थिए। विहे रिसेप्सनमा सहभागि एक निम्तालुका अनुसार खानपिन अत्यन्तै राम्रो र सुविधाजनक थियो। 'विहे हेर्दा १० लाख खर्च भएको छ' उनले भने। विहेमा सहभागि हुन नेपालबाट निर्माता राजेश घतानी, गायक डम्बर नेपाली, गायिका प्रकृति गिरी, नील डेभिड, कर्मा शेर्पा, मन्त्र ब्यान्डलगायत गएका थिए।
विहे रिसेप्सनमा प्रशान्त अभिनित सुपरहिट चलचित्र 'गोर्खापल्टन'का गीतहरु लाउडस्पिकरमा घन्काइएका थिए भने उनीद्धारा स्वरबद्ध फास्टट्रयाकका गीत पनि बजाइएको थियो। बेहुली पक्षका तर्फबाट गीताकी आमामात्र उपस्थित थिइन्। नेपालबाट निम्ताइएका पाहुनालाई पनि प्रशान्तले दार्जिलिङका राम्रँ होटलहरुमा कोठा बुक गराएका थिए। गायक डम्बर नेपालीले आमन्त्रितहरुलाई हँसाएर मनोरन्जन दिलाएका थिए। रोचक कुरा त विहेको भोलिपल्ट अर्थात आइतबारबाटै दार्जिलिङको आइनेस थिएटरमा प्रशान्त स्टारर चलचित्र 'अँगालो यो मायाको' रिलिज गरिएको छ। आगामी मे १५ सिङ्गापुरमा हुने एक कन्सर्टपछि प्रशान्तको नेपाल जाने कार्यक्रम छ।
0 comments: on "प्रशान्तले कसे लगनगॉंठो"
Post a Comment