प्रज्ज्वल वोगटी
कालेबुङ, 7 मई।
गौरवकुमार भगत नामक एक 6 वर्षिय बालकले निर्माणाधीन सेफ्टीट्याङ्कीमा परेर ज्यान गुमाएका छन्। घटना अनुसार आज बिहान हाटबजार भोटेधारा नजिक हिमाली

बालक झलङ्करकुमार भगतको छोरा हुन् भने तिनी हरिजन स्कूलमा पहिलो श्रेणीमा पढ़िरहेका थिए। बालकको पिता सिक्किममा नै कार्यरत छन् भने बालकलाई गाउँले र तिनका आफन्तले अस्पताल पुर्याएका थिए। आफन्तहरूले जनाए अनुसार ट्याङ्कीमा पानी भरिएको थियो अनि ढकनीमा केवल बोरा ओछ्याइएको थियो। उनीहरूले ढकनी लापारबाहीरूपले बोराले छोड़ेकोकारण नै घटना भएको जनाएका छन्।
स्थानीयहरूको भनाइ अनुसार बालक खाल्डामा परेपनि बालकको प्राण भने गएको थिएन। खाल्डाबाट बालकलाई त निकालियो तर बालकलाई अस्पताल पुर्याउन कुनै पनि वाहन चालकहरूले मानेनन्। चालकहरूले आफ्नो स्वार्थमा खेप्ने पालो आएको बाहना गर्दै बालकलाई अस्पताल पुर्याउन नमान्नु अनि रेलीरोडमा रहेको दिनोदिनको ट्राफिक समस्या पनि बालकको ज्यानमा जाने कारण बन्यो। यता थानापक्षसित जान्न चहॉंदा घटना सम्बन्धमा जॉंच भइरहेको बताएको छ।
0 comments: on "खाल्डामा पसेर 6 वर्षीय बालकको मृत्यु"
Post a Comment