अक्षया तृतिया पालन
सन्दिप कुलुङ
कालेबुङ, 6 मई। हिन्दु परम्पराअनुसार सृष्टिको दिन मानिने अक्षया तृतियालाई आज प्रणामी धर्मावलम्बीहरूले पालन गरे। आजको दिनलाई पवित्र मान्दै मङ्गल

धाममा सम्पन्न अनुष्ठानमा प्रणामी धर्मावलम्बीहरूको उपस्थिति धेरै रहेको थियो। मङ्गल धाममा गुरुजी श्री 108 मोहन प्रियाचार्य जी महाराजको तत्वधानमा सम्पन्न धार्मिक कार्यक्रममा मुम्बइका श्री दीनदयाल महाराजको विशेष उपस्थिति थियो। तिनी पूजा आयोजक समिति प्रचार-प्रसार सचिव रहेका छन्। तिनले कार्यक्रमलाई मुख्य आतिथ्य दिएका थिए। 24 नम्बर समष्टि अन्तर्गत पर्ने लोले गाउँमा एक प्रणामी परिवारमा जन्मेका दीनदयाल महाराज 40 वषर्र्पछि कालेबुङ आएका हुन्। तिनले तिनी प्रणामी धर्म प्रचार-प्रसारको निम्ति गाउँबाट बाहिरिएको अनि नेपाल, मुम्बइ भूटानका लगभग सयजना धर्मावलम्बीहरूसँग कालेबुङ 40 वर्षपछि फर्किएको जनाएका छन्। मङ्गल धाममा आज प्रवचन अनि भजन-किर्तन मुख्य रूपले प्रस्तुत गरिएको थियो।
0 comments: on "40 वर्षपछि फर्किए दीनदयाल"
Post a Comment