मुख्य समाचार :


कालेबुङ ठगार र चोरहरूको केन्द्र-सुन्दास

सुन्दर हुन चहानेहरूबाट वर्मालुट


मनोज वोगटी
कालेबुङ,21जून।

कालेबुङ अपराधीहरूको शरणकेन्द्र त हो नै अब चोर र ठगारहरूको केन्द्र पनि भइसकेको माकपा नेता तारा सुन्दासले जनाएका छन्‌। अब ब्राण्ड कम्पनीका ब्राण्ड क्रिम दलेर व्यूटी हुन चहाने नारीहरूले होसियारी गर्नुपर्ने तिनले जनाएका छन्‌। तिनी अनुसार होसियार भएन भने आफ्नो भएकै सुन्दरता पनि नष्ट गरेर आफूले आफूलाई नै दिनोदिन कुरूप बनाइरहेको पत्तो पाउने छैनन्‌। राशिन र मट्टितेल मात्र होइन, घर बनाउने रडमा मात्र होइन ठगारहरू नारीहरूको कस्मेटिक्ससम्म नै ठूलो सञ्जाल फैलाएर बर्मा लुट भइरहेको तारा सुन्दासले ठोकुवा गरेका छन्‌‌‌
सधैँ विभागीय ठगारहरूको सातोपुत्लो लिँदै आइरहेका तारा सुन्दास आज पत्रकारहरूसमक्ष ब्राण्ड कम्पनीका नारीहरूले घस्ने क्रिम बोकेर आएका थिए। सीधा सोझा जनतालाई ठग्नको निम्ति त सरकारी तन्त्रहरू छ्‌यापछ्‌याप्ती नै छन्‌, गैरसरकारी तन्त्रहरू पनि उस्तै सक्रिय छन्‌, त्यसैमा नारी सामाग्रीहरूमा पनि ठगारहरूले पनि बर्मालुट गरिरहेका छन्‌, तिनले भने।

तिनले ओले कम्पनीको क्रिमको बट्टा उचालेर सबैलाई देखाउँदै भने, यो क्रिमको दाम यहॉं 699 रुपियॉं छ, यसैको दाम धुलाबारीमा मात्र 90 रुपियॉं छ, अझ बार्गेेनिङ भयो भने 75 रुपियॉंमा नै दिन्छ। यही समान हो, तर यहॉं 699 रुपियॉं। हेर्नुहोस्‌, हाम्रा मान्छेलाई पसलेहरूले कसरी ठग्दैछन्‌। त्यसै गरी तिनले फियर एण्ड लब्लीको बट्टा उचालेर भने, यसको दाम यहॉं 111 रुपियॉं। यसको दाम हो 35 रुपियॉं। एउटा आइब्रो पेन्सिल झिक्दै तिनले भने, यसलाई 100 रुपियॉंमा बेचिन्छ तर यसको दाम हो 20 पैसा। तिनले भने, लौ बजारमा यही चिजहरू छन्‌। आज मैले आफै ठगिएर यही दाममा किनेँ। यही कुरा देखाउन म आफै पनि ठगिएँ। कसैले पनि मलाई यो नक्कली र यो सक्कली भन्छ भने, उसलाई दसवटा क्रिमको बट्टा उपहार। सक्छ कसैले भन्न? तिनको कुराको आशय के छ भने नक्कली समाग्रीहरूलाई सक्कलीको लेबल र चापलुसी लगाएर नारीहरूलाई भरमार ठग्नेहरूको जमात यति धेरै छन्‌ प्रशासन तरै पनि चुपचाप छ।

तिनले अझ भने, केही दिन अघि घर बनाउने रड किन्नेलाई पसलेले लाखौं ठगेको कुराको खुलासा गरेको थिएँ। यसबारेमा थानामा प्राथमिकी पनि दर्ता गरेको थिएँ? खै त पुलिसले कार्वाही गरेको? थलोमा नै लौ यस्तो हुँदैछ है, यसलाई नियन्त्रण गर भन्दा समेत मौन रहने पुलिसले आफै चॉंही के गर्छ? जुन वर्मालुट चलिरहेको छ, यसलाई रोकथाम किन पुलिसले गर्दैन? तिनले प्रशासन समक्ष निक्कै गम्भीर प्रश्न खड़ा गरेका छन्‌। अहिले विभिन्न कम्पनीहरूका नारी सामाग्री नक्कली ल्याएर मूल्यभन्दा तीसगुणा धेर ठग्ने कार्य भइरहेको तिनले जनाउँदै भने, कसैले पनि यसप्रकारको सामाग्री किन्दा पसलेसित उत्पादनमा दिइएको नम्बर र कम्पनीले पसलेलाई दिएको नम्बर मिलाएर मात्र किन्नुपर्छ। नगर प्रशासन र पुलिस प्रशासनले गर्नुपर्ने दायित्व पूर्ण नगरेको कारण नै ठगारहरूले बर्मालुट गरिरहेको तिनको आरोप छ।

सुन्दासले उठान गरेका सामाग्रीहरू बिक्रि गर्ने केही पसलेहरूलाई यसबारे प्रश्न गर्दा सुन्दासले लगाएको आरोप सही रहेको ठोकुवा गरे। तिनीहरू नाम नबताउने शर्तमा भन्छन्‌, उनीहरू पनि व्यापारी हुन्‌ अनि हामी पनि तर, व्यापर सधैँभरि गर्नुपर्ने भएकोले सही काम गर्नुपर्छ। तर यहॉं जुन जुन सामाग्री धेर बिक्रि हुन्छ त्यसको नक्कली सामाग्रीहरू ती ठगार पसलेहरूकोमा आइपुगि हाल्छ। नक्कली सामाग्रीहरूको कालोबजारी व्यापक छ।

निक्कै ठूलो सञ्जाल फैलिएको बताउने ती पसलेहरूले वास्तवमा कम्पनीले नै आफ्नो सामाग्री ब्रिक्रि गर्न अनि सही सामाग्री उपभोक्ताकोमा पुर्‍याउन चुनिएका पसलहरूमा परामर्श युवतीहरू नियुक्त गरिएको छ। जोसित कम्पनीले पठाएका सक्कली सामाग्रीहरू हुने गर्छ। कम्पनीहरूले यस्तै नक्कली सामाग्रीहरूबाट उपभोक्तालाई जोगाउन नै खर्च गरेर युवतीहरूको नियुक्ति गरेका हुन्‌। उनीहरू अनुसार पसलेहरूले जे जस्तो बिक्रि गरेपनि उपभोक्ताहरू नै आफूले किन्ने सामाग्रीप्रति सचेत हुनुपर्ने देखिएको छ।

0 comments: on "कालेबुङ ठगार र चोरहरूको केन्द्र-सुन्दास"