मुख्य समाचार :


सीके प्रधान हत्याकाण्ड सीबीआई जॉंचमा परिवारको छैन भरोसा

कालेबुङ, 22 दिसम्बर।
सीके प्रधान हत्याकाण्डको नौं वर्षपछि गत 12 दिसम्बरमा पहिलोचोटी जलपाइगुडी न्यायलयमा मुद्दा शुरू भयो। नौं वर्षपछि फेरि मुद्दा शुरू भएपनि सीके प्रधान परिवारमा भने न्याय पाउने कुरामा आशा नै हराएर गइसकेको छ।
 मनको एक कुनामा न्याय पाउने आशा प्रधान परिवारले बोकेपनि  सीबीआईको कार्यप्रणाली सन्तोजनक नरहेको स्व. प्रधानका दाजु कर्णल डीके प्रधानले बताए। सीबीआइमाथि असन्तुष्टि आजभन्दा पॉंच वर्षअघि देखि नै रहेको बताउँदै कर्णल डीके प्रधानले प्रधानका हत्याराहरू निरे गुरूङ र दया राईलाई खोजी निकाल्न परिवारपक्षले बारम्बर आग्रह गरिरहँदासमेत सीबीआईले कुनै कार्य नगरेको बताए।
 तिनीअनुसार सीके प्रधानलाई 3 अक्टोबर 2002 मा खेलेआम हत्या गर्ने निरे गुरूङ र दया राई नै हुन्‌ जसको अहिलेसम्म कुनै अत्तोपत्तो छैन। डीके प्रधानले भनेअनुसार निरे गुरूङ अनि दया राईलाई हत्यागर्ने बित्तिकै हत्या गर्न लगाउनेहरूले मारिसकेको हुनसक्छ। तिनको भनाइअनुसार आज पनि हत्याकाण्डको मास्टर माइन्ड भने जीवित नै रहेका छन्‌। पॉंच वर्षसम्म सीबीआईले हत्याकाण्डमाथि छानबीन गरेर न्यायलयमा चार्सिट बुझाएर मुद्दा शुरू भएपनि गवाहीहरू जलपाइगढी न्यायलय धाउन नसक्ने  कर्णल डीके प्रधानले बताए। हत्याकाण्डको सुनुवाइ जलपाइगढी न्यायलयमा होइन तर कालेबुङमा नै हुनपर्ने परिवारपक्षले माग गर्दागर्दै पनि हुन नसकेको पनि तिनले बताए।
 अहिलेसम्म सीके प्रधान हत्याकाण्डको मुद्दा टुङ्गोमा नपुग्नु सीबीआई पनि सरकार प्रयोजित नै रहेको बताउँदै तिनले भने, सीबीआईलाई पनि कहीँ न कहीँ केन्द्र अथवा राज्य सरकारले नै दिशा निर्देश गर्ने गर्छ। कुन मुद्दाको कति गहिराईसम्म पुग्नुपर्छ भन्ने सरकारले नै नापतौल गर्छ।
 अहिले नै न्याय पाउने नपाउने बारे केही बताउँन नसक्ने भएपनि तीन-चार पल्टको सुनुवाइपछि नै सबै छर्लङ्ग हुनसक्ने पनि डीकेप्रधानले बताए।


0 comments: on "सीके प्रधान हत्याकाण्ड सीबीआई जॉंचमा परिवारको छैन भरोसा"